दुई ठूला सिमेन्ट उद्योगलाई विद्युत्

काठमाडाैं । वैदेशिक लगानीका दुईओटा ठूला सिमेन्ट उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले बिजुली उपलब्ध गराउने भएको छ । डिजेलको प्रयोगबाटै व्यावसायिक उत्पादन थालेको होङ्सी शिवम् सिमेन्टले ३ वर्षपछि उद्योगमा बिजुली पाउँदै छ भने निर्माणाधीन हुवासिन सिमेन्टले पनि विद्युत् पाउने भएको छ । कात्तिक अन्तिमसम्ममा परीक्षण उत्पादन थाल्ने तयारीमा रहेको हुवासिन सिमेन्टलाई विद्युत् उपलब्ध गराउन मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत धादिङको सिद्धलेकमा रहेको स्वीचिङ स्टेशनलाई चार्ज गरिएको छ । उद्योगले सबस्टेशन बनाई तयार भइसकेको जानकारी गराउनासाथ विद्युत् उपलब्ध गराउने प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । धादिङमा निर्माणाधीन हुवासिन सिमेन्टका नेपाली लगानी साझेदार सुरज वैद्यले विद्युत्का लागि आवश्यक सबस्टेशनहरू उद्योगले तयार गरेको बताए । यही महीनाको अन्तिमसम्ममा परीक्षण उत्पादन गरिने पनि उनले जानकारी दिए । उद्योगले नै आपैm सबस्टेशन बनाइसकेको भन्दै उनले अब विद्युत् परीक्षणका लागि तयारी गरिएको बताए । दैनिक ३ हजार मेट्रिकटन सिमेन्ट उत्पादन लक्ष्य राखेको भन्दै वैद्यले अहिले उद्योगमा आवश्यक मेशिनहरू जडान भइसकेको जानकारी दिए । उद्योगमा अधिकतम जनशक्ति नेपालकै उपयोग गर्ने उनको भनाइ छ । उद्योगले २० मेगावाट विद्युत् माग गरेको छ । होङ्सी र हुवासिन २ सिमेन्ट उद्योगमा ५२ मेगावाट विद्युत् खपत हुनेछ । नवलपरासीमा सञ्चालित होङ्सी शिवम् सिमेन्टले ३२ मेगावाट विद्युत् मागको प्रस्ताव प्राधिकरणलाई गरिसकेको छ । २०७५ जेठदेखि व्यावसायिक रूपमा सिमेन्ट उत्पादन गर्दै आएको होङ्सीले यही तिहारअघि वा तिहारलगत्तै विद्युत् पाउने बताइएको छ । रू. ३६ अर्ब लगानीको उक्त सिमेन्ट उद्योगलाई नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको बर्दघाट–सर्दी (१३२ केभी) प्रसारणलाइन आयोजनाले बिजुली उपलब्ध गराउनेछ । उक्त प्रसारणलाइन निर्माण शुरू गरी २०७६ चैतमा उद्योगसम्म विद्युत् पु¥याउने लक्ष्य आयोजनाले राखेको भए पनि रूख कटान, टावर व्यवस्थापन र पछिल्लो समय देखिएको कोरोना भाइरसका कारण निर्माणमा अवरोध हुँदा विद्युत् दिने भाखा सरेको थियो । आयोजना प्रमुख हरि पाण्डेले केही दिनदेखि परेको झरीका कारण केही दिन ढिलाइ हुन सक्ने सम्भावना रहेको भए पनि तिहारअघि वा पछि तुरुन्तै उद्योगले बिजुली पाउने जानकारी दिए । ‘उद्योगलाई कात्तिक १५÷१६ गतेसम्ममा बिजुली उपलब्ध गराउने निश्चित थियो,’ उनले भने, ‘केही दिनयता परेको पानीका कारण केही दिन ढिलाइ भए पनि यही महीनाभित्र उद्योगले बिजुली पाउनेछ ।’ यी दुईओटै सिमेन्ट उद्योगमा लगानीको अधिकांश अंश चिनियाँ लगानीकर्ताको छ । नेपालमा वैदेशिक लगानी ठूला सिमेन्ट उद्योगमा यी पर्छन् । होङ्सी सिमेन्ट उद्योगका अधिकारीले विद्युत् उपलब्ध हुने वित्तिकै अहिलेको उत्पादनलाई दोब्बर गरिने तयारी गरेको बताए । उत्पादन दोब्बर बनाउन लगानी पनि थपिने जानकारी दिए । पहिलो चरणमा हाल दैनिक ६ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले बिजुलीको गुणस्तर हेरेर लगानी थप्दै दोब्बर अर्थात् दैनिक १ हजार २०० मेट्रिकटन सिमेन्ट उत्पादन गर्नेछ ।

सम्बन्धित सामग्री

भ्रष्टाचारविरुद्ध केही समयभित्रै ठूला-ठूला एक्सन हुदैँछन्ः प्रधानमन्त्री दाहाल

काठमाडौँ-प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ केही समयभित्र भ्रष्टाचारविरुद्ध ठूला- ठूला एक्सन हुन लागेको बताएका छन्। प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम २१ औँ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री दाहालले भने,  ‘१० वर्षे जनयुद्धमा को कति बेला मारिने हो अत्तोपत्तो नहुनेगरी […]

