काठमाडौं : कोरोना महामारीको दोस्रो लहर तीव्र रूपमा बढेपछि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ।गृह मन्त्रालयका अनुसार शुक्रबारसम्म २३ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको जनाइएको छ। तीमध्ये चार जिल्लामा आंशिक र बाँकी जिल्लाभरि निषेधाज्ञा गरिएको हो। मोरङमा पनि निषेधाज्ञा जारी गरिए पनि मन्त्रालयले सार्वजनिक गरेको विवरणमा भने उल्लेख गरिएको छैन।सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौं उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका