सदरमुकामपछिको दोस्रो ठूलो सहर । सरकारका १० नमुना सहरी आयोजनामा पनि सूचीकृत छ । तर बुर्तिवाङमा अझै न बसपार्क छ, न फोहोरको व्यवस्थापन हुन सकेको छ । ढोरपाटन नगरपालिकाको बुर्तिवाङ सहरबाट उत्पादित फोहोर खोलामा फाल्ने गरिएको छ । लामो तथा छोटो दूरीमा गुड्ने बस सडकमै रोकिराख्दा आवागमनमा समस्या हुने गरेको छ । मालवाहक सवारीसाधन जथाभावी पार्किङ गरिन्छ ।