बीमा प्राधिकरणको ५५ औं स्थापना दिवस : बीमा नियमावलीको मस्यौदादेखि मर्जरमा तीव्रतासम्म

काठमाडौं । नेपालको बीमा नियमनकारी निकाय ‘नेपाल बीमा प्राधिकरण’ सोमवार (जेठ १ गते) स्थापनाको ५४ वर्ष पूरा गरी ५५औं वर्षमा प्रवेश गरेको छ । नेपालको बीमा नियमनकारी निकायको रूपमा बीमा ऐन, २०२५ बमोजिम २०२६ सालमा बीमा समिति स्थापना भएको थियो । उक्त ऐनलाई प्रतिस्थापन गर्दै वि.सं. २०४९ मा आएको बीमा ऐन, २०४९ ले बीमा व्यवसायलाई व्यवस्थित, विकसित, नियमित र नियन्त्रित गर्न बीमा समितिलाई स्वायत्त संस्थाको रूप दिएको थियो । गतवर्ष २०७९ सङ्घीय संसद्बाट बनेको बीमा ऐन लागू भएसँगै २०७९ कात्तिक २२ गतेदेखि भने नेपाल बीमा प्राधिकरण भई नेपालको बीमा क्षेत्रको नियमनकारी निकायको रूपमा कार्य गर्दै आएको छ । प्राधिकरणले चालू आर्थिक वर्ष २०७९/८० को हालसम्म बीमा नियमावलीको मस्यौदा तयार गर्नेदेखि मर्जर तथा एक्विजिशन कार्यलाई तीव्र पारेको छ । बीमा ऐन, २०७९ कार्यान्वयनका सन्दर्भमा बीमक, सम्बन्धित निकाय, सरोकारवाला सङ्घसंस्था र विज्ञहरूका सुझावहरू समेतका आधारमा बीमा नियमावलीको मस्यौदा तयार गरी हाल मस्यौदालाई अन्तिम रूप दिने कार्य भइरहेको छ । त्यस्तै राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रूप दिई स्वीकृतिका लागि नेपाल सरकारसमक्ष पेश गरिएको छ । यसै अवधिमा नेपाल बीमा प्राधिकरणको दोस्रो रणनीतिक योजना, सन् २०२३–०२७ कार्यान्वयनमा आएको छ । प्राधिकरणले २०७९ चैत २ गतेदेखि दोस्रो रणनीतिक योजना कार्यान्वयनमा ल्याएको हो । ‘बीमाको प्रवर्द्धन : बीमितको हित संरक्षण’ भन्ने मूल विषय रहेको रणनीतिक योजनामा बीमा क्षेत्रको विकास, जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी, नियमनकारी क्षमताको सबलता, बीमा क्षेत्रमा जवाफदेहिता तथा पारदर्शिता, बीमाको पहुँच विस्तार तथा समावेशिता, बीमाप्रति जनविश्वास अभिवृद्धि, मानवीय स्रोत तथा पूर्वाधारको विकास र स्वदेशी तथा विदेशी सम्बन्ध विस्तार सम्बन्धी मुख्य आठओटा रणनीति रहेका छन् । यसै अवधिमा बीमाको दायरा उल्लेख्य रूपले बढ्दै गएको छ । गत चैत मसान्तसम्ममा बीमाको दायरामा आउने जनसङ्ख्या (म्यादी, लघुम्यादी र वैदेशिक रोजगार बीमालेख समेत) बढेर ४४.५५ प्रतिशत पुगेको छ । बीमाशुल्क झन्डै साढे एक खर्ब  चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बीमा कम्पनीहरूबाट जीवन बीमाशुल्क सङ्कलन २.१४ प्रतिशतले वृद्धि भई रू. १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख र निर्जीवन बीमाशुल्क सङ्कलन ४.५८ प्रतिशतले बढेर रू. ३० अर्ब १ करोड ४८ लाख पुगेको छ । यस अवधिमा कुल बीमाशुल्क सङ्कलन २.६७ प्रतिशतले बढेर रू. १ खर्ब ३४ अर्ब ७४ करोड ९६ लाख पुगेको छ ।  यसैगरी, चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा बीमा कम्पनीहरूबाट कुल जीवन बीमालेख १ करोड ४१ लाख ६५ हजार ९९८ र कुल निर्जीवन बीमालेख २१ लाख ६६ हजार ३२८ को सङ्ख्यामा जारी भएका छन् । गत आर्थिक वर्षको चैतको तुलनामा यस अवधिमा जारी भएको कुल जीवन बीमालेख २०.