बुध्द एयरले रात्रिकालिन उडान गर्दै, अन्तर प्रदेश उडानमा दोस्रो हब भैरहवा

वैशाख २९, काठमाडौं। बुध्द एयरले मे १५ का दिनदेखि विभिन्न गन्तव्यहरुमा रात्रिकालिन उडान सेवा विस्तार गर्ने भएको छ। रात्रिकालिन उडान तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा हुनेछ। यी उडानका समय राती ८ बजेदेखि शूरु  हुने बुध्द एयरले जनाएको छ। नागरिक उड्डयन प्राधिकरणले स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालिन उडान गर्ने व्यवस्था गरेको छ । दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालिन उडान निकै आकर्षक हुने बुध्द एयरले जनाएको छ ।  रात्रिकालिन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि जनाएको छ ।  बुध्द एयरले रात्रिकालिन उडान हुने गन्तव्यहरुमा त्यहाँको प्रदेश र स्थानीय सरकारले सार्वजनिक यातायातको सञ्चालनको लागि पनि  अनुरोध गरेको छ ।  बुध्द एयरले काठमाडौंको हकमा ‘टुटल’सँग समन्वय गरि रात्रिकालिन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको बताएको  छ ।   दोस्रो हब भैरहवा पोखरा विमानस्थललाई बुध्द एयरले सबै प्रदेशबाट सिधा उडानले जोडिसकेको छ । यसको प्रत्यक्ष फाईदा व्यापारिक र विशेषगरि पर्यटकहरुलाई पुगेको छ । अब बुध्द एयरले भैरहवा विमानस्थललाई पनि दोस्रो हबको रुपमा सबै प्रदेशबाट जोड्न लागेको जनाएको छ । यसअघि भैरहवाबाट पोखरा र भरतपुरको उडान सञ्चालनमा ल्याईसकेको छ ।  भविष्यमा भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा  क्रमशः उडान भर्ने योजना बुध्द एयरको रहेको पनि बताएको  छ । उडानसँगै पर्यटकहरुका लागि बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजमार्फत होलिडे प्याकेजहरु पनि सञ्चालन गरिहेको कम्पनीले छ । नागरिक उड्डयन प्राधिकरणले रात्रिकालिन उडान अवतरण सुविधा भएका विमानस्थलहरु १८ घण्टा खुला राख्ने निर्णय स्वागतयोग्य भएको जनाएको छ ।

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाबाट मात्रै गर्नुपर्ने

काठमाण्डाै - नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ । प्राधिकरणकाअनुसार कुटनीतिक चार्टर्ड उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन् । गएको जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउनको लागि प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अरु सबै चार्टर्ड उडानमा प्रतिबन्ध लगाएको हो । प्राधिकरणले हिजोदेखि लागू गरेको हिउँदे उडान तालिका अनुसार चार्टर्ड ...

सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ। तर कूटनीतिक चार्टर उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन् ।गत जेठ २ गतेदेखि सञ्चालनमा आएको भैरहवा विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउने प्रयास स्वरूप प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अन्य सबै चार्टर उडानमा प्रतिबन्ध लगाएको छ

बुद्ध एयरको ६ गन्तव्यमा रात्रिकालीन उडान

काठमाडौं । बुद्ध एयरले मुलुकभरको ६ ठाउँमा रात्रीकालीन उडान सेवा भर्ने भएको छ । आगामी आइतबार (मे १५) बाट हुने उडानमा जनकपुर, विराटनगर, नेपालगञ्ज, भैरहवा, भद्रपुर र सिमरामा सस्तोमा उडान सेवा विस्तार गर्न लागेको बुद्ध एयरले जनाएको छ ।रात्रीकालीन उडान सेवा साँझ ८ बजेदेखि हुने बताइएको छ । नागरिक उड्डयन प्राधिकरणबाट उडान स्वीकृत लिँदा १३ […] The post बुद्ध एयरको ६ गन्तव्यमा रात्रिकालीन उडान appeared first on राजधानी राष्ट्रिय दैनिक.

