घाँटीबगरको पहाड फोड्दै नेपाली सेना: भदौभित्रै बाटो निर्माण सकिने, कात्तिकमा छांगरु र तिंकरबासी कुञ्चा सर्ने

नरेन्द्रसिह कार्की दार्चुला : नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ। यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्ययाक खोलिसक्ने सेनाको तयारी छ। भारतले सडक निर्माणका क्रममा अवरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो अवरुद्धहुँदा व्यासको छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न

सम्बन्धित सामग्री

छाङरु र तिङ्कर जाेडने ४६० मिटर गाेरेटाे बन्याे, भदौभित्रै पूरा हुने

नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ । यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्ययाक खोलिसक्ने सेनाको तयारी छ ।  भारतले सडक निर्माणका क्रममा अवरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो अवरुद्धहुँदा व्यासको छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या थियो । गत जेठ ९ गतेदेखि नेपाली सेना परिचालन भएर यो क्षेत्रमा गोरेटो बाटो निर्माणको कार्य अघि बढाइएको हो ।         यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज हुनेछ । व्यासको छांगरु र तिंकरका बासिन्दालाई कार्तिक महिनामा खलंगा कुञ्चा झर्नसमेत सहज हुनेछ । व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ । “छिटोभन्दा छिटो काम सक्ने गरी सेनाले घाँटीबगरमा काम गरिरहे पनि मौसम प्रतिकुल नहुनु र कडा चट्टानी भूगोल भएका कारण निर्माण कार्यमा केही ढिलाइ भएको छ”, नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले भन्नुभयो, “आजसम्म ४६० मिटर काम पूरा भएको छ, थप ९० मिटर काम दुई साताभित्र निर्माण भई सक्छ ।”