१४ प्रतिशतले वृद्धि भएको छ भने कुल निर्जीवन बीमालेख ०.४२ प्रतिशतले न्यून रहेको छ । बीमा दाबी फछ्र्योटमा सुधार  बीमा दाबी भुक्तानीमा सुधार भई चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जीवनतर्फ करीब रू. २१ अर्ब ७१ करोड र निर्जीवनतर्फ करीब रू. १८ अर्ब २४ करोड गरी कुल रू. ३९ अर्ब ९५ करोड बीमा दाबी फछ्र्योट भएको छ । गत आर्थिक वर्षमा जीवनतर्फ करीब रू. ४४ अर्ब ६० करोड र निर्जीवनतर्फ करीब रू. १८ अर्ब ८२ करोड गरी कुल रू. ६३ अर्ब ४२ करोड बराबरको दाबी फछ्र्योट भएको थियो । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जीवन बीमानतर्फ करीब रू. ११ अर्ब ४६ करोड र निर्जीवन बीमातर्फ करीब रू. १७ अर्ब ३० करोड गरी कुल रू. २८ अर्ब ७६ करोड बीमा दाबी फछ्र्योट गर्न बाँकी रहेको छ । गत आर्थिक वर्षमा भने जीवन बीमातर्फ करीब रू. ६ अर्ब ४० करोड र निर्जीवन बीमातर्फ २२ अर्ब ७५ करोड गरी कुल रू. २९ अर्ब १५ करोड बीमा दाबी फछ्र्योट हुन बाँकी रहेको थियो । बीमकका शाखा ३१ सयभन्दा बढी चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा बीमा कम्पनीहरूको शाखा कार्यालयहरूको सङ्ख्या ३ हजार १५४ र कर्मचारी सङ्ख्या ११ हजार ४५३ रहेको छ । बीमकहरूको मर्जरका कारण बीमा कम्पनीका शाखा कार्यालय र कर्मचारी सङ्ख्यामा गतवर्षको तुलनामा केही कमी आएको छ ।  जीडीपीमा बीमा शुल्कको अनुपात झन्डै साढे ३ प्रतिशत चालू आर्थिक वर्षको अन्त्यसम्ममा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कुल बीमाशुल्क सङ्कलनको अनुपात करीब ३ दशमलव ४८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । गत आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा कुल बीमाशुल्क सङ्कलनको अनुपात झन्डै ३ दशमलव ६० प्रतिशत थियो । मर्जर तथा एक्विजिशनमा तीव्रता प्राधिकरणले बीमा कम्पनीहरूको चुक्तापूँजी वृद्धिको निर्णय गरेपश्चात् चुक्तापूँजी पुर्‍याउन २०८० वैशाख मसान्तसम्ममा १० ओटा निर्जीवन बीमा कम्पनी मर्जर भई ५ ओटा र ७ ओटा जीवन बीमा कम्पनी मर्जर भई ३ ओटा भएका छन् । यससँगै अब बीमकको सङ्ख्या ४१ बाट घटेर ३२ ओटा कायम भएको छ । बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका  प्राधिकरणले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ लाई २०८० वैशाख ३ गते संशोधन गरी ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०८०’ जारी गरेको छ । निर्देशिकामा २०७९ साल चैत मसान्तभित्र चुक्तापूँजी कायम गर्न नसक्ने बीमकले मनासिव कारण सहित निवेदन दिएमा प्राधिकरणले यस निर्देशिका बमोजिमको चुक्तापूँजी २०८० असारमसान्तभित्र कायम गर्नेगरी म्याद थप गर्न सक्ने व्यवस्था गरिएको छ ।  