इनरुवा– जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा गए रातिदेखि लागू हुने गरी पूर्ण निषेधाज्ञा जारी गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा मङ्गलबार सम्पन्न भएको डिसीसीएमसीको बैठकले जिल्लामा गए रातिदेखि यही वैशाख ३१ गते मध्यरातिसम्म पूर्ण निषेधाज्ञा लागू गर्ने निर्णयानुसार निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।जिल्लामा कोरोना सङ्क्रमितको दर बढ्दो क्रममा रहेकाले चेन ब्रेक गर्न पूर्ण निषेधाज्ञा गरिएको उनले जानकारी दिए । पूर्ण निषेधाज्ञा जारी गरेसँगै सुनस