बाँदरको भेषमा युवा सङ्घद्वारा प्रदर्शन

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा सङ्घ नेपालका कार्यकर्ताले काठमाडौँमा प्रदर्शन गरेका छन् । उनीहरुले बाँदरको जस्तो मुकुन्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसैको विरोधमा युवा सङ्घले लगातार प्रदर्शन गरिरहेको […]

सम्बन्धित सामग्री

विवादमा ‘एक भगवत् गीता’

विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएपछि...

ओलीको विरोधपछि युवा सङ्घ सडकमा, सीसीटीभी फुटेज खाने मुसा खोज्दै

करको दायरा हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ सङ्गठन युवा सङ्घले अर्थमन्त्रीको बर्खास्तको  माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

अर्थमन्त्रीको राजीनामा माग्दै युवा सङ्घको विरोध प्रदर्शन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घले हनुमान स्थानमा विरोध प्रदर्शन गरेको छ । मङ्गलवार दिउँसो जुलुससहित पुगेका युवा सङ्घ कार्यकर्ताहरूले सिंहदरबार नजिक रहेको हनुमान स्थानमा भेला भएर प्रदर्शन गरेका हुन् ।

‘जनताको ढाड सेक्न पाइँदैन, महँगो प्लेट चाहिँदैन’ भन्दै प्रदर्शन

काठमाण्डाै – गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सरकारको आग्रहलाई अव्यावहारिक बताउँदै राष्ट्रिय युवा सङ्घ नेपालले विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय युवा सङ्घ नेपालले आज मङ्गलवार नयाँ बानेश्वरकाे यातायात व्यवस्था विभागमा  विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सरकारले गरेका निर्देशनको नाराबाजीसहित चर्को आलोचना गरिएको थियाे । प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय युवा सङ्घका अध्यक्ष किरण पौडेलले यदि सरकारकाे सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट आवश्यक हो भने सम्पूर्ण खर्च सरकारले नै...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जनकपुरधाममा प्रदर्शन गरियो

जनकपुरधाम । मंगलबार जनकपुरधाममा नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरिएको छ । एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालका नेता तथा कार्यकर्ताले स्थानीय शिव चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले प्रधानमन्त्री देउवा विरुद्ध चर्को नाराबाजी पनि गरेका छन् । युवा संघका केन्द्रीय सचिवालय सदस्य जानी खानले मूल्यवृद्धिले जनता झन् मारमा […]

दार्चुला घटना : आन्दोलनको आँधीबेरी ल्याउने युवा सङ्घको चेतावनी

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा दार्चुलामा महाकाली नदीमा नेपाली युवक बेपत्ता भएको घटनाको विरोधमा राष्ट्रिय युवा सङ्घ नेपालले आइतबार राजधानीमा प्रदर्शन गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गाला जान खोज्दा तुइन चुँडिएर स्थानीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका छन् ।तुइनबाट महाकाली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी काट्दा धामी नदीमा खसेर बेपत्ता भएको स्थानीयको आरोप छ ।  गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट

भ्याली कमाण्ड घोषणा गर्दै युथफोर्स, तस्बिरमा हेर्नुहाेस् शक्ति प्रदर्शन

नेकपा एमाले भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले आज ‘युथफोर्स’ को भ्याली कमाण्ड घोषणा गर्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमान्डका सदस्यहरूलाई आज शपथ पनि खुवाउने कार्यक्रम रहेको छ । शपथ ग्रहण कार्यक्रमअघि युथफोर्सले काठमाडौँमा मोटरसाइकल र्‍याली गरेर शक्ति प्रदर्शनसमेत गरेको छ ।हेर्नुहोस् तस्बिरहरू

सर्वोच्चको फैसलाविरुद्ध एमालेको ओली पक्षको प्रदर्शन

काठमाण्डाै – सर्वोच्च अदालतको फैसलाको विरुद्धमा नेकपा एमालेको ओली पक्षले प्रदर्शन गरेको छ । सर्वोच्च अदालतले क्षेत्राधिकार बाहिर गएर प्रधानमन्त्री हटाउने र नियुक्त गर्ने आदेश दिएको भन्दै युवा सङ्घ नेपालले प्रदर्शन गरेको हो । उनीहरूले सर्वोच्चले एकपक्षीय फैसला गरेको बताएका छन् । एमालेका ओली पक्षका नेता महेश बस्नेतले अदालतकै फैसलाका कारण देश राजनैतिक द्वन्द्वमा प्रवेश गरेको पनि दाबी गर्नुभएको छ । सर्वाेच्च अदालतले साेमवार प्रतिनिधि सभा विघटन मुद्दा बदर गर्दै सर्वाेच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी ग...