चुनढुङ्गा खानी दोहन मुद्दामा १८ जनालाई सफाइ

काठमाण्डाै - विशेष अदालतले खानी तथा भूगर्भ विभागका तत्कालीन महानिर्देशक रामप्रसाद घिमिरे र नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारकासहित १८ जना र ९ कम्पनीलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । न्यायाधीश रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको संयुक्त इजलासले शुक्रवार उनीहरुलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो ।  खानी तथा चुनढुङ्गा दोहन प्रकरणमा मिलेमतो गरी सरकारी राजश्व हिनामिना गरेको आरोपमा नौवटा सिमेन्ट कम्पनीसहित २७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ माघ १२...

सम्बन्धित सामग्री

चुनढुंगा खानीमा दोहन : सर्वाेत्तम र सिद्धार्थ सिमेन्टका सञ्चालकसँग धरौटी माग

अनुमतिभन्दा बढी चुनढुंगा खानी दोहनको अभियोगमा मुद्दा खेपेका दुई सिमेन्ट उद्यमी धरौटीमा छुटेका छन् । सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णुप्रसाद न्यौपाने र सिद्धार्थ मिनरल्स प्रालिका सञ्चालक पशुपति मुरारका उपस्थित हुने निवेदन...

सवा अर्ब नोक्सानी देखे, क्षतिपूर्ति मागेनन्

उद्योगीहरुले खानीको अत्यधिक दोहन गरी प्राकृतिक स्रोतको दीगो उपयोगलाई समाप्त पार्न खोजेको भन्दै सबा अर्ब रुपैयाँ क्षतिपूर्ति असुल्नुपर्ने प्रतिवेदन दिने खानी विभागका महानिर्देशक रामप्रसाद घिमिरेले त्यही प्रतिवेदन कार्यान्वयन नगर्दा भ्रष्टाचार मुद्दा खेपिरहेका छन् ।

अर्घाखाँची सिमेन्टका मालिक पशुपति मुरारकाको ५० करोडको त्यो चलखेल

काठमाडौं, १३ माघ । ‘प्रतिष्ठित उद्दोगी’ को परिचय बनाएका पशुपति मुरारकाले राज्यलाई अरबौंको नोक्शानी पुर्याएको छताछुल्ल भएको छ । बैंक देखि सिमेन्टसम्म लगानी गरेका मुरारकाले सेटिङमा खानीको दोहन गर्दै आएका थिए । मुरारका सञ्चालक रहेको सिद्धार्थ मिनरल्स प्रा.लि. ले अनुमति लिएको भन्दा बढी स्रोतको दोहन गरेको पाइयो । खानी तथा भूगर्भ विभागले त्यसबारे रिपोर्ट नै […]

नौ सिमेन्ट उद्योगीसहित १८ विरुद्ध सवा अर्बको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ कर्मचारी तथा नौ सिमेन्ट उद्योगीविरुद्ध मुद्दा दायर गरेको छ । विभिन्न सिमेन्ट उद्योगले खानी दोहन गरी उत्खनन् अनुमतिपत्रमा तोकिएको निर्धारित परिमाणभन्दा बढी चुनढुंगा निकालेको भन्दै अख्तियारले बुधबार मुद्दा दायर गरेको हो ।सरकारी कर्मचारी र व्यवसायीको मिलेमतोले राज्यलाई १ अर्ब २४ करोड ४५ लाख […]

चुरे संरक्षणविरुद्ध कुनै सम्झौता हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुरे संरक्षणको प्रतिकूल हुने गरी कुनै कार्य नगर्ने र सो विषयमा कुनै सम्झौता नहुने बताएका छन्। उनले  आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित खानी उत्खननको विषयसँग चुरे उत्खननको भाव र आशय समेत नरहेको स्पष्ट पारेका हुन्। नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा पौडेलले चुरे क्षेत्रमा कुनै पनि दोहन हुन नदिने बताए। उनले चुरे क्षेत्रसँग सम्बन्धित नभएको विषयलाई चुरेसँग जोडेर राजनीति नगर्न आग्रह गरे। उनले खानी विभागले

‘चुरेमा खानी खोल्दा हजारौं ठाउँमा पहिरो जान्छ’

सरकारले जेठ–१५ को बजेट वक्तव्य मार्फत ‘खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ’ भनेसँगै अहिले चुरे पहाडमा खानी खोल्ने विषय चर्चामा छ । बजेटको बुँदा– १९९ ले चुरे लगायतका पहाडमा खानी सञ्चालन गरी निर्माण सामग्री निकासी गर्ने संकेत गरेसँगै वातावरणविद् तथा अभियन्ताहरू आक्रोशित बनेका छन् । उनीहरूले चुरे दोहन हुँदा तराई मरुभूमि […]

चुरे दोहन तथा विनाश हुने कार्य नहुने वन मन्त्रालयको प्रष्टोक्ति

वन तथा वातावरण मन्त्रालयले चुरे, भावर, शिवालिक र नदी प्रणालीबाहेकका खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय अध्ययनका आधारमा उपयुक्त क्षेत्रमा खानी उत्खनन गर्ने नीति रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा बुद्धिसागर पौडेलले चुरे, भावर, तराई–मधेश क्षेत्रको संरक्षणका लागि राष्ट्रिय गौरवको आयोजनाका रुपमा स्वीकृत राष्ट्रपति चुरे–तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना कार्यान्वयन भइरहेको …