सडकमै जथाभावी पार्किङ

सदरमुकाम बागलुङ बजारमा बसपार्क र जिपपार्क छन् । सडकको एकातर्फ नो पार्किङको बोर्ड पनि छ । तर बजारभरि जथाभावी सवारी पार्किङ गर्ने क्रम भने बढ्दो छ । अटो रिक्सा, पिकअप जिप र मोटरसाइकलको जथाभावी पार्किङले बजारमा सवारी जाम हुने समस्या थपिँदै गएको छ । निर्धारित समयको बेवास्ता गर्दै ट्रकले जथाभावी रोकेर सामान झार्दा बजार झनै अस्तव्यस्त बन्न थालेको छ ।

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरले सडकमा जथाभावी राखिएका पार्किङ हटाउने

वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले सडकमा जथाभावी राखिएका पार्किङ हटाउन आग्रह गरेको छ । वीरगञ्जको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडक खण्डमा भइरहेको जथाभावी पार्किङ हटाउन महानगरले आग्रह गरेको हो । वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहसहितको टोलीले आज (शुक्रबार) बिहान सडकखण्डको स्थलगत अवलोकन गर्दै सडकमै पार्किङ गरेकाे हाे । निर्माण सामग्री राखेर आउजाउ गर्नै […]

सडकमा जथाभाबी ढंगले राखिएका पार्किङ हटाउन वीरगञ्ज महानगरको चेतावनी

वीरगन्ज महानगरपालिकाले सडकमा जथाभावी ढंगले राखिएका पार्किङ हटाउन चेतावनी दिएको छ । वीरगञ्जको बसपार्कदेखि लक्ष्मणवा हुँदै गण्डकसम्म पुग्ने सहायक बाइपास सडकखण्डमा भइरहेको जथाभावी पार्किङ हटाउन महानगरले चेतावनी दिएको हो । महानगर प्रमुख राजेशमान सिंहसहितको टोलीले शुक्रबार बिहान सडकखण्डको स्थलगत अवलोकन गर्दै सडकमै पार्किङ गरिएको र निर्माण सामग्री राखेर आउजाउ गर्नै समस्या बनाएको भेटेपछि तत्काल हटाउन चेतावनी दिइएको हो । सडकमा जथाभावी पार्किङ गर्ने र निर्माण सामग्री असरल्ल पारेर राख्दा आउजाउमा

फुटपाथ खाली गराउँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ खाली गराउन थालेको छ। शनिबारदेखि फुटपाथ खाली गराउने अभियानको सुरुवात गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ। फुटपाथ अतिक्रमण गरेर व्यापार व्यवसाय गर्ने, सडकमै साइकल र ठेलामा सामान बेच्ने, सडक र सडकपेटीमा जथाभावी पार्किङ गर्ने कामलाई निरुत्साहित गर्न अब नियमित रुपमा अभियान सञ्चालन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताए। फुटपाथ खाली गराउन […]

अव्यवस्थित पार्किङले सास्ती

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा व्यवस्थित पार्किङ छैन । व्यवस्थित पार्किङ नहुँदा आधा सडक ढाक्ने गरी मूल सडकमै जथाभावी सवारी साधन पार्किङ हुँदा सर्वसाधारणलाई समस्या पर्ने गरेको छ । यस विषयमा सरोकारवाला निकाय मौन छन् । सर्वसाधारणको बढी आवागमन हुने र जलेश्वरको मुख्य बजार क्षेत्रमै सडक नै ढाक्ने गरी वर्षौंदेखि पार्किङ हुँदै आए पनि सरोकारवाला निकायले समस्या समाधानको अग्रसरता नदेखाएको स्थानीयको गुनासो छ ।

