एक मात्रा लगाए हुने जोनसनको खोप आजदेखि लगाइँदै, प्रधानमन्त्री देउवाले खोप केन्द्रको स्थलगत निरीक्षण गर्दै

काठमाण्डौ - कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोनसन एण्ड जोनसन खोप लगाइँदै छ ।  एक मात्रा मात्रै लगाए हुने यो खोप बिहान १० बजेदेखि देशका विभिन्न ठाउँबाट दिइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर डाक्टर समिर अधिकारीले जानकारी दिनुभयो । आजदेखि पर्सिसम्म जोनसन एण्ड जोनसनको खोप लगाइने उहाँले जानकारी दिनुभयो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँदै छ । यसैबीच, आज प्रधानमन्त्री शेरबहादुर देउव...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाले गरे तनहुँ जलविद्युत आयोजनाको निरीक्षण

तनहुँ- प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधिन १४० मेगावट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री देउवालाई आयोजनाका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले आयोजनाको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए । प्रधानमन्त्री देउवासँगै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आयोजनाको निरीक्षण गरेका छन् । […]

प्रधानमन्त्री देउवाद्वारा माथिल्लो तामाकोशी आयोजना निरीक्षण (फोटोफिचर)

दोलखा, ५ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल शनिबार दोलखामा माथिल्लो तामाकोशी आयोजनाको निरीक्षण गर्दै । तस्वीरः रोशन सापकोटा, रासस

प्रधानमन्त्री देउवाद्वारा निर्माणाधीन पोखरा विमानस्थलको निरीक्षण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । आज (सोमबार) कास्की आइपुगेका प्रधानमन्त्री देउवाले सोमबार बिहान विमानस्थलको निरीक्षण गरेका हुन् । आज बिहान १० बजे पोखरा पुगेका देउवाले बिहानसम्म कार्यकर्ता भेटघाटमा व्यस्त थिए । कार्यकर्ता भेटघाटपछि विमानस्थलको निरीक्षण गरेका हुन् । प्रधानमन्त्री देउवा पोखरामा निर्धारित कार्यक्रम सकेर आजै काठमाडौँ […]

प्रधानमन्त्री देउवाले खोप केन्द्रको निरीक्षण गर्ने

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोरोना भाइरसविरुद्धको खोप केन्द्रहरुको निरीक्षण गर्ने भएका छन्। सोमबारदेखि देशभर जोन्सन एण्ड जोन्सनको खोप अभियान सुरु हुँदैछ। काठमाडौं उपत्यकाभित्रका केन्द्रहरुको प्रधानमन्त्री देउवाले भ्रमण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नवनियुक्त प्रधानमन्त्री देउवाले नागरिकको खोप लगाउन पाउने अधिकारलाई सुनिश्चित गर्दै खोपलाई प्राथमिकतामा राखेको बताउँदै आएका छन्।

प्रधानमन्त्री देउवाले आज खोप केन्द्र निरीक्षण गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज खोप केन्द्रहरुको स्थलगत निरीक्षण गर्ने भएका छन् । आजदेखि सुरु हुने जोन्सन एण्ड जोन्सजको खोप अभियानमा प्रधानमन्त्री देउवाले उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वासथ्य विज्ञान प्रतिष्ठान, लगनखेल लगायतका केन्द्रहरुको स्थलगत भ्रमण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले भोलि खोप केन्द्रहरूको निरीक्षण गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार खोप केन्द्रहरूको स्थलगत निरीक्षण गर्ने भएका छन् । सोमबारबाट सुरु हुने जोन्सन एण्ड जोन्सजको खोप अभियानको प्रधानमन्त्री देउवाले निरीक्षण गर्ने भएका हुन्

प्रधानमन्त्री ओलीद्वारा एमाले पार्टी कार्यालयको नयाँ भवन निरीक्षण

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एमाले)को केन्द्रीय कार्यालय बनाउन लागिएको भवनको निरीक्षण गर्नुभएको छ । बुधबार थापाथलीस्थित नेकपा(एमाले)को केन्द्रीय कार्यालय सार्न लागिएको नयाँ भवनमा प्रधानमन्त्री ओलीले निरीक्षण गर्नुभएको हो । प्रधानमन्त्री ओलीको साथमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो । नेकपा(एमाले) को कार्यालय थापाथली हाइटस्थित उमंगमार्गमा रहेको सञ्जय अग्रवालको घरमा सर्न लागेको हो । साढे २ तलाको उक्त घरमा १३ कोठा रहेको बताइएको छ । हाल नेकपा(एमाले)को केन्द्रीय कार्यालय धुम्बाराहीमा रहेको छ । थापाथलीस्थित उक्त घरमा कार्यालय राख्न पाँच वर्षको लागि सम्झौता भएको र वैशाख १ गते सर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीद्वारा नागढुङ्गा नाैबिसे सुरुङ मार्गकाे निरीक्षण

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नागढुङ्गा–नौबिसे सुरुङ मार्गको निरीक्षण गर्नुभएको छ । आइतबार नागढुङ्गाको दहचोक टुटेपाखाकाे सुरुङमार्ग निर्माणाधीन स्थलमा पुगेर प्रधानमन्त्री ओलीले निरीक्षण गर्नुभएको हो ।प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेशप्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाबारे जानकारी गराउनुभएको थियो । उहाँले अबको १३ महिनाभित्रमा सुरुङ खन्ने कार्यको 'ब्रेक थ्रु' हुने गरी काम भइराखेको समेत बताउनुभयो । सुरुङ मार्ग निर्माण कार्यको निरीक्षण गर्न प्रधानमन्त्री...