विद्युतको अनियमितताले उपचार गराउन लाइट बाल्नुपर्ने बाध्यता

कहिले सिटामोलको अभाव त कहिले विद्युतको अभावले हुम्ला जिल्ला अस्पतालमा रातको समयमा सल्यक्रिया तथा प्रसूति गराउन टर्च लाइट बाल्नुपर्ने बाध्यता छ ।  भिडियो एक्सरे गर्न विद्युत् कहिले आउँछ भनेर कुर्नुपर्ने सास्ती हुम्लीबासीले  वर्षेनि भोग्दै आएका छन्। यो दुर्गम हिमाली जिल्लामा एक मात्रै जिल्ला अस्पताल भए पनि विद्युत् नहुँदा उपचारमा समस्या भोग्दै आउनु परेको छ । ग्रामीण बस्तीमा रहेका स्वास्थ्य संस्थामा भन्दा राम्रो उपचार जिल्ला अस्पताल पाउने आशमा पुगेका बिरामीले झन बढी सास्ती खेप्नु परे