पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बानेश्वरमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाण्डाै – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एमाले निकट युवा सङ्घ नेपालले आज बिहीवार काठमाण्डौको बानेश्वरमा प्रदर्शन गरेको  छ ।   मसाल जुलुस निकालेर सडक बन्द गरेपछि आज बेलुका प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडपसमेत भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै युवा सङ्घले बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुससहित प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीले ‘मूल्यवृद्धि फिर्ता गर’, ‘प्रधानमन्त्री राजीनामा देउ’ लगायतका नारा लगाएका थिए । अह...

सम्बन्धित सामग्री

मूल्यवृद्धिको विरोधमा युवा संघले देशभरि प्रदर्शन गर्ने

काठमाडौं । पेट्रोलियम पदार्थ लगायतमा भएको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय युवा संघ नेपालले देशभरि प्रदर्शन गर्ने भएको छ । साँझ ६ बजे देशभरि एकैपटक जुलुस गरी मूल्यवृद्धिको विरोध गर्ने कार्यक्रम रहेको युवा संघले जनाएको छ । काठमाडौंकोनयाँ बानेश्वरमा प्रदर्शन गर्ने तयारी युवा संघको छ । बिहीबार मात्रै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।