प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटै नै अन्तर्राष्ट्रिय उडान सुरु हुने अपेक्षा पर्यटन व्यावसायीले राखेका थिए। तर, व्यावसायीको त्यो अपेक्षा उद्घाटन भएको साढे तीनमहिना बित्नै लाग्दा पनि पुरा भएको छैन। अन्तर्राष्ट्रिय उडानको त्यही अपेक्षा पुरा गराउन माग गर्दै पोखरेली पर्यटन व्यावसायीले प्रधानमन्त्रीलाई नै गुहारेका छन्।