प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने

काठमाडौँ -बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न हिजो (बिहीबार) सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने भएका छन् । बिहीबार डोटी, बैतडी, बझाङ र डढेल्धुरा हुँदै साँझ कञ्चनपुर पुगेर त्यहाँ भएको क्षतिको अवलोकन गरेका प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका […]

सम्बन्धित सामग्री

कैलाली भन्सारमा रहेको प्लान्ट क्वारेन्टाइन बन्द

धनगढी – कैलाली स्थित त्रिननगर भन्सार कार्यालयमा तीन वर्ष अगाडि स्थापना गरिएको प्लान्ट क्वारेन्टाइन टुरमुकाम कार्यालय बन्द रहेको छ। कार्यालय बन्द भएपछि २२ दिनदेखि भारतबाट आयात हुने तरकारी र फलफूल नाकामै रोकिएको छ। कैलालीको उद्योग वाणिज्य संघले टुरमुकाम बन्द नगर्न आईतबार धनगढीमा पत्रकार सम्मेलन गरेर सरकारसंग माग गरेको छ। साउन २८ गतेदेखि कैलाली भन्सार कार्यालय […]

कैलाली बहुमुखी क्याम्पसको मतगणना अनिश्चित

९ चैत, धनगढी । धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्ववियु नेतृत्व चयनका लागि बुधबार मतादान भए पनि मतगणना भने अनिश्चित बनेको छ । सुदूरपश्चिम विश्वविद्यालयको आंगिकसमेत रहेको कैलाली बहुमुखी क्याम्पसमा बुधबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान भएको थियो । तर बिहीबार बिहानसम्म समेत मतगणना हुन सकेको छैन । मतगणना कुन ठाउँमा गर्ने भन्ने विषयमा […]

कैलाली ५ मा मतगणना सुरु

कैलाली क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेशको प्रत्यक्ष तथा समानुपातिक दुबैतर्फको मतगणना एकै साथ थालिएको हो । मुख्य निर्वाचन अधिकृत बिरामी भएपछि हिजो...

कैलाली–४ भण्डारीले दाबी नछोड्ने

कैलाली क्षेत्र नम्बर–४ मा प्रतिनिधि सभा निर्वाचनको टिकट कसले पाउने भन्ने विषयमा कांग्रेसभित्र विवाद चुलिएको छ । नेपाली कांग्रेसका सभापति वीरबहादुर बलायर डोटी छोडेर कैलाली–४ मा आउने चर्चा छ । तर कैलाली–४ बाटै उम्मेदवारी दिने तयारी गरेका नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुनिल भण्डारीले भने आफू नछोड्ने बताएका छन् ।भण्डारीले कैलाली–४ बाहेक अन्त नजाने बताएका हुन् । उनले प्रत्यक्ष बाहेक अन्य नियुक्तका पदमा पनि नबस्ने र राष्ट्रिय सभामा पनि आफू नजाने बताए । उनले हालसम

एमाले कैलाली जिल्ला अध्यक्ष पदमुक्त

नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापा पदबाट हटाइएका छन्।

कैलाली कारागारका थुनुवाको मृत्यु

काठमाडौँ । लागुऔषध मुद्दामा पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका एक युवकको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–३ का २० वर्षीय श्यामबहादुर थापा मगरको मृत्यु भएको कैलाली कारागारले जनाएको छ । जेलर नरबहादुर थापाले सेती प्रादेशिक अस्पतालको आईसीयुमा राखेर उपचार गराइरहेका थापामगरको शुक्रबार राति मृत्युु भएको बताए । उनका अनुसार थापामगर विगत दुई महिनादेखि […]

कैलाली र कञ्चनपुरमा बन्दको प्रभाव सामान्य

धनगढी, ४ फागुन : एमसीसीको विरोधमा आह्वान गरिएको बन्दको प्रभाव कैलाली, कञ्चनपुरमा सामान्य रहेको प्रहरीले जनाएको छ । एमसीसीको विरोधमा ६ दलीय मोर्चाले नेपाल बन्द आह्वान गरेको थियो । प्रहरीका अनुसार कैलाली र कञ्चनपुरका बजार क्षेत्र फाटफुट बन्द छ । बजार क्षेत्रमा विद्युतीय रिक्सा र मोटरसाइकल चलेका छन् भने ठूला सवारीसाधन बन्द रहेका छन् । […]

आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा

कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा लागू भएको छ ।आजदेखि एक हप्ताका लागि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको हो । कैलाली र कञ्चनपुरमा फैलिरहेको सङ्क्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहनेछन् । “अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्र

कैलाली र कञ्चनपुरमा आजदेखि रात्रिकालीन लकडाउन

कैलाली र कञ्चनपुरमा आज राति ८ बजेदेखि बिहान ५ बजेसम्म लकडाउन हुने भएको छ