काठमाडौँका सात वडाअध्यक्ष एकीकृत समाजवादीमा

काठमाडौँ – काठमाडौँका ११ स्थानीय तहका सातवडाका अध्यक्षहरुले एकीकृत समाजवादी रोजेका छन्। उनीहरुले शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौँ पुगेर एमाले परित्याग गरेका हुन्। समाजवादीतिर लाग्नेमा काठमाडौं महानगरपालिकाका दुई जना छन्। कामनपा– ७ का शुद्धकुमार डंगोल र १५ का ईश्वरमान डंगोलले समाजवादीको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। त्यस्तै बूढानीलकण्ठ नगरपालिका–३ का बालकृष्ण श्रेष्ठ, […]

सम्बन्धित सामग्री

कञ्चनपुर बेदकोटका मेयर एमाले परित्याग गरी नेकपा एसमा प्रवेश

कञ्चनपुर । कञ्चनपुरको बेदकोटका मेयर अशोक चन्द नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नेकपा एमालेबाट निर्वाचित मेयर चन्द आइतबार समाजवादीमा प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्दै पार्टीमा भित्र्याएका छन् । चन्दसँगै पाँच वडाअध्यक्ष पनि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

दैलेख एमालेका ५३ मध्ये पाँचजना वडाध्यक्ष मात्रै नेकपा एसमा, केहि आज जाँदै

सुर्खेत । नेकपा एमालेको मुख्य प्रभावक्षेत्रमध्येको एक दैलेख जिल्लामा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका ५३ वडाअध्यक्षमध्ये जम्मा पाँच वडाअध्यक्ष मात्रै नेकपा एकीकृत समाजवादीमा सनाखत गर्न जिल्ला निवर्पाचन आयोग दैलेख पुगेका छन् । निर्वाचन आयोगले नयाँ पार्टीमा जाने हो भने सनाखत गर्नका लागि भदौ २२ सम्मको समयसीमा दिएको छ । दुई दिन समय बाँकी रहेकाले […]

सल्यानमा ६४ जनाले गरे एकीकृत समाजवादीमा सनाखत

नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश संयोजक समेत रहेका प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा समाजवादी पार्टी रोज्नेहरूको संख्या ह्वात्तै बढेको छ ।  शुक्रबार मात्रै ६४ जना जनप्रतिनिधिहरुले एमाले छाडेर नेकपा एकीकृतमा सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरुले सनाखत गरेका हुन् । नेकपा समाजवादीका अनुसार  सल्यानमा शुक्रबार १/१ जना अध्यक्ष,  उपाध्यक्ष, १६ जना वडाअध्यक्ष र ६६ जना वडा सदस्यले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्। सल्यानमा अहिलेसम्म ४०