अमेरिकी सरकारले कोभ्याक्स अन्तर्गतको कोरोना भाइरसविरुद्ध १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ।अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका छ। उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो। कोरोना भाइरसविरुद्ध लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो। अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले महाविपत्तिका बेलामा मित्रराष्ट्र अमेर