लगातारको झरीले आन्तरिक उडान प्रभावित, पोखराका धेरैजसो उडान रद्द

काठमाण्डाै - देशका धेरैजसो ठाउँमा परिरहेको झरीले आन्तरिक उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थलका अनुसार काठमाण्डौबाट हुने कुनै पनि उडान समयमा भएका छैनन् । भरतपुर, भैरहवा, नेपालगञ्ज लगायतका ठाउँमा हुने उडानमा ढिलाइ भएको छ । भरतपुरमा बिहान रोकिएको उडान अहिले ढिला गरी सुरु भएको छ । तर  काठमाण्डौबाट पोखराको लागि हुने एउटा पनि उडान हुन सकेको छैन । विमानस्थल कार्यालयका अनुसार बिहान पोखराका लागि तय भएका उडान एअरलाइन्स कम्पनीले रद्द गरेका छन् । मौसममा सुधार भएमा पोखराको लागि बेलुकाका उडान भने सञ्...

सम्बन्धित सामग्री

झरीले आन्तरिक उडान अस्तव्यस्त, विमानस्थलमा यात्रुको भीड

काठमाण्डाै – देशका धेरैजसो ठाउँमा झरी परेका कारण आन्तरिक उडान प्रभावित भएको छ । आज बुधवार काठमाण्डौबाट हुने सबै माउन्टेन फ्लाइट रद्द भएका छन् । केही विमानस्थलमा उडान भए पनि केहीमा भने ठप्प रहेको छ । आज पोखराबाट बिहान ८ बजेपछि कुनै पनि उडान र अवतरण हुन सकेका छैनन् । काठमाण्डौबाट पोखराका लागि तय भएका १० वटा उडान अहिलेसम्म हुन सकेका छैनन् । यति एअरलाइन्को एउटा उडान रद्द भएको छ । बिहान मौसम खुलेको समयमा पोखराबाट पाँच वटा जहाज काठमाण्डौ आएका थिए भने पोखरामा चार वटा मात्रै अवतरण भए । यस्तै काठमाण्डौबा...

आन्तरिक उडान प्रभावित

आइतबार प्रतिकूल मौसमका कारण ११ वटा आन्तरिक उडान रद्द भएको छ । यस वर्षको मनसुन प्रणाली आइतबारबाट नेपाल प्रवेश गरेसँगै आन्तरिक उडान प्रभावित भएको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ बाट मनसुन विकसित भएको र क्रमशः देशभर नै विकसित हुने क्रममा छ । आइतबार लुक्लाको ८ उडान रद्द भएको छ । जसमा […]

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

मौसममा आएको बदलीका कारण बुधबार ६५ वटा आन्तरिक उडान रद्द भएका छन् । बुधबार १ सय ३३ वटा उडान तालिका तय भएकोमा ६८ वटा उडानमात्र भएको र बाँकी रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलले जनाएको छ । बुधबार पोखरामा कुनै पनि उडान भएन ।आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले मौसममा आएको बदलीका कारण देशभरको उडान […]

मौसम खराबीले चार एयरपोर्ट अझै खुलेनन्, उडान रद्द

काठमाडौं । मंगलबारदेखि मौसममा खरावी आएसँगै आज पनि आन्तरिक उडान प्रभावित बनेको छ । आज पोखरा, लुक्ला, थामखर्क र ताप्लेजुङ सुकेटारमा उडान हुन सकेन । मौसम अनुकूल नहुँदा ती विमानस्थलमा नियमित उडान रद्द भएको त्रिभुवन विमानस्थलले जनाएको छ । पोखराका लागि यती एयरलाइन्सले तीन वटा उडान रद्द गरिसकेको र बाँकी कम्पनीको पनि उडान रद्द भएको […]

वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित

काठमाण्डाै – वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित भएका छन् । पोखरा, संखुवासभाको तुम्लिङटार, ताप्लेजुङ, भोजपुर, डोल्पा, लुक्ला, सिमिकोट लगायतका ठाउँका सबै उडान रद्द भएका छन् । नेपालगञ्ज, भैरहवा र विराटनगरमा भने ढिलो गरी उडान सुरु भएको त्रिभुवन विमानस्थल कार्यालय का प्रवक्ता पूर्ण चुडालले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकासहित देशभर नै रातिदेखि पानी परिरहेको छ । काठमाण्डौसहित पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ ।

प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

बुद्ध एयरले पनि विराटनगर र जनकपुरका केही उडान रद्द भएको जानकारी दिएको छ।

आन्तरिक उडान प्रभावित,यात्रुहरु अलपत्र

काठमाडौं, २ कात्तिक । सोमबारदेखि आएको निरन्तर वर्षाको कारण आन्तरिक उडान प्रभावित भएका छन् । विमानस्थल कार्यालयको अनुसार आज बिहान तय भएका अधिकांश उडान पहाडी भेगमा बाक्लो हुस्सुका कारण रद्द भएका हुन् । तारा एयरको आज ६ उडान रद्द भएका छन् । बलिउड फिल्म ‘उचाई’को सुटिङमा रहेका कलाकारहरुको टिमलाई मनाङ लैजाने तालिका थियो । आज […]

हुस्सुले तराई तथा दुर्गम भेगका जिल्लाको उडान प्रभावित

काठमाडौं । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यको उडान दुई दिनदेखि प्रभावित भएको हो । बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार सोमबार तराई तथा पहाडी क्षेत्रका विमानस्थल ८८ उडान तालिका रहेकामध्ये ४० उडान रद्द भए । आज पनि ८८ उडान तालिका रहेको छ । बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीको उडान रद्द भएपछि यात्रुले निकै सास्ती बेहोर्नुपरेको छ । उडान नभएपछि गन्तव्य हिँडेका यात्रु दिनभरजसो विमानस्थलमा अलपत्र परेका छन् । मौसम खराबीका कारण आज पनि तराईका अधिकांश स्थानमा उडान हुनसकेको छैन । सोमबार तराईका अधिकांश गन्तव्यको उडान रद्द भएका छन् यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाकाअनुसार सोमबार विराटनगरमा चार, सिमरामा तीन, भरतपुरमा दुई, नेपालगञ्ज र तुम्लिङ्टारमा समान एक एक उडान रद्द भए । यतीको आजका लागि तय भएको विराटनगर र भद्रपुर गन्तव्यमा अहिलेसम्म पनि उडान हुनसकेको छैन । विराटनगरमा चार उडान तालिका छ । भद्रपुरको दुई उडानमध्ये एक रद्द गरिएको कम्पनीले जनाएको छ । बुद्ध एयरको मात्रै सोमबार २८ उडान रद्द भएको थियो । बुद्धको विराटनगरमा सात, सिमरा र भैरहवामा समान पाँच उडान भएन । बुद्धले आज पनि विराटनगरमा सात उडान राखेको छ । मौसमको खराबीले अहिलेसम्म उडान भएको छैन । यस्तै सोमबार श्री एयरलाइन्सको तीन र सौर्यका दुई उडान रद्द भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका तराई भू–भागका धेरैजसो स्थानमा हुस्सुरकुहिरो लागेको छ । विमानको समयमा तराईमा लागेको हुस्सु कुहिरो अपरान्हसम्म रहने र हुस्सुका कारण राम्रोसँग घाम नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनका साथै यात्रामा पर्नसक्ने जोखिम र अन्य प्रभावबाट ...