विराटनगर : प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। झापाबाट प्रदेशसभामा निर्वाचित कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज (आइतबार) मुख्यमन्त्री नियुक्त गरेका हुन्।प्रदेशसभामा रहेका एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्।एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिट