युरोपियन च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ। समूह जीको आफ्नो चौथो खेलमा १० खेलाडीमा समेटिएको सिटीले डेनिस क्लब एफसी कोपनहेगनसँग गोलरहित बराबरी खेलेको हो।सिटीले खेलमा सुरुवातमा नै गोल गरे पनि उक्त गोलले मान्यता पाएन्। लगतै पेनल्टीमा २५ औ मिनेटमा रिहाद महारेज चुक्दा सिटीले सम्भावित अग्रता गुमाएको थियो।यही समूहमा सेभिया डर्टमन्डलाई पराजित गर्न असफल भएसँगै सिटी बराबरीका बाबजुत नकआउट चरणमा प्रवेश गरेको हो। नर्वेजियन स्टार हालान्डलाई बेन्चमा राखिएको खेलमा सिटीले गोलका लागि नि