बुद्ध एयरद्वारा रात्रिकालीन उडानको घोषणा, मे १५ देखि नियमित उडान भर्ने

बुद्ध एयरले रात्रिकालीन उडान सेवाको घोषणा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आगामी मे १५ देखि रात्रिकालीन उडान विस्तार गर्ने घोषणा गरेको हो । कम्पनीका अनुसार साविकको उडान तालिकाका अतिरिक्त रात्रिकालीन उडानमा तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा उडान विस्तार गर्ने जनाएको छ । यी उडानका समय राति ८ बजेदेखि १२ बजेसम्म रहनेछन् ।यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ तराई क्षेत्रका विमानस्थलमा दैनिक १८ घण्टासम्म उडान सेवा जा

गौतमबुद्ध  विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु, अरु उडान प्रभावित हुने

काठमाण्डाै – भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान अर्थात क्यालिब्रेशन फ्लाइट सुरु भएको छ । उडानका लागि ल्याएको जहाजले ३० घण्टा भन्दा धेरै उडान गरेर विमानस्थलमा जडित यान्त्रहरुको परीक्षण सम्पन्न गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आजदेखि सुरु भएको उडानमा जहाजले दैनिक पाँच घण्टाभन्दा बढी उडान भर्नेछ । क्यालिब्रेशन फ्लाइटका क्रममा बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म भैरहवा विमानस्थलको उडान रोकिने छन् । कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नुपर्...

सौर्य एयरको  भैरहवा–विराटनगर उडान सुरु, व्यवसायीहरु उत्साहित

सौर्य एयरले भैरहवा–विराटनगर सिधा उडान सुरु गरेको छ । भैरहवा–विराटनगर पहिलो पटक सिधा उडान सुरु भएसँगै व्यवसायीहरु उत्साहित बनेका छन् । कार्तिक २२ गतेबाट भैरहवा–विराटनगर सिधा उडान सुरु भएको हो । भैरहवा–विराटनगर उडान सुरु भएसँगै आफूहरुलाई व्यावसायिक तथा अन्य काममा विराटनगरसहित प्रदेश १ जान सहज भएको रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आममले बताए ।सौर्य एयरका भैरहवा प्रमुख जितेन्द्र यादव पनि भैरहवा–विराटनगर उडानमा यात्रुको चापले आफूहरु उत्साहित भएको बताए । उन

भैरहवा-विराटनगरमा सौर्य एयरलाइन्सको नियमित उडान

भैरहवा- प्रदेश १ र लुम्बिनी हवाइ उडानमा जोडिएका छन् । सौर्य एयरलान्सले नयाँ गन्तव्यको रुपमा भैरहवा-विराटनगर सीधा हवाई उडान सुरु गरेसँगै दुबै प्रदेश जोडिएका हुन् । सौर्यले सोमबार लुम्बिनी प्रदेश र प्रदेश १ लाई जोड्न गरी दैनिक उडान सुरु गरेको हो । बुद्ध जन्मस्थल लुम्बिनी भैरहवा सहर र नेपालकै दोस्रो ठूलो सहर विराटनगरलाई जोड्न र […]

लगातारको झरीले आन्तरिक उडान प्रभावित, पोखराका धेरैजसो उडान रद्द

काठमाण्डाै - देशका धेरैजसो ठाउँमा परिरहेको झरीले आन्तरिक उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थलका अनुसार काठमाण्डौबाट हुने कुनै पनि उडान समयमा भएका छैनन् । भरतपुर, भैरहवा, नेपालगञ्ज लगायतका ठाउँमा हुने उडानमा ढिलाइ भएको छ । भरतपुरमा बिहान रोकिएको उडान अहिले ढिला गरी सुरु भएको छ । तर  काठमाण्डौबाट पोखराको लागि हुने एउटा पनि उडान हुन सकेको छैन । विमानस्थल कार्यालयका अनुसार बिहान पोखराका लागि तय भएका उडान एअरलाइन्स कम्पनीले रद्द गरेका छन् । मौसममा सुधार भएमा पोखराको लागि बेलुकाका उडान भने सञ्...

मौसम बिग्रिएपछि तराईका तीन विमानस्थलमा उडान हुन सकेन

२१ पुस, काठमाडौं । बाक्लो हुस्सु र तुवाँलोको असर हवाई उडानमा समेत परेको छ । सोमबार विहान पनि सबैजसो विमानस्थलमा उडान प्रभावित भएको थियो । मंगलबार विहान साढे १० बजेसम्म तराईका तीन वटा विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् । त्रिभुवन विमानस्थल कार्यालयका कार्यबाहक महाप्रवन्धक देवचन्द्रलाल कर्णका अनुसार विराटनगर, जनकपुर र भैरहवा विमानस्थलमा न्यून भिजिविलिटीका […]