मुलुक दुई पार्टी प्रणालीमा जानुपर्छ : शेरधन राई

२ असार, विराटनगर ।  प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले मुलुकमा राजनीतिक स्थायित्वका लागि दुई पार्टी प्रणालीमा जानुपर्ने बताएका छन् । बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले साना दलले मौका हेरेर सरकार परिवर्तन गर्ने हुनाले स्थायीत्वका लागि दुई पार्टी प्रणालीमा जानुपर्ने बताएका हुन् । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको नतिजाले पनि यस्तै संकेत […]

सम्बन्धित सामग्री

प्रचण्डलाई सफल प्रधानमन्त्री बनाउँछौं– शेरधन राई (भिडियोसहित)

काठमाडौं, ४ माघ । नेकपा (एमाले) का नेता शेरधन राईले अहिलेको सत्ता गठबन्धनले नेपाली राजनीतिलाई सकारात्मक दिशातर्फ लैजाने बताए । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विकास र समृद्धिको नेतृत्व गर्ने सफल प्रधानमन्त्री बनाउने बताएका हुन् । ‘प्रचण्डलाई नेपाली जनताले सफल प्रधानमन्त्रीको […]

प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउनुपर्छ भन्नु अनैतिक: शेरधन राई

काठमाडौं, ४ माघ । नेकपा एमालेका नेता एवं पूर्वमुख्यमन्त्री शेरधन राई नेपाली कांग्रेस विपक्षी दलको समेत हैसियत गुमाएर नांगिइसकेको आरोप लगाएका छन् । ‘नेपाली कांग्रेस अहिले अत्यन्त कमजोर र विवेक गुमाएको अवस्थामा छ । राष्ट्रिय सहमतिका नाममा उसले सत्ताका लागि ढोक्सा थापेको हाम्रा अध्यक्ष केपी शर्मा ओलीले बताइसक्नुभएको छ । विपक्षी दलको समेत हैसियत गुमाएर […]

भोजपुरमा शेरधन राई झण्डै २ हजार मतले पछाडि

भोजपुर – भोजपुरमा प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमालेका उम्मेदवार शेरधन राई पछि पर्नुभएको छ । उहाँलाई माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीले १९ सय ८५ मतान्तरसहित पछि पार्नुभएको हो । पछिल्लो मत परिणाम अनुसार राईले ७ हजार ८० मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका सुदन किराँतीले ९ हजार ६५ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपालका लागि नेपाली पार्टीका उम्मेदवार डा. सुरेश बस्नेतले ४०३ मत पाउनुभएको छ ।

भोजपुरमा माओवादीका सुदन किराँतीको अग्रता फराकिलो, शेरधन राई पछि परे

काठमाडौं, ७ मंसिर । भोजपुरमा प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुदन किराँतीले अग्रता फराकिलो बनाएका छन् । उनले एमालेका शेरधन राईलाई पछि पारेका छन् । किराँती शेरधनभन्दा १९८५ मतले अगाडि छन् । किरातीले ९०६५ मत प्राप्त गर्दा एमालेका राईले ७०८० मत प्राप्त गरेका छन्। किराँती ०७४मा पनि यही क्षेत्रबाट विजयी भएका थिए ।

भोजपुरमा एमालेका शेरधन राई र माओवादीका सुदन किरातीबीच कडा टक्कर

काठमाण्डाै – भोजपुरमा नेकपा एमालेका उम्मेदवार तथा पूर्व मूख्यमन्त्री शेरधन राई र नेकपा माओवादी केन्द्रका सुदन किरातीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । दुवै उम्मेदवार झिनो मतले अघि-पछि भइरहेका छन् । ८ सय मत गन्दा राई र किराती दुवैले समान ३ सय ५१ मत पाएका छन् ।

भोजपुरमा ३०० मत गन्दा शेरधन राई र सुदन किराँतीलाई बराबर मत

काठमाडौँ – भोजपुरमा नेकपा एमालेका उम्मेदवार शेरधन राई र माओवादी केन्द्रका सुदन किराँतीबीच कडा प्रतिस्पर्धा देखिएको छ। हालसम्म ३०० मत गणना हुँदा राई र किराँतीले समान १३६ मत ल्याएका छन्। प्रदेशसभा १ तर्फ ३०० मत गणना हुँदा एकीकृत समाजवादीका राजेन्द्र राईले १३८ र एमालेका हरि राईले ८१ मत पाएका छन्।

गठबन्धन घातक : शेरधन राई

प्रदेश १ का पहिलो मुख्यमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य शेरधन राईले अहिलेको अवस्थामा देश आउनुमा काँग्रेस र एमाले जिम्मेवार भएको बताएका छन् । विराटनगरमा आज संचारकर्मीसँग कुरा गर्दै राईले ०४६ सालको परिवर्तन पछि मुलुकलाई सही ढंगले लैजान नसक्दा अहिलेको अवस्था आएको बताए । उनले यो विषयमा आवश्यक समीक्षा गर्नुपर्नेमा जोड दिए । ‘मुलुक यो खण्डमा आइपुग्नुको कारण नेकपा एमाले र नेपाली कांग्रेस नै जिम्मेवार हुन् । ०४६ सालको निर्वाचन पछि आजको जनताको अपेक्षा पुरा गर्ने गरी काँग्रेस र एमाले