प्रकृति पूजक भनेर चिनिने किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ बिहीबारदेखि सुरु भएको छ । किरात समुदायमा मंसिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ । वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ ।