अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी)ले स्थायी समिति बैठक सुरु भएको छ । सत्तारुढ गठबन्धन दल एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन सहमत देखिएपछि नेकपा एकीकृत समाजवादीले बैठक बोलाएको हो ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गर्ने सत्ता गठबन्धनले निर्णय गरेको थियो । बैठकपछि काँग्रेस नेता रामचन्द्र पौडेलले व्याख