विद्युत प्राधिकरणले समयमा प्रसारणलाइन निर्माण गर्न सकेन्, खेर जाने भयो ५० मेगावाट बिजुली

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले समयमै प्रसारणलाइन निर्माण नगर्दा  लिबर्टी इनर्जी र सिंगटी हाइड्रोको ५० मेगावाट विद्युत खेर गइरहेको

सम्बन्धित सामग्री

परिसंघका पदाधिकारी र ऊर्जामन्त्रीबीच छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधमण्डलले शुक्रवार मन्त्रालयमा मुलुकको अर्थतन्त्र, ऊर्जालगायत विषयमा छलफल गरेको हो ।  परिसंघका अध्यक्ष अग्रवालले जलविद्युत् आयोजनाको विद्युत् खरीद सम्झौता (पीपीए) खुला गर्न आग्रह गरे । प्रधानमन्त्रीको हालै भएको भारत भ्रमणका क्रममा भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरीद गर्ने समझदारी गरिसकेकाले जलविद्युत् आयोजनाको पीपीए पूर्ण रूपमा खुलाइनुपर्नेमा उनले जोड दिए ।  यसैगरी नेपाल विद्युत् प्राधिकरणको पुन:संरचना, प्रसारणलाइन निर्माण तथा विद्युत् व्यापारमा निजीक्षेत्रको संलग्नता गराउन उनले आग्रह गरे । विद्युत् निर्यात हुँदै गर्दा स्वदेशमै रहेका उद्योगले सहज रूपमा विद्युत् नपाइरहेको उनले बताए । यसले उद्योगहरूको उत्पादन लागत बढाएको उनको भनाइ छ । मन्दीमा रहेको अर्थतन्त्र उकास्न बजेटको प्रभावकारी कार्यान्वयनमा उनले जोड दिए । सो अवसरमा मन्त्री बस्नेतले समग्र ऊर्जाको विकासका लागि निजीक्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताए ।

देखापढी विजिनेश न्यूज

काठमाडौं।नेपाल विद्युत प्राधिकरणले मधेस प्रदेशमा चार हजार मेगावाट विद्युत खपत गर्ने दक्षिण करिडोर प्रसारण लाइन बनाउने भएको छ।लघुबीमा कम्पनीको रूपमा काम गर्न सातवटा कम्पनी छनौट भए।खेतीको क्षेत्रफल घटेपनि यसवर्ष झापामा धानको उत्पादकत्व बढ्यो। एमसीसी परियोजनाले ३१५ किलोमिटर प्रसारणलाइन निर्माण गर्न ठेक्का आह्वान गरेको छ।भारतको नयाँदिल्ली र बनारस उडान गर्न बुद्ध एयरले पोखरा विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङको अनुमति माग्यो।

सुपर दोर्दी ‘ख’ ले प्रसारण लाइनको वातावरणीय परीक्षण गर्ने

लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाट सुपर दोर्दी ख जलविद्युत आयोजनाले विद्युत प्रशारण लाइनको परिमार्जित वातावरणीय परीक्षण गर्ने भएको छ । गत वर्ष आएको बाढीका कारण प्रसारण लाइनमा क्षति पुगेपछि पुनर्निर्माणका लागि परिमार्जित वातावरणीय परीक्षण गर्नुपरेको आयोजनाले जनाएको छ ।आयोजनाले राष्ट्रिय प्रसारणलाइन निर्माण गरेको दोर्दी गाउँपालिका–६ र ७ अन्तर्गत क्षेत्रमा क्षति पुगेपछि पुनर्निर्माणका लागि पुनः […]

