साकेला उधौली: भूमिको पूजा गर्दै साकेला नाचियो

खोटाङ- किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ मंगलबारदेखि सुरु भएको छ। माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने गर्दछन्। पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका किरात समुदाय ऐतिहासिकस्थल रूपाकोटगढीमा भेला भएर किराती पुर्खा/धामीले प्रकृतिको पूजा आराधना […]