बीमकको लगानी सम्बन्धी निर्देशन प्राधिकरणले बीमा क्षेत्रबाट हुने लगानीलाई व्यवस्थित, लाभदायी र सुरक्षित बनाउन तथा राष्ट्रिय पूर्वाधारका क्षेत्रहरूमा लगानी गर्न बीमकको लगानी सम्बन्धी निर्देशनहरू जारी गरेको छ । प्राधिकरणबाट जारी लगानी सम्बन्धी निर्देशनहरूमा लघुनिर्जीवन बीमकको लगानी निर्देशन, २०७९, लघुजीवन बीमकको लगानी निर्देशन, २०७९, पुनर्बीमकको लगानी निर्देशन, २०७९, निर्जीवन बीमकको लगानी निर्देशन, २०७९ र जीवन बीमकको लगानी निर्देशन, २०७९ रहेका छन् । प्राधिकरणबाट जारी निर्देशनहरू बमोजिम बीमकहरूले सम्बन्धित सरकारी निकायबाट स्वीकृति प्राप्त घरजग्गा व्यवसाय, कृषि उत्पादन तथा वितरण, शीतभण्डार, पर्यटन उद्योग, जलविद्युत्, सौर्य ऊर्जा लगायतका नवीकरणीय ऊर्जा परियोजना, विद्युत्लाइन, केवलकार, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न पाउनेछन् । बीमकको शाखा कार्यालय स्थापना सम्बन्धी निर्देशिका प्राधिकरणले इजाजतपत्र प्राप्त बीमकको शाखा कार्यालय स्थापना गर्ने कार्यलाई व्यवस्थित बनाउने उद्देश्यले बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ । प्राधिकरणबाट २०७९ चैत १६ गते जारी मार्गदर्शनमा बीमकहरूले बीमाको दायरामा नआएका, बीमकहरूको उपस्थिति न्यून रहेका र कुनै पनि बीमा कारोबार गर्ने इकाइ नभएका गाउँपालिका वा नगरपालिकामा शाखा कार्यालय खोल्न प्राथमिकता दिनुपर्ने उल्लेख छ । बीमकहरूका प्रदेश कार्यालय र शाखा तथा उपशाखा कार्यालयबाट कृषि, पशुपन्छी तथा अन्य बीमा सेवा समेत प्रदान गर्नुपर्ने, शाखा कार्यालयलाई कम्तीमा साना बीमा दाबी भुक्तानी, जोखिमाङ्कन, बीमा बजारीकरण र कार्यालय व्यवस्थापन सम्बन्धी अधिकारहरू प्रत्यायोजन गर्नुपर्ने, कार्यबोझ अनुसार कर्मचारीहरूको व्यवस्थापन गर्नुपर्ने लगायतका व्यवस्था गरिएका छन् । विदेशमा बीमकहरूले शाखा कार्यालय स्थापना गर्न सक्ने सम्बन्धी व्यवस्था प्राधिकरणले जारी गरेको बीमकका शाखा कार्यालय सम्बन्धी निर्देशिका, २०७९ मा बीमकहरूले विदेशमा शाखा तथा सम्पर्क/प्रतिनिधि कार्यालय स्थापना गर्ने सम्बन्धी व्यवस्था गरिएको छ । बीमकहरूले विदेशमा शाखा कार्यालय वा सम्पर्क/प्रतिनिधि कार्यालय स्थापना गर्न प्राधिकरणबाट पूर्वस्वीकृति लिनुपर्ने, शाखा वा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्न चाहेका मुलुकले तोकेका मापदण्ड अनुरूप सहमति लिई अन्तिम स्वीकृतिका लागि प्राधिकरण समक्ष निवेदन दिनुपर्ने, सम्बन्धित देशको नियामक निकायले तोकेको पूँजी पूरा गर्नुपर्ने र त्यस्तो पूँजी विदेशी मुद्रामा लगानी गर्न कानून बमोजिम सम्बन्धित निकायको स्वीकृतिपत्र प्राधिकरणमा पेश गर्नुपर्ने लगायत व्यवस्था निर्देशिकामा रहेका छन् । जीवन बीमकको बीमाङ्की मूल्याङ्कन सम्बन्धी निर्देशिका, २०७७ संशोधन प्राधिकरणले बीमकहरूको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न र बीमितहरूको हित संरक्षण गर्न जीवन बीमकको बीमाङ्की मूल्याङ्कन सम्बन्धी निर्देशिका, २०७७ संशोधन गरेको छ । संशोधित निर्देशिकामा बीमितको हित संरक्षण गर्नका लागि फ्युचर बोनस सम्बन्धी व्यवस्था थप गरिएको छ । उक्त व्यवस्था बमोजिम आर्थिक वर्ष २०७८/७९ मा फ्युचर बोनस जम्मा ३५ प्रतिशत व्यवस्था गर्न सबै जीवन बीमा कम्पनीहरूलाई प्राधिकरणले निर्देशन दिएको छ । निर्देशिका लागू भएको मितिबाट ५ वर्षभित्र फ्युचर बोनस ५० प्रतिशत पूरा गर्नुपर्नेछ ।

