लोसपा–जसपा एकताका लागि पहल

काठमाडौं, असार ११ । जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले पार्टी एकीकरण गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग प्रस्ताव गरेका छन्। एकीकरणका लागि जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले लोसपाका शीर्ष नेताहरूसँग भेटघाट गरेका हुन्। कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै वार्ताका लागि लोसपाका नेताहरूलाई आह्वान गरिसकेका छन्। यादवनिकट दोस्रो तहका नेताहरूले […]

सम्बन्धित सामग्री

मोहन वैद्यले मशालसँग एकताको पहल गर्ने

२८ जेठ, काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेपाल क्रान्तिकारी कम्युनिष्ट पार्टीले नेकपा (मशाल)सँग पार्टी एकताका लागि पहल गर्ने भएको छ । अध्यक्ष वैद्यको अध्यक्षतामा बसेको सचिवालय बैठकले मशाललगायत अन्य क्रान्तिकारी समूह र व्यक्तिहरुसँग पनि एकताका लागि पहल गर्ने निर्णय गरेको हो । अध्यक्ष वैद्यले क्रान्तिकारी कम्युनिष्टको ध्रुवीकरणको कुरा उठाउँदै आएका छन् । वैद्यले केही […]

वाम एकताका लागि समाजवादीले गठन गर्‍यो कार्यदल

काठमाडौं, २१ पुष । वाम एकताका लागि भन्दै नेकपा (एकीकृत समाजवादी) ले कार्यदल गठन गरेको छ। आज बसेको केन्द्रीय सचिवालयको बैठकले वाम एकताका लागि अगुवाइ गर्न पार्टी महासचिव बेदुराम भुसालको नेतृत्वमा ४ जनाको कार्यदल गठन गरेको छ। भुसालको नेतृत्वमा बनेको कार्यदलको सदस्यमा गंगालाल तुलाधार, प्रकाश ज्वाला र विजय पौडेल रहेका छन्। वाम एकताका लागि पहल […]

नेकपा एसको निर्णय- जसपासहित सबै वामपन्थी दलबीच एकताको पहल गर्ने

नेकपा एकीकृत समाजवादीले जनता समाजवादी पार्टी नेपालसहित सबै वामपन्थी दलबीच एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।

माओवादीसँग एकताका लागि एकिकृत समाजवादीकाे पहल

काठमाडौं । मंसिर ४ गतेका लागि तय भएको संघीय निर्वाचन अघि नेकपा एकीकृत समाजवादी पार्टीले नेकपा माओवादीसँगको एकताको पहल थालेको छ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृतले वामहरुको बीचमा एकताको पहल सुरु गरेको जनाएको छ । गत प्रतिनिधि सभा निर्वाचन अघि एमाले र माओवादीले निर्वाचनपछि एकतामा जानेगरि गठबन्धन गरेका थिए । त्यसबाट एमालेले लाभ […] The post माओवादीसँग एकताका लागि एकिकृत समाजवादीकाे पहल appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बाम एकताका लागि पहल गर्ने एकीकृत समाजावदीको निर्णय

३ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई कायम राख्दै वाम एकताका निम्ति पहल गर्ने निर्णय गरेको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले संगठन सुदृढिकरण अभियान चलाउने, समाजवादबारे अवधारणा तयार गर्ने र वर्तमान आर्थिक समस्याबारे प्रस्ताव तयार पार्ने निर्णय समेत गरेको महासचिव बेदुराम […]

एकताका लागि एमाले नेताहरुको अन्तिम पहल, मंगलबार बोलाइयो स्थायी कमिटी बैठक

नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) आधिकारिक रुपमा दर्ता हुने मिति नजिकिँदै जाँदा एमाले नेताहरुले एकताका लागि अन्तिम पहल गरेका छन्। निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सनाखत भदौ ९ गते गर्दैछ। त्यसअघि भीम रावललगायतका नेताहरुले एकताका लागि पहल गरेका हुन्। उनीहरुले अन्तिम समयमा आएर नेता नेपालको साथ छाडेका थिए। भीम […]

सबै कम्युनिष्ट पार्टीहरू बीचमा एकताका लागि माओवादी केन्द्रले पहल थाल्ने

सबै कम्युनिष्ट पार्टीहरू बीचमा एकताका लागि नेकपा माओावादी केन्द्रले वार्ता र पहल थाल्ने निर्णय गरेको छ ।  आज कोटेश्वरको पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयमा बसेको स्थायी कमिटी बैठकले सबै कम्युनिष्ट शक्तिहरू बीचमा एकता गर्न आवश्यक पहल गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।  यसका लागि पार्टी मातहतका कमिटीलाई ध्यान दिन पनि निर्देशन दिइएको उनले बताए ।  त्यसैगरी माओवादी केन्द्रले विभिन्न समयमा विभाजित भएर फेरि एकीकृत भएको माओवादी घटकहरूको एकता प्रक्रिया टुंगोमा पुर्‍याउन ...

एमाले एकता जोगाउन पहल गर्ने नेपाल समूहको निर्णय

एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले पार्टी एकतालाई अन्तिम निष्कर्षमा पुर्याउन र पार्टी एकता जोगाउन थप पहल गर्ने निर्णय गरेको छ । सोमबार बसेको सो समुहको स्थायी कमिटी बैठकले एकताको पहल जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी नेता युवराज ज्ञवालीले जानकारी दिए । ‘हामी एकताका लागि सम्पुर्ण ध्यान केन्द्रीत गरिरहेका छौ, आ आफ्नो तर्फबाट एमाले एकता जोगाउन अझै प्रयास गर्ने, एकताविरोधी अभिव्यक्ति कसैले र कुुनै पक्षले पनि दिन नहुने हाम्रो निश्कर्ष छ’, नेता ज्ञवालीको भनाई छ ।

एमाले स्थायी कमिटी बैठक स्थगित, एकताका लागि थप पहल हुने

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीको आजको बैठक स्थगित भएको छ। आन्तरिक एकतासम्बन्धी छलफल चलिरहेकाले एकताका लागि थप पहलकदमी लिन बैठक स्थगित गरिएको हो। बैठक सोमबार साँझ बस्ने गरी स्थगित भएको नेकपा एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। कार्यदलस्तरमा सहमतिमा हस्ताक्षर भएपछि सो सहमति पेस गर्न ४ बजे बोलाइएको बैठक ७ बज्दा समेत सहमतिमा हस्ताक्षर नहुँदा बैठक स्थगित भएको हो।