रौतहटमा सवारी साधन पार्किङको सुविधा नहुँदा दुर्घटनाको जोखिम

रौतहटका बजार क्षेत्रमा पार्किङका लागि उचित स्थान नहुँदा मुख्य बजारका सडकमा जथाभावी सवारी साधन पार्किङ हुने गरेका छन् । अस्तव्यस्त पार्किङले बजार निकै कुरुप बन्दै गएको छ भने दुर्घटनाका जोखिम पनि बढ्दै गएको छ । जिल्लाका प्रमुख बजार गौर, गरुडा, कटहरिया, समनपुर, चन्द्रनिगाहपुर लगाएतका ठाँउमा अझैँ पनि व्यवस्थित पार्किङ छैन । जिल्लाको शहर र ग्रामीण भेगका बजारहरुमा मोटरसाइकल लगाएतका सवारी साधन पार्किङको व्यवस्था नहुँदा बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढेको पाइएको छ । जिल्लाको बजारहरुको मुख्य सडक, मानिसहरुको बढी भिडभाड हुने ठाउँ र पसलको सामन्ने सडकमा नै सवारी साधन पार्किङ गर्ने गरिएको कारण दुर्घटनाको जोखिम बढेको छ । अहिले पनि सडकमै जथाभावि सवारी साधन रोकेर सडकलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने गरिएको छ । जिल्लामा रहेको १८ स्थानीय तहमध्ये २ वटा शहरी क्षेत्रमा छन् ।

सम्बन्धित सामग्री

चालकले नशामा गाडी दाैडाउँदा दशैँकाे मुखमा दुर्घटनाको जोखिम बढ्याे

भक्तपुर : चालकले लागूपदार्थ लिएर सवारीसाधान चलाउने गरेका पाइएको छ। यसरी गाडी चलाउँदा दुर्घटनाको जोखिम बढेको प्रहरीले जनाएको छ। भक्तपुरको जगातीमा गरिएको जाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। ना ६ ख ५१ ९६ नम्बरका ट्रक चालक मकवानपुरको भीमफेदी गाउँपालिका २ भैँसेका २८ वर्षीय राजन विक, बा २ ख ८२ ०५ नम्बरको मिनी ट्रक चालक रोल्पाको जुरा घर भएका २७ वर्षीय दीपक विक र बा ५ ख ५२७७ नम्बरका हाइस चालक धादिङको गल्छी गाउँपालिका ५ का ३४

अवस्था ठिक नभएका सवारी साधन चलाउने २८ जना चालक कारवाहीमा

काठमाडौँ। यान्त्रिक अवस्था ठिक नभएका २८ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँको किर्तिपुरमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा हेण्डब्रेक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका २८ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो । अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी […]

कर्णाली राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम

सुर्खेत– दशैँ लगत्तै बाढी पहिरोले भत्किएको सडक आवश्यक मर्मत नहुँदा कर्णाली राजमार्ग दुर्घटनाको कारक बन्ने देखिएको छ । सवारी साधन मात्र पास गराउनका लागि खोलिएको उक्त सडक अहिले जीर्ण बन्दै गएको छ । प्राय राजमार्ग खाल्डाखुल्डी र धुलाम्मेका साथै साँगुरो हुँदा यातायातका साधनहरु सञ्चालन गर्न हैरान भएको यातायात व्यवसायी बताउँछन् ।  धुलोका कारण कर्णाली राजमार्ग […]

बागमती प्रदेशका प्रमुख राजमार्गमा ‘टाइम कार्ड’ लागु

चाडपर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरणको उद्देश्यका साथ बागमती प्रदेशका प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागु गरिएको छ ।  बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार चाडपर्वका बेला सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तीब्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उलंघन समेत बढ्न गई दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले प्रदेश अन्तर्गतका प्रमुख राजमार्गहरुमा टाइम कार्ड लागु गरिएको हो । बीपी राजमार्गस्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिले देखिनै टाइम कार्ड लागु भएकोमा मकवानपुर, चितवन,

