एमाले मोरङको अध्यक्षमा पोखरेलसहित पदाधिकारी सर्वसम्मत

विराटनगर । नेकपा एमाले मोरङको जारी नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा ऋषिकेश पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्षसहित पाँच पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा र दुई सहसचिवमा शान्ती लिम्बू र सन्तोष साह सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । १६५ …

सम्बन्धित सामग्री

एमाले मोरङ अध्यक्षमा पोखरेल

एमाले मोरङको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा ऋषिकेश पोखरेलसहित ५ जना पदाधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । यससँगै अध्यक्षमा पोखरेलको यो दोस्रो कार्यकाल हुनेछ ।

एमाले मोरङमा अध्यक्षसहित पदाधिकारी सर्वसम्मत

मोरङ – नेकपा एमाले मोरङको नवौं अधिवेशनमा अध्यक्षसहित पदाधिकारी सर्वसम्मत भएका छन्। निर्वाचन समितिले शनिबार पदाधिकारीमा ५ जनाको मात्र उम्मेदवारी परेको जनाएको छ। यस क्रममा अध्यक्ष ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा सन्तोष साह र शान्तिकुमारी लिम्बू छन्। यद्यपि, १ सय ६५ जना सदस्यका लागि भने करिब ४ सय जनाको उम्मेदवारी परेको […]

एमाले मोरङको अध्यक्षमा पोखरेल सर्वसम्मत

नेकपा एमाले मोरङको नवौं अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी निर्विरोध चयन भएका छन् । निर्वाचन समितिले तय गरेको निर्वाचन तालिकाअनुसार अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्ति कुमारी लिम्बू र सन्तोष साहको मात्रै उम्मेदवारी परेसँगै उनीहरु सर्वसम्मत चयन भएका हुन् । यद्यपि अध्यक्षसहित पदाधिकारी निर्वाचित भएपनि घोषणा हुन भने बाँकी छ ।उनीहरुमध्ये पोखरेल,कार्की,खतिवडा पुरानै अनुहार हुन् । उनीहरु जिल्ला अधिवेशन आयोजक समितिमा रहेका थिए । सहसचिवमा शान्ति कुमारी

पदाधिकारी नै चयन नगरी सकियो अखिलको अधिवेशन

विराटनगर- नेकपा एमाले मोरङको जिल्ला अधिवेशनमा पदाधिकारीसहित सबै सदस्यहररू सर्वसम्मत गर्ने तयारीमा जुटिरहेको बेला भातृ संगठन अनेरास्ववियूले भने पदाधिकारी चयन नै नगरी जिल्ला अधिवेशन सकेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) मोरङ जिल्ला कमिटीको २३औँ जिल्ला अधिवेशन पदाधिकारीविनाको ५१ सदस्यीय समिति घोषणा गर्दै शनिवार बिहान सम्पन्न भएको हो । शुक्रबारदेखि विराटनगरमा जारी […]

पदाधिकारी नै चयन नगरी सकियो मोरङ अखिलको अधिवेशन

नेकपा एमाले मोरङको जिल्ला अधिवेशनमा पदाधिकारीसहित सबै सदस्यहरू सर्वसम्मत गर्ने तयारीमा जुटिरहेको बेला भातृ संगठन अनेरास्ववियुले भने पदाधिकारी चयन नै नगरी जिल्ला अधिवेशन सकेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) मोरङ जिल्ला कमिटीको २३ औँ जिल्ला अधिवेशन पदाधिकारी विनाको ५१ सदस्यीय समिति घोषणा गर्दै शनिवार बिहान सम्पन्न भएको हो ।शुक्रबारदेखि विराटनगरमा जारी जिल्ला अधिवेशन शनिवार बिहान ५१ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो । अध्यक्षका आकांक्षी चार जना भएपछि