जथाभावी पार्किङले कुरुप बन्दै बेंसीसहर

लमजुङ – उपयुक्त ठाउँमा बसपार्क नहुँदा जिल्लामा सञ्चालित यातायातका सवारी साधन बीच बजार र सडकमै पार्किङ गरी राख्ने गरिएको छ। बेंसीसहर नगरपालिका-७ मा रहेको सहजी र ८ दनाइफाँटमा निर्माण गरिएको बसपार्क उचित नभएकाले सकडमै पार्किङ गर्नुपरेको चालकहरू बताउँछन्। बसपार्क सदरमुकाममै भए पनि मुख्य सडकभन्दा टाढा छ। त्यहाँ सुरक्षा चुनौती पनि छ। त्यसैले बजारकै बीच सडकमै […]

सम्बन्धित सामग्री

कपनको खोला धमाधम खोलिँदै (फोटो फिचर)

काठमाडौँ- कपनको ढल तथा सडक समयमा निर्माण सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती भोग्न थालेका छन् । सडकमा जथाभावी निर्माण सामाग्री राख्दा वरिपरिको वातावरण कुरुप बन्दै गएको छ । फोहोर पानी बग्ने ठाउँमा हिमपाइप राख्दा सहजै बग्न पाएका छैनन् । भौतिक संरचना नबन्दा वर्षामा बाढीको भेल बस्तीमा पस्ने भन्दै सर्वसाधारण चिन्तित हुन थालेका छन् ...

अव्यवस्थित तारले बजार कुरुप बन्दै

अव्यवस्थित तारले नवलपुर बजार कुरुप बन्दैगएको छ । अव्यवस्थित तारका कारण बजार कुरुप र जोखिमपूर्ण बनेको छ । इन्टरनेट सेवा बिस्तारका नाममा बिभिन्न सेवा प्रदायक कम्पनीले अब्यवस्थित रुपमा बिद्युत तथा सोलारका पोलमा जथाभावी तार टाङ्गने काम गरेसँगै नवलपुरका मुख्य चोक तथा बजार कुरुप बन्दैगएको छ ।

एकीकृत सहरी विकास योजना निर्माण गर्नमा जोड

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आधुनिक सहर निर्माणका लागि एकीकृत सहरी विकास योजना निर्माण हुनु पर्नेमा जोड दिनुभएको छ। संघीय सहरी विकास मन्त्रालयले बिहीबार जनकपुरधाममा आयोजना गरेको राष्ट्रिय सहरी नीति र सहरी विकास ऐन तर्जुमा सम्बन्धी प्रदेश स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले सो कुरामा जोड दिनुभएको हो। जथाभावी भौतिक संरचना निर्माणले सहर कुरुप बन्दै गएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले व्यवस्थित सहरी विकासका लागि संघ सरकारलाई प्रत्येक प्रदेशमा एकीकृत विकास प्राधिकरण स्थापना गर्न आग्रहसमेत गर्नुभयो। स–साना योजनाले विकास भन्दा पनि सहरलाई कुरुप र अव्यवस्थित बनाउदै गएको हुँदा त्यस्ता योजनालाई तत्काल रोक्नुपर्ने उहाँको भनाइ छ।

वीरेन्द्रनगर बजारमा ट्राफिक व्यवस्थापनमा चुनौति, सुर्खेतका सडक विस्तार हुँदै

मानबहादुर वलीसुर्खेत, असोज ३० । सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रका साँघुरा सडकका कारण ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको छ । अझ साँघुरा सडकमा जथाभावी पार्किङले बजार थप कुरुप बन्दै मात्र गएको छैन, दुर्घटनाको जोखिम पनि उत्तिक्कै बढेको छ । दुर्घटनाको जोखिम कम गर्न बजार क्षेत्रको सडक विस्तार थालिएको हो । प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरको बजार क्षेत्रमा […]

रौतहटमा सवारी साधन पार्किङको सुविधा नहुँदा दुर्घटनाको जोखिम

रौतहटका बजार क्षेत्रमा पार्किङका लागि उचित स्थान नहुँदा मुख्य बजारका सडकमा जथाभावी सवारी साधन पार्किङ हुने गरेका छन् । अस्तव्यस्त पार्किङले बजार निकै कुरुप बन्दै गएको छ भने दुर्घटनाका जोखिम पनि बढ्दै गएको छ । जिल्लाका प्रमुख बजार गौर, गरुडा, कटहरिया, समनपुर, चन्द्रनिगाहपुर लगाएतका ठाँउमा अझैँ पनि व्यवस्थित पार्किङ छैन । जिल्लाको शहर र ग्रामीण भेगका बजारहरुमा मोटरसाइकल लगाएतका सवारी साधन पार्किङको व्यवस्था नहुँदा बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढेको पाइएको छ । जिल्लाको बजारहरुको मुख्य सडक, मानिसहरुको बढी भिडभाड हुने ठाउँ र पसलको सामन्ने सडकमा नै सवारी साधन पार्किङ गर्ने गरिएको कारण दुर्घटनाको जोखिम बढेको छ । अहिले पनि सडकमै जथाभावि सवारी साधन रोकेर सडकलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने गरिएको छ । जिल्लामा रहेको १८ स्थानीय तहमध्ये २ वटा शहरी क्षेत्रमा छन् ।

नागढुङ्गा नाका वरपरका होर्डिङ बोर्ड हटाइने

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नगरपालिकाको अनुमतिबिना जथाभावीरुपमा राजमार्ग क्षेत्रमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउने भएको छ । नपाले कलङ्की–नागढुङ्गा–पिपलामोड सडकमा जथाभावी रुपमा राखिएका बिजुली, टेलिफोन, केबल, इन्टरनेटका तार, विज्ञापन ब्यानर, पम्प्लेटले नगरपालिकाको सौन्दर्यता बिग्रँदै गएको र सडक क्षेत्र कुरुप बन्दै गएको भन्दै हटाउन लागेको हो ।