नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९७.३ प्रतिशत

काठमाडौं । नेपालमा कोरोना संक्रमितमध्ये ९७.३ प्रतिशत निको भएका छन् । हालसम्म दुई लाख ६२ हजार २६२ जना संक्रमित भएकोमा निको हुनेको संख्या दुई लाख ५५ हजार ८८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुने यो दर ९७.३ प्रतिशत हो । आजसम्म १९ लाख ५२ हजार ९०३ जनाको पीसीआर परीक्षण गरिएका मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा ४०३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार चार हजार ४०१ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् । जसमा महिलाको संख्या १५९ छ भने पुरुषहरु २४४ जना रहेका छन् । गएको २४ घण्टामा कोरोना भाइरसका कारण ७ जनाको ज्यान गएको छ । यो सँगै हालसम्म ज्यान जानेको संख्या १८ सय ८५ रहेको छ । यस्तै, आज पाँच हजार २८९ जना सक्रिय संक्रमित रहेका छन् भने ५९४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

सम्बन्धित सामग्री

नेपालमा कोरोना निको हुने दर ९७ प्रतिशत

काठमाडौं, २२ कात्तिक । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका ३ सय ९० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १४ हजार ९ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ४ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९५ हजार ८ सय २२ जना […]

नेपालमा कोरोना निको हुने पनि स्थिर

काठमाडौं, ८ साउन । नेपालमा कोरोना सङ्क्रमण बढेसँगै निको हुने दर पनि स्थिर रहेको छ । साउन १ गते निको हुने दर ९४.५ प्रतिशत रहेको थियो । साउन ७ गते पनि निको हुने दर साउन १ गतेकै जस्तो ९४.५ रहेको छ । अहिले निको हुने दर बढ्न सकेको छैन । साउन २ गतेदेखि साउन ४ […]

आज निको भए १३ सय ३३ जना कोरोना संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोनाका १३ सय ३३ जना संक्रमित निको भएका छन्। योसँगै निको हुने कोरोना संक्रमितको संख्या छ लाख १४ हजार ३२७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण निको हुने दर ९४ दशमलव ५ प्रतिशत छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या छ लाख ९० हजार ९७४ पुगेको छ।

कोरोना संक्रमित निको हुने दर ९०.२ प्रतिशत पुग्यो

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर ४ हजार ९५४ जना कोरोना संक्रमित निको भएको जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनको संख्या ५ लाख ६४ हजार ८८२ पुगेको छ। नेपालमा कोरोना संक्रमण हुने दर ९०.२ प्रतिशत रहेको छ। नेपालमा हालसम्म ६ लाख ५४ हजार ४७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज निको भए ३१ सय ३० जना कोरोना संक्रमित

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर सक्रिय कोरोना संक्रमितमध्ये ३ हजार १३० जना निको भएका छन्। योसँगै नेपालमा कोरोना भाइरस संक्रमण निको हुने संक्रमितको संख्या ५ लाख ५९ हजार ९२८ जना पुगेको छ। नेपालमा कोरोना संक्रमण निको हुने दर ८९.९ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ६ लाख ४९ हजार ९४८ जनामा कोरोना पुष्टी भएको छ।

आज ३ हजार ८२ जना कोरोना संक्रमित निको भए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर आज ३ हजार ८२ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या नेपालमा ५ लाख ४३ हजार ५२१ पुगेको छ। नेपालमा कोरोना निको हुने दर ८८.५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज निको भए ४ हजार १८७ जना कोरोना संक्रमित

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर ४ हजार १८७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ५ लाख ४० हजार ४३९ जना पुगेको छ। नेपालमा कोरोना संक्रमित निको हुने दर ८८.३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख नाघ्यो

काठमाडौं। नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या पाँच लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म नेपालमा ५ लाख ४ हजार ५३० जना कोरोना मुक्त भएको जनाएको छ। नेपालमा हालसम्म ३२ लाख ४८ हजार ५९२ नमुना परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये हालसम्म ६ लाख ११ हजार ३०८ जनामा कोरोना पुष्टि भएको छ।

आज देशभर ६ हजार ५७० जना कोरोना संक्रमित निको भए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर ६ हजार ५७० जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ। नेपालमा कोरोना निको हुने दर ८४.७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ६ लाख ११ हजार ३०८ जनाका कोरोना संक्रमण भएको छ।

नेपालमा कोरोना संक्रमित संख्या तीन लाख नाघ्यो

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या आज तीन लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आजसम्म देशभर ३ लाख ११९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। आज मात्र देशभर ३ हजार १२२ जना नयाँ संक्रमित थपिएका छन्। हालसम्म नेपालमा रहेका संक्रमित मध्ये २ लाख ७७ हजार ५७३ जना निको भइसकेका छन्।