जीवन बीमा कम्पनी : बढी बिक्ने बीमालेखमा कसको बोनस दर कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरूले आफ्नो कारोबारको आकार बढाउन निष्कासन गरेका बीमालेख धेरैले किनून् भनेर प्रयास गरिरहेका हुन्छन् । बीमालेख विक्री संख्याले कम्पनीको वर्तमान र भविष्य निर्धारण गर्छ । बीमालेख विक्रीमा बीमाको किसिम, बीमा अवधि र बोनस दरको हात हुन्छ । देशमा सञ्चालित जीवन बीमा कम्पनीहरूको सावधिक बीमा योजना सबैभन्दा बढी विक्री भएको पाइन्छ । कम्पनीहरूले ल्याउने सावधिक बीमा योजना पनि फरकफरक अवधिका हुन्छ । १५ वर्ष वा त्यस आसपासका सावधिक बीमा योजना बढी विक्री भएको तथ्यांकले देखाउँछ । १५ वर्ष वा त्यस आसपासका सावधिक बीमा योजनामा अपवादबाहेक अधिकतम बोनस दर दिएका कम्पनीहरूले बढी बीमालेख विक्री गर्न सफल भएको हुँदा सबै कम्पनीले आकर्षक बोनस दर राख्न प्रयत्न गर्छन् । यसरी हुन्छ बोनस दर निर्धारण बोनस दर निर्धारण गर्दा बीमा कम्पनीहरूले एकच्युरीबाट प्रत्येक वर्षको सम्पत्ति र दायित्वको वास्तविक मूल्य निर्धारण गराउनुपर्छ । एकच्युरीबाट भएको मूल्य निर्धारण बीमा कम्पनीहरूले नेपाल बीमा प्राधिकरणमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । कम्पनीले एकच्युरीबाट गरेको वास्तविक मूल्य निर्धारण आर्थिक वर्ष सकिएको ५ महीनाभित्र प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ । बीमा कम्पनीहरूले पठाएको वास्तविक मूल्य निर्धारण ठीक छ कि छैन भनेर हेर्न बीमा प्राधिकरणमा पनि एकच्युरी हुन्छ । बीमा प्राधिकरणको एकच्युरीपछि कम्पनीहरूले त्यसमा समीक्षा गर्छन् । कम्पनीहरूको समीक्षापछि प्राधिकरणले बोनस दर स्वीकृत गर्छ । बीमा प्राधिकरणले स्वीकृत गरेको बोनस दर नै कायम हुन्छ ।

सम्बन्धित सामग्री

मेटलाइफको ‘हेलो बीमा’ कमिक्स भिडियो सार्वजनिक

काठमाडौं । बीमा प्रदायक कम्पनी मेटलाइफ नेपालले बीमाको महत्त्वबारे जनचेतना जगाउने र शिक्षित गराउने उद्देश्यले नेपालमा ‘हेलो बीमा’ नामक कमिक्स भिडियो शृंखला सार्वजनिक गरेको छ । जीवन बीमा ज्ञानलाई थप पहुँचयोग्य बनाउन र समाजमा रहेका बीमासम्बन्धी गलत धारणालाई हटाउन यसका तीन शृंखला सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत सार्वजनिक गरेको कम्पनीले जानकारी दिएको छ । पहिलो शृंखलामा बीमाको आधारभूत कुरा, जसमा सेवाको फाइदा र यसलाई कसरी बैंक बचतसँग तुलना गर्न सकिन्छ भन्ने बारेमा जानकारी समावेश गरिएको छ । दोस्रो शृंखलामा प्रिमियम भुक्तानी सुविधा, उपलब्ध राइडरको बारेमा जानकारी, व्यतीत बीमालेख पुन:स्थापना गर्ने कदम र ऋण कसरी लिने भन्ने बारेमा जानकारी दिइएको बताइएको छ । तेस्रो शृंखलामा बीमा दाबी गर्ने तरीका, विभिन्न प्रकारका बीमा र उपयुक्त जीवन बीमा कम्पनी कसरी छनोट गर्ने भन्नेबारे जानकारी दिइएको छ ।

