बैंकहरू कोभिडको तेस्रो लहर थेग्न सक्षम छन्

कोभिड—१९ को तेस्रो लहर आउने अनुमानका बीच बैंकिङ क्षेत्रलाई कस्तो प्रभाव पार्ला ? हामीले कोभिड महामारीको दुईवटा चरण भोगिसकेका छौं । पहिलो लहरमा मानिस धेरै त्रसित भएका थिए । संक्रमितको संख्या कम भए पनि मान्छेहरूमा डर धेरै थियो । त्यो बेला कतिपय मानिसमा अब व्यवसाय डामाडोल भयो, फेरि पहिलाकै अवस्थामा सञ्चालन गर्न सकिँदैन कि भन्ने सोच पनि आएको थियो । तर, दोस्रो लहरको संक्रमणसम्म आइपुग्दा संक्रमितको संख्या धेरै भए पनि सुरक्षाका मापदण्ड अपनाउँदै व्यवसाय सञ्चालन गर्न सक्छौं भने आत्मविश्वास देखियो । गत वर्ष पहिलो त्रैमासमा कोभिडको प्रभावले व्यवसाय त्यति वृद्धि नभए पनि दोस्रो त्रैमासबाट भने यति राम्रोसँग व्यवसाय विस्तार भयो कि अघिल्ला वर्षमा भन्दा बैंकहरूको व्यवसायको विस्तार राम्रो भयो । आयात निर्यातसँगै व्यावसायिक क्रियाकलाप बढेका छन् । जसका कारण बैंकको ऋण तिर्नेको संख्या पनि एकदमै राम्रो बढेको छ । पहिलो लहरमा सर्वसाधारणमा रहेको त्रास दोस्रो लहरसम्म आइपुग्दा सहज भएसँंगै आर्थिक क्रियाकलाप बढेका छन् । जसको कारण पछिल्ला महिनामा बैंकहरूलाई ऋण असुलीमा पनि त्यति धेरै समस्या भएन । पहिलोपटक डराएका सर्वसाधारण दोस्रो लहर आउदासम्म त्यसलाई झेल्नका लागि तयार भइसकेका थिए । अब तेस्रो लहर आए पनि यसलाई झेल्नका लागि सर्वसाधारण अझ तयार भएर बसेका छन् । यसको एउटा मुख्य कारण कोभिडविरुद्धको खोप लगाउने जनसंख्या बढिरहेको छ । तेस्रो लहर आयो भने व्यवसायलाई अलिकति असर त गर्छ नै । तर एकदमै धेरै खत्तम नै हुन्छ जस्तो लाग्दैन । बैंकहरूमा पनि केही असर परे पनि केही समयमा वा अर्को त्रैमासमा पुग्दासम्म सामान्य हुन्छ ।

सम्बन्धित सामग्री

चीनमा कोभिडको नयाँ लहर

काठमाडौं । चीनको बेइजिङस्थित एक शव दाह गृहबाहिर निजी सवारीसाधनलाई आलोपालो गरेर पठाइँदै । कोभिड १९ को प्रकोप बढेसँगै त्यहाँ मृतकको संख्या बढेको छ भने शववाहनको अभावमा निजी सवारीसाधनले नै शव बोकिरहेका छन् । तस्बिरस् रोयटर्स कोभिड १९ संक्रमणको नयाँ लहर सुरु भएसँगै चीनका प्रमुख सहरका सडकहरू सुनसान देखिन थालेका छन्।भाइरसबाट बच्न सर्वसाधारण घरमै बस्न […]

युरोपमा कोभिडको नयाँ लहर आउनसक्ने

युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले युरोपमा कोभिड १९ को नयाँ लहर आउनसक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ । सो एजेन्सीले कोभिड १९ को महामारी पूर्ण रुपमा टरेको नभएर अहिले केही कम मात्र भएको भन्दै युरोपमा अर्काे लहर आउन सक्ने भएकाले तयार रहन भनेको हो । मङ्गलबार युरोपियन मेडिसिन एजेन्सीले युरोपका देशहरुमा अहिले …

इरानमा कोभिडको सातौँ लहर

इरानका स्वास्थ्यमन्त्रीले देशमा कोभिड १९ सातौँ लहर आएको  जानकारी दिएका छन् । स्वास्थ्यमन्त्री बहराम एइनोल्लाहीले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएको बताएका हुन्। आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएकाले थप सतर्कता अपनाउन आग्रह गरेका छन्  ।उनले सबै इरानीहरुलाई कोभिड खोपको बुस्टर मात्रा लिन र महामारीबाट बच्नका लागि आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह  गरेका छन्। स्वास्थ्यमन्त्री बहरामले आइतबार  पाँच हजार ७०० भन्दा बढी न

