सल्यान : देशका युवाहरु विदेसिने क्रम नरोकिएको बेला सल्यानका युवाहरूले पनि तरकारी खेतीबाट वैदेशिक रोजगारीबाट प्राप्त हुनेभन्दा धेरै आम्दानी गर्दै आइरहेका छन्। युवाहरु रोजगारी नपाएको भन्दै युवा पलायन भई रहँदा आफ्नै गाउँघरमा तरकारी खेती गरी स्वरोजगार बन्दै आइरहेका छन्।कुमाख गाउँपालिका–३ सेरीपाटाका लक्ष्मण बुढा मगरले शारदा नगरपालिका –१५ सिमलतारामा १५ रोपनी जग्गा भाडामा लिएर विगत एक वर्षदेखि तरकारी खेती गर्दै आइरहेका छन्।वार्षिक एक रोपनीको ९ हजारका दरले भाडा दिने गरी जमिन लिजमा लगेको उनको