जीवन बीमा कम्पनी : व्यवसायमा झीनो सुधार

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरूको व्यवसायमा झीनो सुधार देखिएको छ । वित्तीय क्षेत्रमा तरलताको अभाव, आर्थिक गतिविधिमा देखिएको कमी र उच्च महँगीलगायतको प्रभाव बीमा कम्पनीहरूको व्यवसायमा देखिएको हो । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार चालू आवको पुससम्ममा जीवन बीमा कम्पनीहरूले ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको यसै अवधिको तुलनामा यो १ दशमलव शून्य ४ प्रतिशतमात्र बढी हो । अघिल्लो आवको पुससम्ममा देशका सबै जीवन बीमा कम्पनीहरूले ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए । पोहोर पुसमा बीमा कम्पनीहरूमा १ करोड १० लाखओटा बीमालेख सक्रिय रहेकोमा यसपालि पुसमा आइपुग्दा सक्रिय बीमालेखको संख्या १ करोड ४१ लाख पुगेको छ । प्राधिकरणको तथ्यांकअनुसार पुससम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यसले १८ अर्ब ६३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा सूर्या र ज्योति लाइफ इन्स्योरेन्स गाभिएर बनेको कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स छ । यसले ५९ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको प्राधिकरणले जानकारी दिएको छ । यी दुई कम्पनी पुस ६ गते मर्जर भएकोले सूर्यज्योतिको बीमाशुल्क सोही मितिदेखिको मात्र समावेश छ । कम्पनीहरूले चालू आवको पुसमा १२ अर्ब १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा ११ लाख ४४ हजार ओटा बीमालेख विक्री भएको प्राधिकरणको भनाइ छ । मङ्सिरको तुलनामा पुसमा कम्पनीहरूको बीमालेख संख्या वृद्धि भए पनि बीमाशुल्क भने घटेको पाइएको छ । मङ्सिरमा जीवन बीमा कम्पनीहरूले १० लाख १ हजार बीमालेख विक्री तथा नवीकरणबाट १३ अर्ब ५० करोड बीमाशुल्क संकलन गरेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले आर्थिक गतिविधि घटेसँगै गिरावट आएको बीमा व्यवसायमा पछिल्लो समय केही सुधार देखिएको बताए । पुसको तथ्यांकको आधारमा आगामी दिनमा बीमा व्यवसाय विस्तार हुने उनले अनुमान गरे । तर, जीवन बीमा कम्पनीको व्यवसाय विस्तार निर्जीवनको तुलनामा कमजोर देखिएको छ । गत आवको पुसको तुलनामा चालू आवको पुसमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय ११ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ । चालू आवकै मङ्सिरको तुलनामा भने कम्पनीहरूको व्यवसाय ५६ दशमलव ६५ प्रतिशतले वृद्धि भएको प्राधिकरणले जानकारी दिएको छ ।

नेपाल लाइफ ‘देशकै नम्बर १’ बीमा कम्पनी भएको दाबी

काठमाण्डाै – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफूलाई जीवन बीमाकाे क्षेत्रमा ‘देशकै नम्बर १’ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममार्फत ‘नेपालकै नं. १ अभियान’ सार्वजनिक गरी तथ्य परक प्रमाणहरू प्रस्तुत गर्दै याे दाबी गरेको हो । कम्पनीले प्रस्तुत गरेका तथ्य परक जानकारीहरूका अनुसार आ.व. २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्ब रुपैयाँको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४०.५० अ...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा ‘नेपालकै नं. १ अभियान’ सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नम्बर १ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ । सो बीमा कम्पनीले सञ्चारमाध्यम र आफ्ना सामाजिक सञ्जाललगायत मार्फत ‘नेपालकै न.ं १’ अभियान सार्वजनिक गरेको हो ।विभिन्न तथ्य र प्रमाणहरु प्रस्तुत गर्दै कम्पनीले सो दाबी गरेको हो । आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग एक खर्ब १८ अर्ब ७६ करोड रुपैयाँ बराबर सर्वाधिक जीवन बीमा कोष रहेको, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी गरेको, ४० अर्ब ५० करो