इरानमा कोभिडको सातौँ लहर आएको स्वास्थ्यमन्त्रीको भनाई

इरानका स्वास्थ्यमन्त्रीले यहाँ कोभिड १९ महामारीको सातौँ लहर आएको यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन्। इरानमा स्वास्थ्यमन्त्री बहराम एइनोल्लाहीले इरानमा कोरोना महामारीको सातौँ लहर सुरु भएको बताएका हुन्।

हङकङमा कोभिडको पाँचौ लहर : संक्रमित बढेसँगै स्वास्थ्य सेवा अस्तव्यस्त

कोभिड १९ संक्रमणका कारण हङकङको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीहरुको चाप बढेको छ । १० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना हुन पालो कुरिरहेका छन् ।हङकङमा अहिले कोभिडको पाँचौ लहर चलेको छ । संक्रमण बढे पनि लकडाउन भने गरिएको छैन् । बुधबार मात्र ४ हजार २८५ नयाँ संक्रमित भेटिएका थिए । पछिल्लो २४ घन्टामा कोभिडका कारण एक तीन वर्षीया बालिकासहित नौ जनाको मृत्यु भएको छ । विज्ञहरुले हङकङमा दैनिक संक्रमितको संख्या २८ हजारसम्म

के भारतले कोभिडको तेस्रो लहर रोक्न सक्छ ?

गत अप्रिल र मेमा कोरोनाको दोस्रो लहरले निकै थलिएको भारत हाल बौरिन थालेको छ । तर विज्ञले केही महिनामा तेस्रो लहर पनि आउन सक्ने भन्दै चेतावनी दिएका छन् ।अदालतले राज्य सरकारलाई यसका लागि के कति तयारी छ भनेर सोधपुछ गरेको छ । कति विज्ञले त तेस्रो चरण १२ देखि १६ हप्तामा आइपुग्ने चेतावनी दिएका छन् । यस्तै अत्यधिक चर्चामा आएको डेल्टा प्लस भेरियन्टलगायत अन्य भेरियन्टले हालका भ्याक्सिनलाई मत्थर पार्ने हो कि भनेर चिन्तित छन् ।डेल्टा प्लस भेरियन्ट डेल्टासँग सम्बन्धित छ जुन पहिलो पटक भारतमा अघिल्लो वर्ष भेटि

कोभिडको दोस्रो लहर र शासकीय व्यवस्था

संक्रमणको दर मात्रै होइन कि मृत्युदर पनि पहिलो लहरमा भन्दा दोस्रो लहरमा बढी भएकाले दोस्रो लहर पहिलोभन्दा घातकसिद्ध भएको छ । त्यसैले यो लहरमा देशहरूको शासकीय व्यवस्थालाई भ्याक्सिनको मात्रा नाप्ने गरिएको छ, जुन सरकारले जनस्वास्थ्यविद्हरूको सल्लाहअनुसार ७० प्रतिशतभन्दा बढी नागरिकहरूलाई खोप लगाउन सक्छ, त्यो सरकारलाई सफल सरकारका रूपमा मान्नुपर्ने हुन्छ । अर्को शब्दमा भन्नुपर्दा जुन […]

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने आँकलन

एजेन्सी ।  बेलायत सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकले बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् । उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन हजार ३८३ जना यस्ता नयाँ संक्रमित भेटिएको भन्दै यस्तो अवस्था रहेका बताएका हुन् । तेस्रो लहर ल्याउन सक्ने प्रकारका बृटिश प्रजातिका नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका हुन् । उनले बेलायतको वर्तमान अ

भारतमा कोभिडको दोस्रो लहर आर्थिक नभई मानविय संकट

एजेन्सी, ७ जेठ । भारतमा कोभिड–१९ महामारीको दोस्रो लहरले आर्थिक नभई मानविय संकट भएको एक रिपोर्टले बताएको छ । जापानको ब्रोकरेज फर्म नोमुराले बिहीबार जारी गरेको रिपोर्टमा भारतमा अप्रिल–जुन महिनामा गत वर्षको भन्दा बृद्विदर निकै कम हुने उल्लेख गरिएको छ । ब्रोकरेज फर्मलाई उद्र्वत गर्दै भारतीय मिडिया वेबदुनियाले मार्च महिनाको तुलनामा जुन महिनामा अर्थव्यवस्थामा ३.८ […]

कोभिडको दोस्रो लहर : के हाम्रो पूर्वतयारी छ?

महामारीको दोस्रो लहरको सामना गर्नका लागि आजैदेखि सावधानी अपनाएर सचेत बन्न जरुरी छ। यस्तो अवस्थामा सरकारले पनि आफ्ना संयन्त्रलाई सही ढंगले परिचालन गर्नुपर्ने हुन्छ ।