स्वास्थ्य बीमामा बेथिति, उपचार भन्दा सास्ती बढी

काठमाडौँ ।  स्वास्थ्य बीमाको सेन्ट्रल सर्भर डाउन हुँदा आइतबार बिहानैदेखि देशभरिका अस्पताल प्रशासन  र बिरामीहरुले निकै  सास्ती भोग्न बाध्य भए । स्वास्थ्य बीमा भएकै कारण बिरामीले बिहान सबेरै अस्पताल पुगेर टिकट लिन लामबद्ध भए र बिरामीको नाम दर्ता शाखामा कार्यरत कर्मचारीले बिरामीको प्रश्नको उत्तर थाम्नै नसक्ने अवस्था देशभरिका अस्पतालमा देखियो । आम नेपालीहरुको स्वास्थ्य सेवालाई […]

सम्बन्धित सामग्री

स्वास्थ्य बीमामा बिरामीलाई उपचार र औषधि लिन सास्ती

काठमाण्डाै - प्रत्येक महिना अनिवार्यरुपमा अस्पताल पुगेर स्वास्थ्य जाँचपछि मात्र औषधि लिन पाउने प्रावधानले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई अप्ठेरो परेकाे छ । यसअघि स्वास्थ्य कार्यक्रममा सहभागी बिरामीलाई चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि अस्पतालबाट तीन महिनाका लागि औषधि उपलब्ध गराइँदै आएको थियो । पछिल्लो समय दुर्गम भेगबाट आएका बिरामीसमेतलाई एक महिनाका लागि मात्र औषधि उपलब्ध गराइने नयाँ प्रावधानबाट कयौँ बिरामीले हैरानी खेप्न परेको छ ।स्वास्थ्य परीक्षणभन्दा पनि औषधि लिनकै लागि दूरदराजबाट प्रत्येक महिना अस्पताल ...

मोरङको लेटाङमा फैलियो डेंगु‚ ७५ जना बिरामी

लेटाङ : मोरङ जिल्लाको उत्तरी भेग लेटाङमा पछिल्लो समय डेंगु फैलिएपछि यहाँको नगर अस्पतालमा बिरामीको चाप बढेको छ। ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुनेलगायत लक्षणसहितका बिरामीको संख्या एक्कासि बढेपछि अस्पतालमा बिरामी थेगिनसक्नु भएको हो। अस्पतालले बिरामी भर्ना गर्न क्युआर मेसिन जडान गरेको छ। बिरामी आउने क्रम तीव्र भए पनि उपचार गर्न पर्याप्त जनशक्ति नहुँदा बिरामीहरूले सास्ती बेहोर्नुपरिरहेको छ। हाल नगर अस्पतालले २ जना मेडिकल अधिकृतसहित ८ जना स्वास्थ्य प्राविधिकबाट डेंगुका बिरामीको उपचार गरिरहेको

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिति, कसले गर्ने कारबाही?

जुम्ला : नेपाल सरकारले विपन्नको उपचारमा सहज पहुँच होस् भनी स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको छ। ६२ हजार व्यक्तिले स्वास्थ्य बिमा गरे पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मनोमानीले बिमितले सास्ती पाएका छन्।स्वास्थ्य बिमा बोर्ड जुम्लाका अनुसार जुम्लाका ६२ हजार व्यक्तिले स्वास्थ्य बिमा गरेका छन्। यसबाट प्रतिष्ठानको आयस्रोत बढे पनि प्रतिष्ठानले बिमितलाई सहज उपचार भने दिन सकेको उनीहरूको गुनासो छ।चन्दननाथ नगरपालिका–५ की राइदेवी कार्की मधुमेह लगायतका समस्याकी दीर्घरोगी हुन्। उनी उपचा

विद्युतको अनियमितताले उपचार गराउन लाइट बाल्नुपर्ने बाध्यता

कहिले सिटामोलको अभाव त कहिले विद्युतको अभावले हुम्ला जिल्ला अस्पतालमा रातको समयमा सल्यक्रिया तथा प्रसूति गराउन टर्च लाइट बाल्नुपर्ने बाध्यता छ ।  भिडियो एक्सरे गर्न विद्युत् कहिले आउँछ भनेर कुर्नुपर्ने सास्ती हुम्लीबासीले  वर्षेनि भोग्दै आएका छन्। यो दुर्गम हिमाली जिल्लामा एक मात्रै जिल्ला अस्पताल भए पनि विद्युत् नहुँदा उपचारमा समस्या भोग्दै आउनु परेको छ । ग्रामीण बस्तीमा रहेका स्वास्थ्य संस्थामा भन्दा राम्रो उपचार जिल्ला अस्पताल पाउने आशमा पुगेका बिरामीले झन बढी सास्ती खेप्नु परे

