काठमाडौं : सुनसरीको धरानका सहकारी पीडितले धरान उपमहाननगरपालिकाको कार्यालय तोडफोड गरेका छन्। आफूहरुको पैसा खाएको भन्दै बराह बचत तथा सहकारीका संस्थाका सञ्चालकको सम्पत्ति रोक्का गर्न माग गर्दै नगरपालिका पुगेका पीडितहरूले कार्यालय घेराउ गरेर तोडफोड गरेका हुन्। उनीहरुले मेयर हर्क साम्पाङलाई समस्या सुनाइरहेका थिए। तर बीचमा नै मेयर साम्पाङले आफूहरुलाई नराम्रो वचन लगाएको भन्दै पीडितहरूले नगरपालिका कार्यालयमा तोडफोडसमेत गरेका हुन्। आइतबार बिहानको १० बजेबाट नै कार्यालय परिसरमा पुगेका