निर्वाचन आयोगले नेकपा विभाजनलाई दिएन मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुबै समूहको मागदावीलाई अस्वीकार गरेको छ । आइतबार बसेको आयोगको बैठकले दुबैको मागदाबी नपुगेको निष्कर्षसहित नेकपा विभाजनले मान्यता नपाउने निर्णय गरेको  हो ।नेकपाको प्रचण्ड माधव नेपाल र केपी ओली पक्षले गरेका निर्णयलाई मान्यता नदिने निर्णय आयोगको छ ।दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएको आयोगले ठहर पनि गरेको छ  ।प्रचण्ड माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ ।

सम्बन्धित सामग्री

वामदेवको पार्टीलाई निर्वाचन आयोगले दियो मान्यता, चुनाव चिह्न झुलेको धानको बाला

१५ साउन, काठमाडौं । निर्वाचन आयोगले वामदेव गौतमको नेतृत्वमा पार्टी ‘नेकपा एकता राष्ट्रिय अभियान पार्टी’लाई मान्यता दिएको छ । गौतमको नेतृत्वमा दल दर्ताका लागि साउन ३ गते आयोगमा निवेदन परेको थियो र ९ साउनमा सनाखत भएको थियो । आयोगले १२ साउनमा गौतम नेतृत्वको पार्टीलाई मान्यता दिने निर्णय गरेको थियो । आइतबार आयोग पुगेर नेकपा एकता […]

निर्वाचन आयोगले ९ जनालाई दियो विशेष पर्यवेक्षकको मान्यता

काठमाडौं । निर्वाचन आयोगले राज्यको महत्वपूर्ण पदमा बसेर अवकाश पाएका ९ जना व्यक्तिहरुलाई ‘विशेष पर्यवेक्षक’ को मान्यता दिएको छ । देशभर करिव ५ हजार राष्ट्रिय पर्यवेक्षकहरु स्थानीय तह निर्वाचनको पर्यवेक्षणमा खटिएकोमा आयोगले ९ जनालाई ‘विशेष पर्यवेक्षक’को मान्यता सहित अनुमति दिएको हो । निर्वाचन आयोगले पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्की, पूर्व प्रमुख निर्वाचन आयुक्तहरु […]

निर्वाचन आयोगले दियो मिश्र पक्षको विधान संशोधनलाई मान्यता

काठमाडौँ । निर्वाचन आयोगले विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र पक्षले गरेको विधान संशोधनलाई मान्यता दिएको छ । मिश्र नेतृत्वमा बसेको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विधान संशोधन गरेको थियो । संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ भने संघीयता र खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा उभिएको छ ।

जसपा विभाजनपछि १७ प्रदेशसभा सदस्य लोसपामा, निर्वाचन आयोगले दियो मान्यता

राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार जसपा नेपाल विभाजन भएपछि १७ प्रदेशसभा सदस्यले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रोजेका छन् ।निर्वाचन आयोगले लोसपाका पक्षमा सनाखत गरेका १७ प्रदेशसभा सदस्यलाई राजनीतिक दलसम्बन्धी अध्यादेश र प्रचलित कानुन अनुसार उनीहरूलाई लोसपाका प्रदेशसभा सदस्यका रूपमा मान्यता दिएको छ ।आयोगका अनुसार प्रदेश २ प्रदेशसभाबाट जसपाका १६ सदस्य र सुदूरपश्चिम प्रदेशसभाबाट एक सदस्यले लोसपाका पक्षमा सनाखत गरेका थिए । उनीहरूलाई लोसपाका प्रदेशसभा सदस्यका रूपमा मान

निर्वाचन आयोगले संसद् सचिवालयमा पठायो दुई नयाँ दल दर्ताको पत्र

काठमाडौँ । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले राष्ट्रिय मान्यता प्राप्त दलको रुपमा दर्ता भएको भन्दै संसद सचिवालयलाई पत्र पठाएको छ । निर्वाचन आयोगको पत्र सचिवालयमा आएपछि अब संसदभित्र पनि नेकपा (एकीकृत समाजवादी)र लोसपाले छुट्टै संसदीय दलको रुपमा मान्यता प्राप्त गर्नेछन् । दुवै दलले बुधबार निर्वाचन आयोगमा सनाखत गरेपछि दलको मान्यता […]

निर्वाचन आयोगले एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिने

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका केन्द्रीय सदस्यको विवरण अद्यावधिक गरेर पठाएको २६० सदस्य संख्यालाई तत्काल मान्यता नदिने भएको छ । कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने आयोगले तयारी गरेको छ । नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि […]

नेकपाको दुवै समूहलाई निर्वाचन आयोगले दिएन कानुनी मान्यता

काठमाडौं । विभाजित नेकपाका दुवै समूहलाई निर्वाचन आयोगले कानुनी मान्यता दिएको छैन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहले गरेको विभाजन घोषणालाई निर्वाचन अयोगले अस्वीकार गरेको हो । प्रचण्ड–नेपाल र केपी शर्मा ‌ओली समूहले निर्वाचन आयोगमा पार्टी अलग भइसकेको भन्दै दाबी पेश गरेका थिए। दुवै समूहरुले व्यवहारिक रुपमा पार्टी अलग भइसकेको र कानुनी मान्यतामात्रै पाउन बाँकी रहेको बताइरहँदा आयोगले दुवैको दाबी खारेज गर्दै नेकपाको पुरानै व्यवस्थालाई मान्यता दिएको हो। प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूहले पार्टी विभाजन भएको भन्दै आधिकारिक पार्टीका लागि दिएको निवेदनलाई आयोगले मान्यता नदिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘आफूले गरेको निर्णय आधिकारिक हो भनि उहाँहरुले गरेको दाबीलाई संशोधन गर्न सकिएन र साबिककै विवरण कायम रहेको निर्णय भएको छ’ प्रवक्ता श्रेष्ठले भन्नुभयो । आयोगले गरेको निर्णयको लिखित जानकारी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पठाउने तयारी भएको छ । आयोगको यो निर्णयसँगै औपचारिक रुपमा नेकपा अझै एकै मानिनेछ । पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विभाजित भएको हो ।