मनसुनजन्य गतिविधि सक्रिय हुँदा नागरिकलाई झनै समस्या

सिन्धुपाल्चोक : बाढी तथा अन्य प्राकृतिक विपत्तिको सामना गरिरहेको सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहले ठूलो क्षति बेहोर्नु परेको छ। चाडपर्व नजिकिँदै गर्दासमेत मनसुनजन्य गतिविधि सक्रिय हुँदा झनै नागरिकलाई समस्या भएको छ।गत साल आएको मेलम्ची बाढीका कारण हेलम्बु गाउँपालिका १ र २ का नागरिकले धेरै सास्ती खेप्नु परेको छ। बाढीका कारण यातायातका साधन अवरुद्ध हुँदा यहाँका नागरिकलाई खाद्यान्न, स्वास्थ्य उपचार, शिक्षालगायत सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ।हेलम्बु मेलम्ची बाढीले सडक, यातायात, विद्युत्, वि

सल्यान अस्पतालको दूरावस्था, चिकित्सक नहुँदा सेवाग्राहीलाई सास्ती

सल्यान : जिल्ला अस्पताल सल्यानमा चिकित्सक नहुँदा दैनिक १०० भन्दा बढी बिरामी उपचार नपाई फर्किने गरेका छन्। आकस्मिक कक्ष तथा वार्डमा बिरामीहरू भर्ना नगरिएको स्वास्थ्य कार्यालय सल्यानका निमित्त प्रमुख सुलोचना महर्जनले जानकारी दिइन्।अस्पतालमा अहिले एकजना मात्र डाक्टर छन्। ६ जना मध्य एक जनाको सरुवा, दुई जनाले जागिर छाडेका, एक जना अध्ययन बिदामा र एक जना तालिममा रहेकाले अस्पतालको सेवा प्रभावित भएको छ। यो अस्पताल सल्यानको एक मात्र ठूलो हो। १५ शय्याको अस्पतालमा दैनिक २०० जनाभन्दा बढी बिरामी आउथें। तर&sbq

एक वर्षदेखि स्वास्थ्य केन्द्र ठप्प हुँदा स्थानीय र बिमित प्रभावित

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका–१२ कोलस्थित प्राथमिक स्वास्थ्य केन्द्रको फार्मेसी सेवा ठप्प हुँदा स्वास्थ्य बिमा गरेकाहरूलाई असर परेको छ। विविध कारणले एक वर्षभन्दा बढी समयदेखि कोलको स्वास्थ्य केन्द्रमा फार्मेसी ठप्प भएको छ। स्वास्थ्य बिमा गरेकालाई सस्तो र सुलभ दरमै स्वास्थ्य उपचार गर्नुपर्ने स्वास्थ्य केन्द्रमा चिकित्सक र औषधी नहुँदा स्वास्थ्य बिमा गरेकाहरूले अन्यत्र गएर उपचार गर्नुपर्दा दोहोरो सास्ती पाइरहेका छन्। एक वर्षयता कहिले डाक्टर सरुवा त कहिल

हेटौंडा अस्पतालमा उपचार गराउनै सास्ती‚ घण्टौं लाइन बस्नुपर्ने बाध्यता

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको औषधि लिने लाइनबाट निस्केर मकवानपुरको मनहरी गाउँपालिका–१ की ७६ वर्षीया सीतादेवी पाण्डे छेउमा टुसुक्क बसिन्। अस्पतालको पर्खाललाई अढेस लगाउँदै उनले भनिन्‚ ‘बेक्कार अस्पताल आएछु, बरु घरमा हुँदा यति गाह्रो भएको थिएन। नदुखेको ठाउँ पनि दुखाउन आएछु।’दम, प्रेसर र थाइराइडको समस्या भएको उनलाई पछिल्लो केही दिनदेखि स्वास्थ्यमा समस्या भएपछि सोमबार परीक्षण गराउन अस्पताल आइपुगेकी थिइन्। बिहान ६ बजे घरबाट हिँडेकी उनले दि

ताप्लेजुङमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा बिरामीलाई सास्ती

ताप्लेजुङ – ताप्लेजुङमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा बिरामीले सास्ती पाएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढिरहे पछि बिरामीले उपचार पाउन मुस्किल छ । जिल्लामा न भेन्टिलेटर छ, न आईयीसू  छ । जिल्ला अस्पतालमा अहिलेसम्म पनि १५ शय्या मात्र छ । ५० शय्या बनाउने भनेर सरकारले भने पनि अहिलेसम्म बन्न सकेको छैन । अस्पतालमा न पर्याप्त जनशक्ति छ, न उपकरण नै छ । बिरामीलाई  झापा तथा विराटनगर रेफर गर्नुको विकल्प छैन । एम्बुलेन्समा आठ घण्टाको यात्रामा पुगिने यी क्षेत्रमा लाँदा लाँदै बाटैमा धेरै जनाको ज्यान जाने अवस्था छ । र...

द्वन्द्वकालका घाइतेलाई कर्णालीमा निःशुल्क उपचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा द्वन्द्वकालका घाइतेहरुको निःशुल्क उपचार शुरु भएको छ । द्वन्द्वकालका घाइतेले उपचार नपाउँदा निकै सास्ती व्यहोरिरहेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र शान्ति तथा पुनःनिर्माण मन्त्रालयको शान्ति कोषको सहकार्यमा द्वन्द्वकालका घाइतेहरूको निःशुल्क उपचार सेवा शुरु भएको हो।