छाङरु र तिङ्कर जाेडने ४६० मिटर गाेरेटाे बन्याे, भदौभित्रै पूरा हुने

नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ । यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्ययाक खोलिसक्ने सेनाको तयारी छ ।  भारतले सडक निर्माणका क्रममा अवरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो अवरुद्धहुँदा व्यासको छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न समस्या थियो । गत जेठ ९ गतेदेखि नेपाली सेना परिचालन भएर यो क्षेत्रमा गोरेटो बाटो निर्माणको कार्य अघि बढाइएको हो ।         यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज हुनेछ । व्यासको छांगरु र तिंकरका बासिन्दालाई कार्तिक महिनामा खलंगा कुञ्चा झर्नसमेत सहज हुनेछ । व्यासको छांगरुमा ११७ र तिंकरमा ८७ घरधुरीको बसोबास छ । “छिटोभन्दा छिटो काम सक्ने गरी सेनाले घाँटीबगरमा काम गरिरहे पनि मौसम प्रतिकुल नहुनु र कडा चट्टानी भूगोल भएका कारण निर्माण कार्यमा केही ढिलाइ भएको छ”, नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले भन्नुभयो, “आजसम्म ४६० मिटर काम पूरा भएको छ, थप ९० मिटर काम दुई साताभित्र निर्माण भई सक्छ ।”

सम्बन्धित सामग्री

तिङ्कर-छाङरुवासीले ५ दिनको बाटो हिँडेर गरे मतदान

४ मंसिर, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-१ का मतदाताले जिल्ला सदरमुकाम खलङ्गामा आएर मतदान गरेका छन् । छाङरु र तिङ्कर क्षेत्रमा बसोबास गर्ने मतदाताहरूले खलङ्गास्थित मोती महिला संघको केन्द्रबाट मतदान गरेका छन् । तिङ्करमा २३५ जना मतदाता छन् । उनीहरू कात्तिक २९/३० गते नै सदरमुकाम आइपुगेका थिए । उनीहरूले मतदान गरेको खलंगाको मतदान केन्द्र गाउँबाट २८ […]

दार्चुला : व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको मतदान सदरमुकाम खलंगामै हुने

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु र तिङ्करको मतदान सदरमुकाम खलंगामै हुने भएको छ । व्यासमा अहिले चिसो बढेका कारण अधिकांश मतदाता खलङ्गा झरिसकेकाले छाङरु र तिङ्कर दुवै गाउँवासीले जिल्ला सदरमुकाम खलङ्गाबाटै मतदान गर्ने गरी तयारी भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । वडा कार्यालयको सिफारिसका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगबाट अनुमति मागेर खलङ्गामै मतदान गर्ने व्यवस्था गर्न लागिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले जानकारी दिनुभयो । अह...

भारतले बाटो नदिंदैमा रोकिएन छाङरु र तिङ्करको जनगणना

भारतले राष्ट्रिय जनगणना टोलीलाई महाकालीको दार्चुलाका विकट गाउँ छाङरु र तिङ्कर जाने बाटो नदिएपछि जोखिम मोलेर गणना टोलीले आफ्नो जिम्मेवारी पूरा गरेको छ । भारतको बाटोबाट जान नपाएपछि स्वदेशको बाटो भएर जोखिमपूर्ण यात्रा गर्दै चार दिन हिँडेर जनगणना टोली उक्त क्षेत्र पुगेको थियो । टोलीले तीन दिन लगाएर जनगणना गरी दार्चुला सदरमुकाम खलङ्गा फर्किसकेको छ …

जनगणना टोली छाङरु र तिङ्करतर्फ

दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि जनगणना टोली शुक्रबार नेपाली बाटो हुँदै व्यासतर्फ खटिएको छ । टोली शनिबार व्यास गाउँपालिका–२ दुम्लिङमा बास बसेर अगाडि बढेको हो । टोली आइतबार बेलुका वा सोमबार बिहानसम्म कार्यस्थलमा पुग्नेछ ।छाङरु र तिङ्कर गाउँमा ११५, एउटा सशस्त्र प्रहरी र अर्को नेपा...

भारतले बाटो नदिए पनि जोखिम मोलेर गणक टोली छाङरु र तिङ्करमा

भारतले राष्ट्रिय जनगणनाका लागि दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि बाटो नदिएपछि नेपाली टोली जोखिम मोलेर भए त्यसतर्फ पुगेको छ । नेपाली भूमि हुँदै छाङरु र तिङ्कर गाउँसम्म पुग्न कम्तीमा तीन दिन लाग्छ । भारतीय भूमि हुँदै सडकमार्ग प्रयोग गरेर एकै दिनमा समेत पुग्न सकिने स्थानीयवासी बताउँछन् । सजिलो बाटो र छिटो पुगिने भन्दै …

छाङरु र तिङ्कर पुग्ने बाटो अवरुद्ध (फोटो फिचर)

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र जोड्ने बाटो पूर्ण रुपमा अवरुद्ध बनेको छ । बाटो अवरुद्ध भएसँगै त्रिदेशीय सीमा क्षेत्रका गाउँहरु छाङरु र तिङ्करको दार्चुला सदरमुकाम खलंगाबाट सम्पर्क विच्छेद भएको छ । असार महिना सुरु भए यता भएको बर्षादका कारण ब्यास गाउँपालिका–१ जोड्ने बाटो क्षतविक्षत बनेको ब्यास गाउँपालिका–१ का वडाध्यक्ष असोकसिह बोहराले जानकारी दिनुभयो । भौगालिक कठिनाइले दुम्लिङदेखि छाङरु जोड्ने बाटो अधिकाशं ठाउँमा महाकाली नदी किनारै किनार लगिएको छ ।

आफ्नै देशको बाटो प्रयोग गर्दै छाङरु र तिङ्करवासी

दार्चुला - दार्चुला नेपाली सेनाले दार्चुला सदरमुकाम खलङ्गालाई व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँसित जोड्ने घोडेटो बाटो आउँदाे सोमबार हस्तान्तरण गर्ने भएको छ । नेपाली सेनाले झण्डै चार महिनाको प्रयासपछि व्यास गाउँपालिका १ घाँटीबगरमा अत्यन्तै कडा र अप्ठ्यारो पहरो फोरेर बाटो निर्माण गरेको हो । महाकाली नदी ...

नेपालीलाई धार्चुलाको बाटो प्रयोगमा भारतीयद्वारा रोक

९ साउन, काठमाडौं । भारतले नेपालीलाई धार्चुला, गब्र्याङ हुँदै छाङरु–तिङ्कर जाने बाटो प्रयोगमा रोक लगाएको छ । दार्चुलाको ब्याँस–१ का स्थानीयले यो बाटो प्रयोग गर्दै आएका थिए । नेपालतर्फको बाटो हिँड्न सकिने अवस्थामा नरहेको र भारतले …

रक्षामन्त्री पोखरेल सहितको टोली कालापानीमा : विवादित सीमाकाे अवलोकन

काठमाण्डौ - उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसहितको टोलीले कालापानी, लिपुलेक लगायत भारतसँगको विवादित सीमा क्षेत्रको अवलोकन गरेको छ ।  टोलीले व्यास गाउँपालिकाको छाङरु, तिङ्कर, लिपुलेक लगायत कालापानी क्षेत्रको अवलोकन गरेर सदरमुकाम फर्किएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।&n...