अवैध लागू पदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने छ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले संयुक्त रूपमा पुतली बजार नगरपालिका –४ नौ डाँडा लगायत सिद्धार्थ राजमार्गमा चेकिङको क्रममा पहरी पक्राउ गरेको हो ।