भरतपुर र रत्ननगरका ८ जना वडा अध्यक्षसहित २६ जना जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

चितवनका २६ जना जनप्रतिनिधि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका छन् । बिहीबार भरतपुरस्थित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर एमालेका स्थानीय तहका २६ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गरेका हुन् । जसमध्ये १२ जना भरतपुर महानगरपालिका र १४ जना रत्ननगर नगरपालिकाका जनप्रतिनिधि छन् ।भरतपुर महानगरपालिकाका ५ जना वडा अध्यक्षसहित १२ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्ले, ९ का वडाअध्