आर्थिक संकट मोचनका लागि ठूला–ठूला भ्रष्टाचारको छानबिन गरौं– धनराज गुरुङ

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले देश आर्थिक संकटमा गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद् गुरुङले आर्थिक सुशासन कायम गरी संकट मोचनका लागि हालसम्म भएको ठूला–ठूला भ्रष्टाचार छानविन गर्नुपर्ने बताएका हुन् । ‘एकातिर मुलुक चरम आर्थिक संकटमा गुज्रिरहेको छ […]

समावेशी प्रतिनिधित्व ठूला दललाई समस्या

काठमाडौं, कात्तिक १ । आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा ठूला राजनीतिक दलहरूले नै युवाको र समावेशी प्रतिनिधित्वको एजेन्डामा दयनीय बनेका छन् । राजनीतिक परिवर्तनसँगै समानुपातिक, समावेशीता र युवा प्रतिनिधित्वको एजेन्डा स्थापित गराउन लागेका ठूला दलहरू नै उक्त विषय कार्यान्वयनमा कमजोर बनेका हुन् । प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), […]

सल्यानमा ठूला दलका ठूला नेता चुनावमा पछारिए

सल्यान : सल्यानमा क्रियाशील राजनीतिक  दलका ठूला नेताहरू नै स्थानीय तहको निर्वाचनमा पराजित भएका छन्। जिल्लाका ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, र नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष तथा जिम्मेवार नेताहरू नै स्थानीय तहको निर्वाचनमा पराजित भएका छन्।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा थोरै मतले ध्रुवराज पुरीसँग विजयी भएका नेपाली कांग्रेसका जिल्ला सभापति केशव बहादुर विष्टले छत्रेश्वरी गाउँपालिका सल्यानमा नेकपा एमालेका जिल्ला सचिव ओज बहादुर बुढाथोकीसँग १ हजार २ सय ६९

‘ठूला पार्टीले देशलाई असफलताको बाटोमा धकेलिरहेका छन्’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक पार्टीहरुले देशलाई असफल राष्ट्रको बाटोमा धकेलिरहेको बताएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले देशका ठूला राजनीतिक पार्टी र ठूला नेताहरुले देशलाई असफल राष्ट्र बनाउन लागेको बताएका हुन् ।ठूला पार्टीहरू देशलाई असफल राष्ट्र बनाउने काममा एक अर्काको सहयोगी बनिरहेको उनले बताए । उनले राप्रपा देशलाई असफल राष्ट्र बन्न नदिन क्रियाशील रहेको पनि बताए ।  अध्य

भारतका दुई ठूला मल्टिप्लेक्सबीच मर्जरको घोषणा

काठमाडौं । भारतका दुई ठूला मल्टिप्लेक्स चेनबीच मर्जरको घोषणा भएको छ । कोभिड-१९ महामारीले थलिएको फिल्म उद्योगलाई जोगाउन यस्तो कदम चाल्नुपरेको उनीहरुले जनाएका छन् । रोयटर्सका अनुसार पीभीआर र आइनक्स लिजरले दुई ठूला मल्टिप्लेक्सबीच मर्जर गर्ने घोषणा गरेका हुन् । यी दुईबीच मर्जर भए १०९ सहरमा १ हजार ५०० पर्दा हुनेछन् । मर्जरको घोषणा गर्दै […]

भूमेका सबै ठूला बस्तीमा सडक

रुकुम (पूर्व) : भूमे गाउँपालिकाका सबै ठूला मुख्य बस्तीमा सडक सञ्जालको पहुँच पुगेको छ। स्थानीय सरकार हुनुअघि गाउँपालिका मध्यपहाडी राजमार्ग र सहिद मार्गको मात्र पहुँचमा रहेको थियो। हाल भूमेका सबै ठूला मुख्य बस्तीमा सडक सञ्जालको पहुँच पुगेको हो।संघीयता कार्यान्वयन भएको ५ वर्ष पुग्नै लाग्दा भूमेका सबै ठूला मुख्य बस्तीमा सडक सञ्जालको पहुँचमा पुगेको छ। चुनावमा मतदातासँग गरिएको महत्त्वपूर्ण प्रतिबद्धतामध्ये एक सडकतर्फ सोचेअनुसारको विकास भएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरको प्रतिक्रिया रहेको छ।आफ

ठूला भ्रष्टाचारका फाइल अख्तियारको दराजमा बन्द भए : उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ठूला–ठूला भ्रष्टाचार काण्डको छानबिन नभएको बताएका छन् । उनले ठूला नेता–कर्मचारी पर्छन् भनेर अख्तियारको घर्रामा फाइल बन्द भएर बसेको बताए ।

खाएर ठूला भए

लफङ्गा पनि स्तुति गाएर ठूला भए बेलुका बिहान दैलामा धाएर ठूला भए।। अहिले त आ–आफै मपाईँ भन्न थाले उहिलेका जन जनमा छाएर ठूला भए।। चियो चर्चाका कन्सुत्ला यहाँ कति कति यताका कुरा कता कता लाएर ठूला भए।। झुटो बिक्छ बजारमा किनबेचका लस्कर कोही कोही साँचो लेख्ने शायर ठूला भए।। खुशी तुल्याए ढाड कन्याइ बेला बेलामा […]