मूल नेतृत्वको अकर्मण्यता र लथालिङ्ग पार्टी संगठनका कारण २०७४ को चुनावमा कम्युनिस्ट गठबन्धनसँग पराजित नेपाली कांग्रेस अहिलेसम्म अलपत्रै छ । आसन्न १४ औं महाधिवेशनको अन्योलले गर्दा कांग्रेस कार्यकर्ता पूरै निराश भइसकेका छन् ।
ढिलै भए पनि निर्धारित समयभित्र महाधिवेशन गरेर पार्टीले नयाँ नेतृत्व पाउन सकेन भने आगामी चुनाव पनि कांग्रेसका लागि...