माधव समूहको निष्कर्ष : ओली एकताका लागि तयार भएनन्, अब सामुहिक राजीनामा

नेकपा एमाले माधव–झलनाथ पक्षले केपी ओलीसँग गरिएको एकता प्रयासको समीक्षा गरेको छ । शनिबार राजधानीमा बसेको माधव–खनाल समूहका सांसदहरुको बैठकले केपी ओली पार्टी एकताका लागि तयार नभएको निश्कर्ष निकालेको छ ।‘आज हाम्रो पक्षका सांसदहरुको बैठक बसेको थियो, जहाँ हामीले ओली पक्षसँग भएका वार्ता र एकताका प्रयासहरूबारे समीक्षा गर्यौं,’ माधव नेपालनिकट एक नेताले रातोपाटीसँग भने, ‘ओलीजी पार्टी एकताका लागि तयार नरहेको हाम्रो निश्कर्ष रह्यो, अब आइतबार साँझ स्थायी कमिटीको बैठक बसेर थप निर

सम्बन्धित सामग्री

माधव नेपाललाई साथ नदिएका एमाले नेताहरूको पार्टी एकताका लागि जोड दिने निष्कर्ष

नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाललाई साथ नदिएका नेताहरूले पार्टी एकताका लागि जोड दिने निस्कर्ष निकालेका छन् ।शुक्रबार महाराजगञ्जस्थित एरिकल इभेण्ट्स होटलमा भेला भएका उनीहरूले अहिलेको अवस्थामा देखा परेका पार्टीका समस्याहरूलाई हल गर्दै पार्टी एकतामा जोड दिने निस्कर्ष निकालेका हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका नेता गोकर्ण बिष्टले कार्यदलले बनाएको १० बुँदे सहमति […]

एमाले एकताका लागि ओली र नेपाललाई दबाब दिने दोस्रो तहका नेताको निष्कर्ष

नेकपा एमाले एकताका लागि प्रयास गर्दै आएका दोस्रो तहका नेताहरूले एकताका लागि अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाललाई दबाब दिने निष्कर्ष निकालेका छन् । शुक्रवार काठमाडौंमा बसेको एमाले पार्टीका नेता र सांसदको भेलाले दुवै पक्षलाई दबाब दिने निष्कर्ष निकालेको हो । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन अध्यक्ष ओलीलाई १० बुँदे कार्यान्वयन गर्न र नेपाललाई पार्टी विभाजनको निर्णय फिर्ता गर्न दबाब दिने निष्कर्ष निकालिएको सचिव गोकर्ण विष्टले जानकारी दिए । आमकार्यकर्ता र जनताको चाहनाअनुसार पार्टीलाई एकताबद्ध गर्ने अभियानमा आफूहरू...

पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने माधव नेपाल पक्षको निष्कर्ष

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि अन्तिम प्रयास गर्ने निष्कर्ष निकालेको छ। मंगलबार बानेश्वरमा बसेको नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरूको बैठकले उक्त निष्कर्ष निकालेको हो। बैठकमा बोलेका केन्द्रीय...

पार्टी एकतामै जोड गर्ने माधव समूहको निष्कर्ष

काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधव नेपाल समूहको दुई दिन चलेको केन्द्रीय कमिटी बैठकले पार्टी एकतामै जोड गर्ने निष्कर्ष निकालेको छ। केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी एकतामै जोड गरेको नेता रघुजी पन्तले जानकारी दिए। शुक्रबार बैठकमा ३५ जना केन्द्रीय सदस्यले बोलेका थिए। लगत्तै बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अघि बढ्ने भन्दै चारवटा प्रस्ताव तयार पारी केन्द्रीय समितिबाट पास गरेको छ । जसको पहिलो नम्बरमा प्रतिनिधिसभा पुनर्स्थापनाको स्वागत गरिएक

पार्टी एकताका लागि थप प्रयास गर्ने माधव पक्षको निष्कर्ष

काठमाडौं। नेकपा एमालेका माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने भएको छ। आइतबारको नेपाल पक्षका स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको निष्कर्ष निकालेको हो। बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका शीर्ष नेताहरूलाई आग्रह गरेको छ। बैठकपछि बोल्दै रघुजी पन्तले सबै नेताहरूले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएको बताए।

सम्मानजनक ढंगले पार्टी एकताको पक्षमा जोड दिने माधव पक्षको निष्कर्ष

नेकपा एमालेको माधव पक्षीय स्थायी कमिटीको बैठकले सम्मानजनक एकताको पक्षमा जोड दिने निष्कर्ष निकालेको छ ।  बैठकमा स्थायी कमिटी सदस्यहरूले पार्टी एकताका विषयमा आ–आफ्नो विचार राखेको नेता रघुजी पन्तले जानकारी दिए ।  ‘सम्मानजनक ढंगले पार्टी एकताका पक्षमा जोड दिने विषयमा छलफल भयो,’ उनले भने ।  यस्तै १० बुँदे सहमतिलाई थप स्पष्ट पार्नका लागि विघटित कार्यदलकै सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने नेता योगेश भट्टराईले जानकारी दिए । पार्टी एकतालाई थप प्रभावकारी बनाउनुपर्ने विषयम...

बालुवाटार बैठकको निष्कर्ष : पार्टी विभाजन राेक्न अन्तिमसम्म प्रयास गरिने

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी विभाजन हुनबाट राेक्न अन्तिमसम्म प्रयास गर्नुपर्नेमा निष्कर्ष निकालेको छ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकाे नेतृत्वमा बसेकाे बैठकले पार्टी एकताका लागि लचिलो हुनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदिप ज्ञवालीले बताए।उनले भने, 'पार्टी एकताका लागि विभिन्न रूपमा छलफल भइरहेका छन्। अहिले कार्यदलको अस्तित्व छैन। अब आवश्यक भए अर्काे बन्नसक्छ। त्यो कार्यदल सदस्यहरू कारवाहीमा परिसक्नुभएको छ।'माधव नेपाल समू