सर्वोच्चको फैसलाविरुद्ध एमालेको ओली पक्षको प्रदर्शन

काठमाण्डाै – सर्वोच्च अदालतको फैसलाको विरुद्धमा नेकपा एमालेको ओली पक्षले प्रदर्शन गरेको छ । सर्वोच्च अदालतले क्षेत्राधिकार बाहिर गएर प्रधानमन्त्री हटाउने र नियुक्त गर्ने आदेश दिएको भन्दै युवा सङ्घ नेपालले प्रदर्शन गरेको हो । उनीहरूले सर्वोच्चले एकपक्षीय फैसला गरेको बताएका छन् । एमालेका ओली पक्षका नेता महेश बस्नेतले अदालतकै फैसलाका कारण देश राजनैतिक द्वन्द्वमा प्रवेश गरेको पनि दाबी गर्नुभएको छ । सर्वाेच्च अदालतले साेमवार प्रतिनिधि सभा विघटन मुद्दा बदर गर्दै सर्वाेच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी ग...

सम्बन्धित सामग्री

सर्वोच्चको फैसलाविरुद्ध बुटवलमा ओली पक्षको प्रदर्शन

बुटवल– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेको विरोधमा बुटवलमा एमाले अध्यक्ष केपी ओली समर्थकले प्रदर्शन गरेका छन्। सर्वोच्चको फैसला मान्य नहुने भन्दै बुटवलको राजमार्ग चौराहामा युवा संघको अगुवाईमा विरोध प्रदर्शन भएको हो। ‘गैरसंवैधानिक परमादेश खारेज गर्’ भन्ने व्यानरसहित उपस्थित भएका उनीहरुले संविधान रक्षाको माग पनि गरेका थिए। सर्वोच्चको फैसला मान्य नहुने भन्दै त्यसको विरोधमा आन्दोलन थालेको […]