किरात समुदायको समाधि स्थल मेचीनगरले भत्कायो

झापा : किरात समुदायको समाधि स्थलमा मेचीनगर नगरपालिकाले डोजर चलाएपछि त्यहाँका किरात समुदाय आक्रोशित बनेका छन्। उक्त बिहीबार दिउँसो मेचीनगर नगरपालिकाको कार्यालय घेराउ गर्दै ज्ञापनपत्र बुझाएका छन्।नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा मेचीनगरले संयुक्त रुपमा ज्ञापनपत्र नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई बुझाएका हुन्। उनीहरूले ज्ञापनपत्रको बोधार्थ मेचीनगर नगरपालिका वडा नम्बर ६ वडा कार्यालय, नेकपा एमाले मेचीनगर कमिटी, नेपाली कां