पदाधिकारी नै चयन नगरी सकियो मोरङ अखिलको अधिवेशन

नेकपा एमाले मोरङको जिल्ला अधिवेशनमा पदाधिकारीसहित सबै सदस्यहरू सर्वसम्मत गर्ने तयारीमा जुटिरहेको बेला भातृ संगठन अनेरास्ववियुले भने पदाधिकारी चयन नै नगरी जिल्ला अधिवेशन सकेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) मोरङ जिल्ला कमिटीको २३ औँ जिल्ला अधिवेशन पदाधिकारी विनाको ५१ सदस्यीय समिति घोषणा गर्दै शनिवार बिहान सम्पन्न भएको हो ।शुक्रबारदेखि विराटनगरमा जारी जिल्ला अधिवेशन शनिवार बिहान ५१ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो । अध्यक्षका आकांक्षी चार जना भएपछि

सम्बन्धित सामग्री

नाडाका सबै पदाधिकारी सर्वसम्मत चयन

साधारणसभाले १७ जना केन्द्रीय कार्य समिति चयन गरेकोमा आइतबारको बैठकले पदाधिकारी सर्वसम्मत चयन गरेको छ।...

माओवादीले टुंग्याएन पदाधिकारी चयन

काठमाडौँ- माओवादी केन्द्रले पदाधिकारी चयन गर्न सकेको छैन। शुक्रबार बिहान पदाधिकारी चयन गर्न भन्दै बसेको स्थायी समिति बैठक विना निष्कर्ष टुंगिएको छ । पदाधिकारी चयनका लागि छलफल सकिएको र अन्तिम रूप दिन बाँकी रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । ‘टुंगोमा अझै पुग्या छैन, पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा गम्भीर रूपले छलफल गर्‍यौँ,’ […]

पार्टी पदाधिकारी चयन गर्छौ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारी चयन गरेर मात्रै चुनावमा जाने बताएका छन् । पार्टी निकट उपलब्ध प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक भेटघाट कार्यक्रममा प्रचण्डले सबै पोलिटब्युरो र स्थायी समितिसहित पदाधिकारी चयन गरेर जाने बताए । ‘माओवादी पदाधिकारी चयन गर्न नसक्ने जस्तो हुन गयो । पदाधिकारी बनाउनै सक्दैन भन्ने भयो । हामी पार्टी पदाधिकारी छिट्टै बनाउँछौ । पार्टीको पोलिटब्युरो स्थायी समितिलाई पूर्णता दिन्छौ’ प्रचण्डले भने, ‘स्थायी समिति बैठक जारी भ

पदाधिकारी चयन गर्न माओवादीको बैठक

महाधिवेशन भएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेको माओवादीका शीर्ष नेता पदाधिकारी चयनको गाँठो फुकाउन पुनः सक्रिय भएका छन् । यसक्रममा पार्टी स्थायी समितिको बैठक बसिरहेको छ । कोटेश्वरस्थित पेरिसडाँडामा...

माओवादीले चुनावपछि मात्र पदाधिकारी चयन गर्ने

काठमाडौँ- राष्ट्रिय महाधिवेशन सम्पन्न भएको तीन महिनापछि माओवादी केन्द्रको केन्द्रीय समितिको पहिलो बैठक आज बसेको हो । माओवादीले अझैसम्म पदाधिकारी चयन गर्न सकेको छैन । महासचिव चयन गर्न सकस भएपछि प्रचण्डले पदाधिकारी तत्काल मनोनयन नगर्ने स्रोतले बतायो । अहिले माओवादी केन्द्रमा प्रचण्ड एकल अध्यक्ष छन्। अरू सबै केन्द्रीय सदस्य मात्रै हुन्। महाधिवेशन सकिएको भोलिपल्ट पुस […]

माओवादीले महासचिवसहित पदाधिकारी चयन गर्ला ?

काठमाडौं, २२ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिले महासचिवसहित पदाधिकारी चयन गर्ने अपेक्षा गरिएको छ । माओवादीको जारी बैठकले लामो समययता नियुक्ति हुन नसेकको पदाधिकारी चयन गर्ने चर्चा छ । केन्द्रीय कार्यसमितिले यसअघि नै अध्यक्षमा प्रचण्डलाई चयन गरिसकेको छ । तर, महासचिवमा धेरै आकांक्षी भएपछि कुरा मिल्न सकेको छैन । महासचिवमा पम्फा भुसाल, देव […]

एमाले काठमाडौं उपत्यकामा को को भए पदाधिकारी चयन ?

काठमाडौं, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जिल्ला अधिवेशन अन्तर्गत काठमाडौं उपत्यकाका सबै जिल्लामा पदाधिकारी चयन भएका छन् । आइतबार काठमाडौं, ललितपुरमा र शनिबार भक्तपुरमा एमालेले पदाधिकारी छनौट गरेको हो । एमालेमा हालसम्म ३८ जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । पार्टीको विधानमा जिल्ला कमिटी सदस्य संख्या अधिकतम १५१ र विशेष जिल्ला […]

माओवादीको पदाधिकारी चयन पेचिलो बन्दै

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य टुंगो लगाए पनि पदाधिकारीको भने अझै टुंगो लगाउन सकेको छैन । सहमतिबाटै केन्द्रीय सदस्य चयन र अध्यक्ष चयन गरेको माओवादीलाई पदाधिकारी चयन भने पेचिलो बन्दै गएको हो । पदाधिकारीमा अध्यक्ष पछिको कार्यकारी पद महासचिव रहेको छ । अध्यक्षको प्रत्यासी कोही पनि नहुँदा महाधिवेशनको पहिलो केन्द्र्रीय कमिटीको बैठकबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षमा पुनः सर्वसम्मत रुपमा निर्वाचित भइसकेका छन् । तर पदाधिकारी चयनमा पार्टीभित्र नेताहरूबीच दौडधुप चलिरह...

माओवादी केन्द्रले पदाधिकारी सोमवार चयन गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले पदाधिकारी सोमवार चयन गर्ने भएको छ।आइतवार २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएकोमा अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने जनाइएको छ।आठौं महाधिवेशन समापनपछि आइतबार प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने जानकारी दिए।अध्यक्ष प्रचण्डले महाधिवेशनको बन्दसत्रमा २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नाम सिफारिस गरेका थिए। ती नामहरू बन्दसत्र अनुमोदन गरेको थियो। माओवादीले ६६ केन्द्रीय सदस्य

महाधिवेशनबाट पदाधिकारी सर्वसम्मत चयन हुन्छन्: शाक्य

काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महाधिवेशनबाट पदाधिकारी सर्वसम्मत चयन हुने बताएकी छन् । चितवनमा जारी एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरु हुनुअघि शाक्यले पदाधिकारी सर्वसम्मत चयन हुने र त्यसका लागि प्रयास भइरहेको बताएकी हुन् ।