दुई ठूला सिमेन्ट उद्योगलाई विद्युत्

काठमाडाैं । वैदेशिक लगानीका दुईओटा ठूला सिमेन्ट उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले बिजुली उपलब्ध गराउने भएको छ । डिजेलको प्रयोगबाटै व्यावसायिक उत्पादन थालेको होङ्सी शिवम् सिमेन्टले ३ वर्षपछि उद्योगमा बिजुली पाउँदै छ भने निर्माणाधीन हुवासिन सिमेन्टले पनि विद्युत् पाउने भएको छ । कात्तिक अन्तिमसम्ममा परीक्षण उत्पादन थाल्ने तयारीमा रहेको हुवासिन सिमेन्टलाई विद्युत् उपलब्ध गराउन मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत धादिङको सिद्धलेकमा रहेको स्वीचिङ स्टेशनलाई चार्ज गरिएको छ । उद्योगले सबस्टेशन बनाई तयार भइसकेको जानकारी गराउनासाथ विद्युत् उपलब्ध गराउने प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । धादिङमा निर्माणाधीन हुवासिन सिमेन्टका नेपाली लगानी साझेदार सुरज वैद्यले विद्युत्का लागि आवश्यक सबस्टेशनहरू उद्योगले तयार गरेको बताए । यही महीनाको अन्तिमसम्ममा परीक्षण उत्पादन गरिने पनि उनले जानकारी दिए । उद्योगले नै आपैm सबस्टेशन बनाइसकेको भन्दै उनले अब विद्युत् परीक्षणका लागि तयारी गरिएको बताए । दैनिक ३ हजार मेट्रिकटन सिमेन्ट उत्पादन लक्ष्य राखेको भन्दै वैद्यले अहिले उद्योगमा आवश्यक मेशिनहरू जडान भइसकेको जानकारी दिए । उद्योगमा अधिकतम जनशक्ति नेपालकै उपयोग गर्ने उनको भनाइ छ । उद्योगले २० मेगावाट विद्युत् माग गरेको छ । होङ्सी र हुवासिन २ सिमेन्ट उद्योगमा ५२ मेगावाट विद्युत् खपत हुनेछ । नवलपरासीमा सञ्चालित होङ्सी शिवम् सिमेन्टले ३२ मेगावाट विद्युत् मागको प्रस्ताव प्राधिकरणलाई गरिसकेको छ । २०७५ जेठदेखि व्यावसायिक रूपमा सिमेन्ट उत्पादन गर्दै आएको होङ्सीले यही तिहारअघि वा तिहारलगत्तै विद्युत् पाउने बताइएको छ । रू. ३६ अर्ब लगानीको उक्त सिमेन्ट उद्योगलाई नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको बर्दघाट–सर्दी (१३२ केभी) प्रसारणलाइन आयोजनाले बिजुली उपलब्ध गराउनेछ । उक्त प्रसारणलाइन निर्माण शुरू गरी २०७६ चैतमा उद्योगसम्म विद्युत् पु¥याउने लक्ष्य आयोजनाले राखेको भए पनि रूख कटान, टावर व्यवस्थापन र पछिल्लो समय देखिएको कोरोना भाइरसका कारण निर्माणमा अवरोध हुँदा विद्युत् दिने भाखा सरेको थियो । आयोजना प्रमुख हरि पाण्डेले केही दिनदेखि परेको झरीका कारण केही दिन ढिलाइ हुन सक्ने सम्भावना रहेको भए पनि तिहारअघि वा पछि तुरुन्तै उद्योगले बिजुली पाउने जानकारी दिए । ‘उद्योगलाई कात्तिक १५÷१६ गतेसम्ममा बिजुली उपलब्ध गराउने निश्चित थियो,’ उनले भने, ‘केही दिनयता परेको पानीका कारण केही दिन ढिलाइ भए पनि यही महीनाभित्र उद्योगले बिजुली पाउनेछ ।’ यी दुईओटै सिमेन्ट उद्योगमा लगानीको अधिकांश अंश चिनियाँ लगानीकर्ताको छ । नेपालमा वैदेशिक लगानी ठूला सिमेन्ट उद्योगमा यी पर्छन् । होङ्सी सिमेन्ट उद्योगका अधिकारीले विद्युत् उपलब्ध हुने वित्तिकै अहिलेको उत्पादनलाई दोब्बर गरिने तयारी गरेको बताए । उत्पादन दोब्बर बनाउन लगानी पनि थपिने जानकारी दिए । पहिलो चरणमा हाल दैनिक ६ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले बिजुलीको गुणस्तर हेरेर लगानी थप्दै दोब्बर अर्थात् दैनिक १ हजार २०० मेट्रिकटन सिमेन्ट उत्पादन गर्नेछ ।

खेर जाँदै बिजुली

चार वर्षअघि नेपाल र भारतका संयुक्त प्राविधिक समूहले आगामी २४ हजार ५ सय मेगावाट बिजुली बेच्ने र यसका लागि ११ अन्तरदेशीय प्रसारणलाइन निर्माण बनाउने योजना बनायो । गुरुयोजनाअघि नै निर्माण सुरु भएको दुई देश जोड्ने ढल्केबर–मुन्जफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन निर्माण सम्पन्न भए पनि अन्य कुनै सुरु भएका छैनन् ।