नेकपा विभाजनमा निर्वाचन आयोगको ब्रेक : भन्यो - ओली र प्रचण्ड–माधव कसैको ‘फेरवदल’ मान्य छैन

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले गरेको पदाधिकारी परिवर्तनको निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिने भएको छ । आइतबार बसेको आयोगको पदाधिकारी बैठकले केपी शर्मा ओली र प्रचण्ड- माधवकुमार नेपाल पक्षले कमिटीमा गरेको फेरबदललाई नमान्ने निर्णय गरेको हो ।निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीसँग भने, विधान र पदाधिकारी फेरबदल आपसमा नमिलेकाले आयोगले पहिलेकै पार्टी यथावतै रहेने निर्णय गरेको हो ।‘दावी अनुसारको परिवर्तन हुनसक्ने देखिएन । साविककै विवरण अनुस

सम्बन्धित सामग्री

नेकपा विवाद टुंग्याउँदै निर्वाचन आयोग, के-के छन् विकल्प ?

१७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दाबी गरे, ‘निर्वाचन आयोगवाला सेटिङ पनि भत्किदैछ ।’ ‘मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले उहाँ (केपी शर्मा ओली) लाई यो पार्टी आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिह्न र नाम उहाँहरुकै […]

निर्वाचन प्रक्रिया नरोक्न आयोगलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । सरकारले आगामी वैशाख १७ र २७ गतेलाई तोकिएको निर्वाचन  सम्पन्न गर्ने गरी तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । यसअघि नेकपा विवादपछि प्रचण्ड-माधव पक्षले निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन आयोगलाई निर्वाचन प्रक्रिया अघि नबढाउन आग्रह गरेको थियो । मंगलबार प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालय पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएपछि निर्वाचन तयारी निरन्तर अघि बढाउन सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आयोग परिसरमा उपस्थित सञ्चारकर्मील

निर्वाचन आयोगले ओलीको सिङ-जुरो भाँचिदियो : माधव नेपाल

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगले प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको सिङ्ग जुरो भाँचिदिएको बताएका छन्

नेकपाका दुवै समूहलाई निर्वाचन आयोगको प्रश्न : अब मिलेरै चुनाव लड्ने कि ?

१२ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनलाई कानूनतः पुरानै अवस्थामा फर्काइदिएको निर्वाचन आयोगले अब केपी ओली पक्ष र प्रचण्ड-माधव पक्षका ५/५ जना शीर्षनेतालाई छलफलका लागि बोलाउने भएको छ । दुबै पक्षका नेताहरुलाई यसैसाता आयोगमा बोलाउन लागिएको हो । आयोगका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘अब केही दिनभित्रै नेकपाका दुबै पक्षका उच्च नेताहरुलाई छलफलका […]

निर्वाचन आयोगले नेकपा विभाजनलाई दिएन मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुबै समूहको मागदावीलाई अस्वीकार गरेको छ । आइतबार बसेको आयोगको बैठकले दुबैको मागदाबी नपुगेको निष्कर्षसहित नेकपा विभाजनले मान्यता नपाउने निर्णय गरेको  हो ।नेकपाको प्रचण्ड माधव नेपाल र केपी ओली पक्षले गरेका निर्णयलाई मान्यता नदिने निर्णय आयोगको छ ।दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएको आयोगले ठहर पनि गरेको छ  ।प्रचण्ड माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ ।

निर्वाचन तयारीको छलफलमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी

९ पुस, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजना गरिएको निर्वाचन तयारीको छलफल नेकपा प्रचण्ड–माधव समूहले बहिस्कार गरेको छ । शुक्रबार जिल्ला निर्वाचन कार्यालय मोरङले आयोजना गरेको सर्बपक्षीय छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गर्दै प्रचण्ड–माधव समूहले बहिस्कार गरेको हो । नेकपा प्रचण्ड–माधव समूहका मोरङका नेता पारुल क्षेत्रीले ‘प्रतिगम मुर्दावाद, केपी ओली मुर्दावाद’ भन्दै […]

नेकपा विवाद हेरिरहेका निर्वाचन आयोगका सह–सचिव गौतमको सरुवा

२९ पुस, काठमाडौं । निर्वाचन आयोगका सह–सचिव लक्ष्मी गौतमलाई सरुवा गरिएको छ । मन्त्रीस्तरीय निर्णयबाट मंगलबार गौतमको सरुवा गरिएको हो । गौतम आयोगको कानून तथा राजनीतिक महाशाखा प्रमुख थिए । उनैले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता विवाद हेरिरहेका थिए । उनले १७ पुस र २३ पुसमा ओली र प्रचण्ड–माधव समूहलाई सात दिने म्यादसहितको पत्र […]

नेकपाका दुबै समूहले निर्वाचन आयोगमा बुझायो जवाफ

२९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुबै पक्ष प्रचण्ड–माधव समूह र ओली समूहले निर्वाचन आयोगलाई जवाफ पठाएको छ । दुबै समूहबाट पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठल जानकारी दिए । पत्रमा केकस्ता विवरण छ भन्ने खुलेको छैन । ओली समूहका नेता सुवास नेम्वाङको टोली आयोग पुगेको थियो । उनले अनलाइनखबरसँग भने, […]

बहुमत अल्पमतको टुंगो चुनावपछि हुन्छ : ओली

१७ पुस, काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत अल्पमतको टुंगो चुनावपछि हुने बताएका छन् । संसद भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको छ । प्रचण्ड–माधव समूहले बहुमत रहेको भन्दै नेकपाको अधिकारिकता दाबी गरेको छ । तर ओली समूहका […]