मर्स्याङ्दी गाउँपालिकाको निर्णयः भदौमा उपभोक्ता समिति गठन, वैशाखमा योजना सम्पन्न

मर्स्याङ्दी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को योजना कार्यन्वयन व्यवस्थित गर्न जेठ मसान्तभित्रै भुक्तानी गर्ने गरी कार्यायोजना ल्याएको छ । असारमा विकास गर्ने परिपाटीलाई हटाउन गाउँपालिकाले भदौ महिनाभित्रै उपभोक्ता समिति गठन गरी अघि बढ्ने कार्यायोजना अघि सारेको हो । चालु आर्थिक बर्षमा सञ्चालन हुने योजनाको कार्यलाई थप व्यवस्थित बनाउने, नागरिकले प्रत्यक्ष परिवर्तन र सुशासनको प्रत्याभूति गर्ने खालको काम गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार सोमबार आर्थिक बर्ष २०७७/०७८ को पहिलो बैठक बसेर योजनालाई व्यवस्थित बनाउने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

चैत १५ भित्र योजना सम्पन्न गर्ने ऐसेलुखर्कको निर्णय

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाले चालु आर्थिक वर्षको विभिन्न शिर्षकमा विनियोजित बजेट तथा योजना चैत १५ गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको आइतबार बसेको १० औं बैठकले आर्थिक वर्ष २०७९÷०८० मा सञ्चालन हुने योजना चैत १५ गतेभित्र सम्पन्न गर्ने/गराउने निर्णय गरेको हो। विगतका वर्षहरुमा समयमा उपभोक्ता समिति गठन नगर्ने, बेलामा सम्झौता नगर्ने तथा […]

योजना कार्यान्वयनको तयारीमा स्थानीय तह

दाङ-जिल्लाका स्थानीय तहहरु आफ्नो क्षेत्रमा रहेका योजनाहरु कार्यान्वयनका लागि जुटन थालेका छन् । चालु आर्थिक वर्ष २०७७-०७८ मा आफनो स्थानीय तहले बनाएका विकासे योजनाहरु कार्यान्वयनमा जुटेको स्थानीय तहहरुले जनाएका छन् । समयमा नै योजना सम्पन्न गर्ने उद्देश्य अनुसार आफूहरु लागि परेको जनप्रतिनिधिहरुको भनाइ छ । स्थानीय तहहरुले तिहारअघि नै उपभोक्ता समिति गठन तथा योजना सम्झौता […]

महिला नेतृत्वको सिँचाइ योजना समयमै सम्पन्न

म्याग्दीको मङ्गला गाउँपालिका –३ वरंजामा महिलाले नेतृत्व गरेको सिँचाइ योजना सम्झौता मितिभन्दा अगावै सम्पन्न भएको छ । याप्प्रे खोला तल्लो भेटिने सिँचाइ योजना सम्पन्न गर्न महिलाको नेतृत्वमा गत चैतमा उपभोक्ता समिति गठन गरिएको थियो ।

पुष ४ गतेभित्र सम्झौता गर्न नआए ठेक्का प्रक्रियामा जाने

रसुवा – रसुवाको आमाछोदिङ्मो गाउँपालिकाले पुस ४ गतेभित्र उपभोक्ता समिति गठन गरेर सम्झौता गर्न नआए सबै योजना ठेक्का प्रक्रियामार्फत गर्ने भएको छ ।  असारे विकासका कारण काम नभएको गुनासो आइरहेका बेलामा गाउँपालिकाले समयमा नै योजना सम्पन्न गर्नका लागि कडाई गरेको हो । गाउँपालिकाभित्र हुने विकासका काम निर्धारित समयम...