बुद्ध एयरद्वारा रात्रिकालीन उडानको घोषणा, मे १५ देखि नियमित उडान भर्ने

बुद्ध एयरले रात्रिकालीन उडान सेवाको घोषणा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आगामी मे १५ देखि रात्रिकालीन उडान विस्तार गर्ने घोषणा गरेको हो । कम्पनीका अनुसार साविकको उडान तालिकाका अतिरिक्त रात्रिकालीन उडानमा तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा उडान विस्तार गर्ने जनाएको छ । यी उडानका समय राति ८ बजेदेखि १२ बजेसम्म रहनेछन् ।यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ तराई क्षेत्रका विमानस्थलमा दैनिक १८ घण्टासम्म उडान सेवा जा

सम्बन्धित सामग्री

रेसुङ्गा विमानस्थलमा अब नियमित उडान हुने

गुल्मीको रेसुङ्गा विमानस्थलमा अब नियमित उडान हुने भएको छ। उडान परिक्षण सफल भएपछी साताको एउटा उडान भर्ने गरी सम्झौता भएको हो।...

चाइना साउदर्नले ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान भर्ने

काठमाडौँ- चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान भर्ने भएको छ । एक वर्षपछि यो रुटमा पुनः उडान सुरु गर्न लागिएको हो । मंगलबारदेखि दिउँसो १ः२५ बजे अवतरण गर्ने जहाज काठमाडौंबाट भने २ः४० मा उड्नेछ ।

बुद्ध एयरले अब पोखराबाट पनि नियमित बनारस उडान भर्ने

प्रसिद्ध निजी हवाई कम्पनी बुद्ध एयरले अब पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । आगामी जनवरीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै कम्पनीले पोखरा–बनारस–पोखरा नियमित उडान भर्ने भएको हो । सोमबार एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले विमानस्थल सञ्चालनमा आएसँगै लगत्तै बनारस उडान भर्ने जनाएको छ । कम्पनीका अनुसार पोखरा–बनारस–पोखरा सातामा ३ दिन नियमित उडान हुनेछ । हाल कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं–बनारस–काठमाण्डौं

वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजावाहक विमानबाट साउदी अरेबियामा नियमित उडान भर्नका लागि पहल चालेसँगै अब वायुसेवा निगमले नियमित उडान भर्ने भएको हो । निगमका अनुसार वैशाख ९ गतेदेखि वायुसेवाको राष्ट्रिय ध्वजावाहक विमानले पहिलो पटक साउदी अरेबियाको रियादमा नियमित […]

वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने

नेपाल वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबाहक विमानबाट साउदी अरेबियामा नियमित उडान भर्नका लागि पहल चालेसँगै अब वायुसेवा निगमले नियमित उडान भर्ने भएको हो ।निगमका अनुसार वैशाख ९ गतेदेखि वायुसेवाको राष्ट्रिय ध्वजाबाहक विमानले पहिलो पटक साउदी अरेबियाको रियादमा नियमित उडान गर्न लागेको हो । उक्त उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणले पनि वायुसेवा निगमलाई उडान अनुमति दिइसकेको निगमका कार्यकारी अध्यक्

गौतमबुद्ध विमानस्थलमा जजिरा एअरवेजले नियमित उडान गर्ने

काठमाण्डाै – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एअरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ ।जजिराले आउँदाे जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्ने गरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार जजिराले दैनिक एक नियमित उडान गर्ने गरी निवेदन दिएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत सिधा उडान गर्नेछ । जजिराले अहिले काठमाण्डाैमा समेत नियमित उडान गरिरहेको छ ।भर्खरै यान्त्रिक परीक्षण ...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ । जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ ।प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार जजिराले दैनिक एक नियमित उडान गर्नेगरी निवेदन दिएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत सिधा उडान गर्नेछ । जजिराले हाल काठमाडौँमा समेत नियमित उडान गरिरहेको छ ।हालै यान्त्रिक परीक्षण उड

गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ । जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको हो । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार जजिराले दैनिक एक नियमित उडान गर्नेगरी निवेदन दिएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत सिधा उडान गर्नेछ । जजिराले हाल काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ ।हालै यान्त्रिक

दुई महिनापछि तुम्लिड्टार विमानस्थलमा नियमित उडान

संखुवासभा, असार १७ । संखुवासभाको तुम्लिड्टार विमानस्थल पनि दुई महिनापछि बिहीबारबाट संचालनमा आएको छ । गत बैशाख १८ गतेपछि बिमान स्थलमा उडान बन्द गरिएको थियो । सो विमानस्थलबाट बुद्ध एयरको ४७ सिटे जहाज मार्फत नियमित उडान भर्ने छन् । यस अघि बुद्ध र यतिका साना जहाजले तम्लिडटार काठमाडौं उडान भर्दै आएका थिए । यति एयरले […]

जुन ७ देखि नेपाल र कतारबीच नियमित उडान

काठमाण्डौ – आउँदो सोमबार अर्थात् जुन ७ देखि नेपाल र कतारबीच नियमित उडान सुरु हुने भएको छ ।साताको प्रत्येक सोमबार नेपाल एयरलाइन्स र कतार एयरवेजले काठमाण्डौ दोहा उडान भर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कतार एयरवेज सोमबार बिहान ९ बजेर १० मिनेटमा  काठमाण्डौ आइपुग्ने छ भने त्यसै दिन ११ बजेर ५ मिनेटमा फेरि कतार उड्ने छ ।प्रत्येक सोमबार नेपाल एयरलाइन्स रातीको १० बजेर ५ मिनेटमा दोहा उड्ने छ भने भोलिपल्ट बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौ आइपुग्ने उडान तालिका तय भएको प्राधिकरणले जनाएको छ ।  याे उडान ...