कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा द्वन्द्वकालका घाइतेहरुको निःशुल्क उपचार शुरु भएको छ । द्वन्द्वकालका घाइतेले उपचार नपाउँदा निकै सास्ती व्यहोरिरहेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र शान्ति तथा पुनःनिर्माण मन्त्रालयको शान्ति कोषको सहकार्यमा द्वन्द्वकालका घाइतेहरूको निःशुल्क उपचार सेवा शुरु भएको हो।