काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई तेल अबिवतर्फ लगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० जनाको आक्रमणमा मृत्यु भएको थियो । […]