सम्बन्धित सामग्री

नेजा स्थापना दिवस मनाईने

काठमाडौं– नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आफ्नो ‘स्थापना दिवस’ मनाउने भएको छ ।  संघका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा नेजा कार्यसमितिको जनवरी २०, २०२४ मा सम्पन्न बैठकले ‘अप्रिल २१’ लाई संस्थाको ‘स्थापना दिवस’ का रुपमा मनाउने निर्णय गरेको हो ।  संस्थाको विशेष दिन अर्थात्  ‘स्थापना दिवस’ को मितिलाई सबै दृष्टिकोणबाट उपयुक्त एवं सर्वमान्य बनाउनका लागि वर्तमान […]

एनएमएले स्थापना दिवस मनाउने

नेपाल पर्वतारोहण महासंघ (एनएमए)ले ५० औं स्थापना दिवस मनाउने भएको छ। महासंघले यही कात्तिक १५ गते विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउन लागेको हो।...

छथर जोरपाटी गाउँपालिकाले छैटौं स्थापना दिवस मनायो

तेह्रथुम । छथर जोरपाटी गाउँपालिको आफ्नो छैटौं स्थापना दिवस शनिबार मनाएको छ । गाउँपालिका स्थापना भएको ६ वर्ष पुरा भएको उपलक्ष्यमा गाउँपालिकाले आफ्नो छैटौं स्थापना दिवस मनाएको हो । विभिन्न जातजातिहरुको मौलिक संस्कृति झल्काउने झाँकीका साथ गाउँपालिकाले स्थापना दिवस मनाएको छ । स्थापना दिवस कोशी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाईको प्रमुख आतिथ्यतामा […]

नेपाल स्काउटको ७१ औं स्थापना दिवस

नेपाल स्काउटले आइतबार ७१ औं स्थापना दिवस भव्यताको साथ मनाएको छ । स्काउटको राष्ट्रिय कार्यलयमा आफनो ७१ औं स्थापना दिवस मनाएको हो । स्थापना दिवस कार्यक्रममा बोल्दै स्काउटका केन्द्रीय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले नेपाल स्काउट अब प्रत्येक विद्यालयमा पु¥याउने बताए ।उनले स्काउटमा विभिन्न फोरमहरूमा स्काउट लिडरको उल्लेखनीय सहभागिता रहँदै आएको बताए । संयोजक भण्डारीले […]

लुम्बिनी प्रदेशले स्थापना दिवस दाङमा मनाउँदै

३ फागुन, दाङ । लुम्बिनी प्रदेश सरकारले आज प्रदेश सरकारको स्थापना दिवस मनाउँदै छ । राजधानी दाङमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश राजधानीका धेरैजसो काम प्रदेश मुकाम बुटवलबाट सञ्चालन भइरहे पनि स्थापना दिवस भने दाङको देउखुरीमा मनाउने तयारी गरिएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले स्थापना […]

लुम्बिनी सरकारकाे स्थापना दिवस, आज प्रदेशभर सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले आज मंगलबार आफ्नो प्रदेश स्थापना दिवस मनाउँदै छ । प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश सरकारको सबै काम कारवाही बुटवलबाटै हुँदै आएको भए पनि स्थापना दिवस भने दाङमा मनाउन लागेको हो ।कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यान दिँदै सीमित संख्यामा सहभागी गराएर स्थापना दिवस मनाउन लागिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम केसीले जानकारी दिए । उनका अनुसार स्थापना दिवसमा प्रदेश सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, कार्

लुम्बिनी प्रदेशले तीन दिनसम्म स्थापना दिवस मनाउने

लुम्बिनी प्रदेश सरकाले तीन दिनसम्म स्थापना दिवस मनाउने भएको छ । आइतबार, सोमबार र मंगलबार स्थायी राजधानी दाङमा प्रदेश स्थापना दिवस मनाइने भएको हो ।

लुम्बिनी सरकारले तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने

लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रमसहित तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने भएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माका अनुसार फागुन १–३ सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो । प्रदेशको राजधानी दाङ तोकिएकाले सोही स्थानमा तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो । कोभिड सङ्क्रमणको जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै प्रतिकात्मक रूपमा स्थापना दिवस मनाउने गरी प्रदेश सरकारले योजना बनाएको मन्त्री शर्माले जानकारी दिएका छन् ।

लक्ष्मी ग्रुपको ४८औं स्थापना दिवस

मिठाइ उत्पादनबाट व्यवसाय थालेको लक्ष्मी ग्रुपले आफ्नो ४८औं स्थापना दिवस मनाएको छ।

राप्रपाको ३१ औं स्थापना दिवस मनाइयो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो ३१ औं स्थापना दिवस शनिबार मनाएको छ । कोरोना कहरका कारण स्थापना दिवस यो पटक भर्चुअल माध्यमबाट एक कार्यक्रम आयोजना गरि आज मनाइएको हो । कार्यक्रममा पार्टीका संस्थापक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफ्नो भक्तपुरस्थित लोकन्थलीस्थित निवासमा दिप प्रज्ववल गरि समुद्घाटन गरेका थिए । नेता चन्दले राप्रपालाई बलियो   राष्ट्रबादी शक्ति बनाउनको निमित्त सबैले मेहनत गर्नुपर्ने र अहिले मुलुकलाई बैकल्पिक शक्तिको आबश्यकता रहेको बिचार ब्य