प्रचण्ड-नेपाल र ओली समूहमा विभाजित भएको नेकपालाई निर्वाचन आयोगले दिएन कानुनी मान्यता

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहले गरेको विभाजन घोषणालाई निर्वाचन अयोगले अस्वीकार गरेको छ। पुष्पकमल दाहाल प्रचण्ड- माधव नेपाल र केपी शर्मा ‌ओली समूहले निवार्चन आयोगमा पार्टी अलग भइसकेको भन्दै दाबी पेश गरेका थिए। दुवै समूहरुले ले व्यवहारिक रुपमा पार्टी अलग भइसकेको र कानुनी मान्यतामात्रै पाउन बांकी…

सम्बन्धित सामग्री

नेकपाको दुबै समूह छलफलको लागि निर्वाचन आयोग जाँदै

काठमाडौँ । प्रतिनिधि सभा विघटनपछि ‘विभाजित’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुबै पक्षलाई निर्वाचन आयोगले छलफलको लागि बोलाएको छ । नेकपाको प्रचण्ड–नेपाल समूह तथा ओली समूहलाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले छलफलको लागि बोलाएको हो ।

नेकपा ओली समूह र प्रचण्ड-नेपाल समूहलाई बोलायो निर्वाचन आयोगले

विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुबै समूहलाई पार्टीको नाम र झण्डा नदिएको निर्वाचन आयोगले आवश्यक छलफलका लागि दुबै समूहलाई बोलाएको छ ।

नेकपाको दुबै पक्षलाई निर्वाचन आयोगले छलफलको लागि बोलायो

काठमाडौँ । प्रतिनिधि सभा विघटनपछि ‘विभाजित’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुबै पक्षलाई निर्वाचन आयोगले छलफलको लागि बोलाएको छ । नेकपाको प्रचण्ड–नेपाल समूह तथा ओली समूहलाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले छलफलको लागि बोलाएको हो ।

नेकपाका दुवै समूह आन्तरिक छलफलमा

निर्वाचन आयोगले राजनीतिक रुपमा विभाजित नेकपा कानुनी रुपमा एउटै दल भएको निर्णय दिएपछि दुवै समूह आन्तरिक छलफलमा जुटेका छन् । केपी शर्मा ओली र प्रचण्ड– नेपाल समूहबीच को आधिकारिक भन्ने विवादमा आयोगले दुवै पक्षको दावी अस्वीकार गरी साविकको एउटै दल भएको निर्णय आइतबार दिएको थियो । अब कसरी अघि बढ्ने भन्ने विषयमा दुवै समूह रणनीति बनाउन व्यस्त रहेको खबर नागरिक दैनिकमा छापिएको छ ।

नेकपाको दुवै समूहलाई निर्वाचन आयोगले दिएन कानुनी मान्यता

काठमाडौं । विभाजित नेकपाका दुवै समूहलाई निर्वाचन आयोगले कानुनी मान्यता दिएको छैन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहले गरेको विभाजन घोषणालाई निर्वाचन अयोगले अस्वीकार गरेको हो । प्रचण्ड–नेपाल र केपी शर्मा ‌ओली समूहले निर्वाचन आयोगमा पार्टी अलग भइसकेको भन्दै दाबी पेश गरेका थिए। दुवै समूहरुले व्यवहारिक रुपमा पार्टी अलग भइसकेको र कानुनी मान्यतामात्रै पाउन बाँकी रहेको बताइरहँदा आयोगले दुवैको दाबी खारेज गर्दै नेकपाको पुरानै व्यवस्थालाई मान्यता दिएको हो। प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूहले पार्टी विभाजन भएको भन्दै आधिकारिक पार्टीका लागि दिएको निवेदनलाई आयोगले मान्यता नदिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘आफूले गरेको निर्णय आधिकारिक हो भनि उहाँहरुले गरेको दाबीलाई संशोधन गर्न सकिएन र साबिककै विवरण कायम रहेको निर्णय भएको छ’ प्रवक्ता श्रेष्ठले भन्नुभयो । आयोगले गरेको निर्णयको लिखित जानकारी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पठाउने तयारी भएको छ । आयोगको यो निर्णयसँगै औपचारिक रुपमा नेकपा अझै एकै मानिनेछ । पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विभाजित भएको हो ।