पाल्पामा अव्यवस्थित पार्किङ व्यवस्थापन गर्दै प्रहरी

कालीगण्डकी उपत्यकाको ठूलो बजार हो बेझाड । यहाँ दैनिक ठूलो सङ्ख्यामा नागरिकको ओहोरदोहोर र बजारमा सामान किनमेल गर्नेको भीड हुन्छ । रामपुर नगरपालिका–५ मा पर्ने यो बजारमा पछिल्लो समय अस्तव्यस्त रुपमा सवारी साधन पार्किङ गरेर राख्दा दुर्घटनाको जोखिम बढेको छ । यसलाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय रामपुरले बजार क्षेत्रको अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न सुरु गरेको छ ।बजार बढ्दै गएको छ । साँघुरो सडकमा सवारी साधन यत्रतत्र पार्किङ गरेर राख्दा बजारमा आवागमन र दुर्घटनाको जोखिम बढ्ने हुँद

विद्यालय समयमा ठूला सवारी साधन बजार प्रवेश निषेध

लमजुङको सदरमुकामसमेत रहेको बेसीसहर नगरपालिकाले बजार क्षेत्रमा विद्यालय तथा कार्यालय समयमा ठूला सवारी रोक लगाएको छ । विद्यालय तथा कार्यालय समयमा ठूला सवारी बजार क्षेत्रमा हुँदा यातायात समस्यासँगै दुर्घटनाको जोखिम बढेको भन्दै नगरपालिकाले यस्तो नियम कार्यन्वयन गर्ने भएको हो ।नगरपालिकाले जिल्लास्थित प्रशासन, प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीको सहभागितामा छलफल गरी सो निर्णय गरेको हो । […]

गोठलापानी बजारमा सवारी पार्किङ गर्न नपाइने

बैतडी : बैतडीको सदरमुकास्थित गोठलापानी बजारमा सवारी साधन पार्किङमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सार्वजनिक सवारी साधनलाई व्यवस्थापन गर्न गोठलापानीमा रहेको बसपार्कमै पार्किङ गर्नुपर्ने निर्णय गरेको हो।बीच बजारमा सवारी साधन पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको भन्दै आगामी साउन १ गतेदेखि अनिवार्य रुपमा बसपार्कमै सवारी साधन पार्किङ गर्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।यस्तै यात्रुहरुलाई सवारी साधनमा चढ्न र ओर्लन

डडेल्धुराको राजमार्गमै ग्यारेज

डडेल्धुरा-बिग्रिएका यातायातका सवारी साधन बीच सडकमै पार्किङ गरी मर्मत गर्दा डडेल्धुराको स्याउले चोकमा दुर्घटनाको जोखिम बढेको छ । भीमदत्त राजमार्ग आफैमा साँघुरो छ । त्यसैमा पनि बिग्रिएका यातायातका सवारी साधन ल्याएर अमरगढी नगरपालिका–१ को स्याउले चोकको सडकमै राखेर मर्मत गर्दा दुर्घटना निम्तिने डर पैदा भएको हो ।स्याउले चोकमा रहेका ग्यारेजका कारण यातायातका साधन ओहोरदोहोर गर्न […]

मेचीको ‘लाइफ लाइन’ जोखिमपूर्ण

मेची क्षेत्रको ‘लाइफ लाइन’ मानिने मेची राजमार्गको इलाम–गोलाखर्क भञ्ज्याङ खण्ड क्षतिग्रस्त हुँदा दुर्घटनाको जोखिम बढेको छ। माथिबाट पहिरो झरेर र सडक धस्सिएर कतिबेला दुर्घटना होला भन्ने त्रासमा सवारी साधन गुडिरहेका छन्।...

सिटी सफारीका समस्या : दुर्घटनाको जोखिम कसरी घटाउने ?

नेपालमा सार्वजनिक यातायातको साधनको सञ्चालन सन् १९५९ देखि भएको पाइन्छ । निजीरूपमा भने त्योभन्दा केही समय अगाडिदेखि फाट्टफुट्ट सरकारी प्रायोजन र राजा महाराजाहरूले प्रयोग गर्थे । हाल बस, कार, जिप, टेम्पो जस्ता सवारी साधन यात्रु ओसार्नका लागि प्रयोगमा आएका छन् ।लामो दूरीमा यात्रा गर्नका निम्ति बस, कार, जिप, हवाइजहाज प्रचलनमा भए पनि छोटो दूरीमा यात्रा गर्न तराईमा पहिले पहिले रिक्सा प्रचलनमा थिए, अहिले अटो रिक्सा, सिटी सफारी धेरै प्रचलनमा छन् । यहाँ यसैमध्येको सिटी सफारीबारे चर्चा गरिएको छ ।नेपा