जथाभावी पार्किङले कुरुप बन्दै बेंसीसहर

लमजुङ – उपयुक्त ठाउँमा बसपार्क नहुँदा जिल्लामा सञ्चालित यातायातका सवारी साधन बीच बजार र सडकमै पार्किङ गरी राख्ने गरिएको छ। बेंसीसहर नगरपालिका-७ मा रहेको सहजी र ८ दनाइफाँटमा निर्माण गरिएको बसपार्क उचित नभएकाले सकडमै पार्किङ गर्नुपरेको चालकहरू बताउँछन्। बसपार्क सदरमुकाममै भए पनि मुख्य सडकभन्दा टाढा छ। त्यहाँ सुरक्षा चुनौती पनि छ। त्यसैले बजारकै बीच सडकमै […]

सडकमै पार्किङ: भन्दैनन् ट्राफिक प्रहरी, टेर्दैनन् चालक

सडकमै जथाभावी सवारी साधन पार्किङ गरिँदा पनि नजिकै रहेको ट्राफिक प्रहरीले न कारबाही गर्ने न त उनीहरुलाई सम्झई बुझाई गर्ने भएकाले ट्राफिक प्रहरीलाई सवारी चालकहरु टेर्नै छाडेका छन्।...

नमुना सहरमै छैन बसपार्क र फोहोर व्यवस्थापन

सदरमुकामपछिको दोस्रो ठूलो सहर । सरकारका १० नमुना सहरी आयोजनामा पनि सूचीकृत छ । तर बुर्तिवाङमा अझै न बसपार्क छ, न फोहोरको व्यवस्थापन हुन सकेको छ । ढोरपाटन नगरपालिकाको बुर्तिवाङ सहरबाट उत्पादित फोहोर खोलामा फाल्ने गरिएको छ । लामो तथा छोटो दूरीमा गुड्ने बस सडकमै रोकिराख्दा आवागमनमा समस्या हुने गरेको छ । मालवाहक सवारीसाधन जथाभावी पार्किङ गरिन्छ ।

नमुना सहरमै छैन बसपार्क र फोहोर व्यवस्थापन

सदरमुकामपछिको दोस्रो ठूलो सहर । सरकारका १० नमुना सहरी आयोजनामा पनि सूचीकृत छ । तर बुर्तिवाङमा अझै न बसपार्क छ, न फोहोरको व्यवस्थापन हुन सकेको छ । ढोरपाटन नगरपालिकाको बुर्तिवाङ सहरबाट उत्पादित फोहोर खोलामा फाल्ने गरिएको छ । लामो तथा छोटो दूरीमा गुड्ने बस सडकमै रोकिराख्दा आवागमनमा समस्या हुने गरेको छ । मालवाहक सवारीसाधन जथाभावी पार्किङ गरिन्छ ।

रौतहटमा सवारी साधन पार्किङको सुविधा नहुँदा दुर्घटनाको जोखिम

रौतहटका बजार क्षेत्रमा पार्किङका लागि उचित स्थान नहुँदा मुख्य बजारका सडकमा जथाभावी सवारी साधन पार्किङ हुने गरेका छन् । अस्तव्यस्त पार्किङले बजार निकै कुरुप बन्दै गएको छ भने दुर्घटनाका जोखिम पनि बढ्दै गएको छ । जिल्लाका प्रमुख बजार गौर, गरुडा, कटहरिया, समनपुर, चन्द्रनिगाहपुर लगाएतका ठाँउमा अझैँ पनि व्यवस्थित पार्किङ छैन । जिल्लाको शहर र ग्रामीण भेगका बजारहरुमा मोटरसाइकल लगाएतका सवारी साधन पार्किङको व्यवस्था नहुँदा बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढेको पाइएको छ । जिल्लाको बजारहरुको मुख्य सडक, मानिसहरुको बढी भिडभाड हुने ठाउँ र पसलको सामन्ने सडकमा नै सवारी साधन पार्किङ गर्ने गरिएको कारण दुर्घटनाको जोखिम बढेको छ । अहिले पनि सडकमै जथाभावि सवारी साधन रोकेर सडकलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने गरिएको छ । जिल्लामा रहेको १८ स्थानीय तहमध्ये २ वटा शहरी क्षेत्रमा छन् ।