जीवन बीमा व्यवसाय : पुरानालाई पछि पार्दै नयाँ कम्पनीहरू

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा रू. २ अर्ब ७४ करोड बराबरको नयाँ व्यवसाय गरेका छन् । साउनमा ६ लाख २३ हजार ८४४ ओटा नयाँ बीमालेख विक्री गरेर जीवन बीमा कम्पनीहरूले सो बराबरको प्रथम बीमाशुल्क संकलन गरेका हुन् । बीमा समितिबाट प्राप्त साउन महीनाको जीवन व्यवसायसम्बन्धी तथ्यांकअनुसार साउनमा जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय मात्र २३ दशमलव ४२ प्रतिशतले बढेको छ । गत आवको साउन महीनामा रू. २ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन भएको थियो । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालन छन् । उनीहरूले गत साउनमा उक्त बराबरको प्रथम बीमाशुल्क संकलन गरेका हुन् । साउनमा कम्पनीहरूको कुल व्यवसाय २७ दशमलव ३८ प्रतिशतले बढेको छ । गत आवको साउनमा कम्पनीहरूले रू. १३ अर्ब ४ करोड कुल बीमाशुल्क संकलन गरेका थिए । चालू आवको उक्त अवधिमा कम्पनीहरूले रू. १६ अर्ब ६१ करोड कुल बीमाशुल्क संकलन गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ । साउन महीनामा बीमा व्यवसाय गर्न चुनौतीपूर्ण हुने गर्छ । वर्षात्को मौसम, क्लोजिङको काम, नयाँ योजना बनाउनेलगायत कारण यस समयमा व्यवसायतर्पm त्यति ध्यान दिन सकिँदैन । तर, त्यस्ता चुनौतीका बीच पनि साउनको व्यवसायमा उच्च वृद्धि देखिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले साउनमा जीवन बीमाको व्यवसायमा उत्साहपूर्ण वृद्धि देखिएको बताए । युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले पनि यसपालि साउन महीनामा राम्रो व्यवसाय भएको बताए । ‘चालू आवको शुरुआती महीना भएका कारण यस समयमा सामान्यता व्यवसायमा त्यति वृद्धि देखिँदैन थियो । तर, यसपालिको व्यवसायमा राम्रो वृद्धि देखिएको छ,’ उनले भने, ‘कोरोना महामारी पनि त्यस समयमा केही शान्त देखियो । आर्थिक क्षेत्र पनि चलायमान भए । त्यसको कारणले पनि यस्तो भएको हुन सक्छ ।’ साउनमा नयाँ व्यवसाय गर्ने मामलामा नेपाल लाइफ इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । कम्पनीले साउन महीनामा रू. ५८ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स देखिएको छ । कम्पनीले समीक्षा अवधिमा २५ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको प्रभु लाइफले रू. २३ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । नयाँ व्यवसाय गर्ने मामलामा नयाँ जीवन बीमा कम्पनीहरूले पुराना कम्पनीहरूले पछि पार्दै गएको देखिएको छ । नेपाल लाइफ र नेशनल लाइफबाहेक अन्य कम्पनीहरूलाई नयाँ कम्पनीहरूले पछि पारेका छन् । प्रभु लाइफ, युनियन लाइफ, सिटीजन लाइफ, रिलायबल नेपाल लाइफ, आईएमई लाइफले अधिकांश पुराना कम्पनीलाई पछि पारेको देखिन्छ । ३ वर्षअघि नेपाली बीमा बजारमा १० ओटा नयाँ जीवन बीमा कम्पनी थपिएका थिए । तीमध्ये अधिकांश कम्पनीले पुरानालाई पछि पार्दै गएको देखिएको हो । बढी प्रथम बीमाशुल्क संकलन गर्ने उत्कृष्ट ५ कम्पनीमध्ये ३ ओटा त नयाँ कम्पनी रहेका छन् ।

जीवन बीमा कम्पनीहरूको नाफामा दोहोरो अंकको वृद्धि

काठमाडौं । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०७७/७८ मा कुल ३ अर्ब ८० करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन्, उनीहरूले हालै सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार उनीहरूको नाफा १२ प्रतिशतले बढेको छ । यो बीमा कम्पनीहरूको वास्तविक मुनाफा भने होइन । गत आवको समग्र व्यवसायको बीमांकीय मूल्यांकन गरेपछि जीवन बीमा कम्पनीहरूको नाफा थप बढ्नेछ । बीमांकीय मूल्यांकन गर्दा बीमा कोषबाट सीमित रकम नाफानोक्सान खातामा सार्ने व्यवस्था हुनेछ । त्यसअनुसार बीमांकीय मूल्यांकनपछि कम्पनीहरूको नाफा थप बढ्नेछ । वित्तीय विवरणअनुसार जीवन बीमा कम्पनीहरूले अघिल्लो आव २०७६/७७ मा रू. ३ अर्ब ४० करोड २४ लाख रुपैयाँ यस्तो (बीमांकीय मूल्यांकनअघिको) नाफा कमाएका थिए । कोरोना महामारीका कारण अघिल्लो आवमा जीवन बीमा कम्पनीहरूको नाफा वृद्धिदर एकल अंक (५ प्रतिशत) मा झरेको थियो । तर, गत आवमा भने कम्पनीहरूको नाफा वृद्धिदर दोहोरो अंकको भएको छ । जीवन बीमक संघ नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले व्यावसायिक गतिविधिकै कारण बीमा कम्पनीहरूको नाफामा वृद्धि देखिएको बताए । ‘कोरोना महामारीका कारण बीमालेख नवीकरणमा कमी आउँछ कि भन्ने डर थियो । तर, त्यस्तो भएन । गत आवमा नवीकरण बीमाशुल्कमार्फत पनि ठूलो मात्रामा बीमाशुल्क उठ्यो,’ उनले भने, ‘त्यसैको कारणले पनि नाफामा सुधार देखिएको हो ।’ नवीकरण बीमाशुल्क नाफा वृद्धिको ठूलो आधार भएको उनी बताउँछन् । प्रथम बीमाशुल्क अभिकर्ता कमिशन, प्रचारप्रसारलगायत खर्चमा ठिक्क हुन्छ । नवीकरण बीमाशुल्क नै नाफा कमाउने मुख्य आधार भएको उनको भनाइ छ । यसैगरी स्टक मार्केटमा सूचीकृत पब्लिक कम्पनीको शेयर खरीदविक्रीबाट नाफा बढेको कतिपय कम्पनीहरूको भनाइ छ । नाफा कमाउने मामलामा यसपटक पनि नेपाल लाइफ नै अग्र स्थानमा देखिएको छ । नेपाल लाइफले गत आवमा ५३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रो नम्बरमा नेशनल लाइफ देखिएको छ । गत आवमा उक्त कम्पनीले रू. ४० करोड १२ लाख खुद नाफा कमाएको छ । यसैगरी तेस्रो स्थानमा रहेको सूर्या लाइफ इन्स्योरेन्सले रू. ३२ करोड ३२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।